भीमेश्वर नगरपालिकामा नमोबुद्ध बाल क्लव सञ्जालका पदाधिकारी

काभ्रे । नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बाग्मती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेको छ ।
नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय बालक्लवका पदाधिकारीहरुले भीमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुने चालेका कदम, प्रकृया, बजेट, नीति तथा कार्यक्रम र योजनाको बारेमा जानकारी लिएका थिए । बालबालिकाका साथमा नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष विरबहादुर लामा, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, शिक्षा अधिकृत बुद्धिराज अर्याल, महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवार, लेखा अधिकृत विमल आचार्य, वातारण अधिकृत सन्तोष काफ्लेलगायत सहभागी रहेको थियो ।
नमोबुद्ध नगरपालिकाको टोलीलाई भीमेश्वर नगर उपप्रमुख कमला बस्नेतले स्वागत गर्नुभएको थियो भने निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुनबहादुर कार्कीले नगरपालिका बालमैत्री घोषणा गर्न भएका प्रयास र त्यसयताका कामका बारेमा प्रस्तुती गरिएको थियो । भीमेश्वर नगरपालिकाका सूचना अधिकारी जगदिश अर्याल, महिला तथा बालबालिका शाखामा कार्यरत अधिकृत मंगला मानन्धर, नगर बाल क्लव सञ्जालका सल्लाहकार किरण श्रेष्ठ, विप्लप घिमिरे लगायतले बालमैत्री नगर घोषणा गर्दाका आफ्ना अनुभव सुनाइएको थियो ।
नगर उपप्रमुख बस्नेतले नगरपालिका ३९ वटा सूचक पुरा गरेर २०७६ सालमा नै बालमैत्री नगर घोषणा भएको जानकारी दिँदै ५१ वटै सूचक पुरा गर्न लागि परिरहेको बताउनुभएको थियो । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले बालमैत्री नगर घोषणाको लागि आवस्यक ५१ सूचक पुरा गर्न नमोबुद्ध लागि परेको भन्दै अन्य कार्यक्रम, बजेट, योजना पनि बालमैत्री बनाउन लागेको बताउनुभएको थियो ।
नमोबुद्ध नगरपालिको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जनप्रतिनिधीको अठोट र तदारुकताका कारण नमोबुद्ध बालमैत्री नगर घोषणा उन्मुख भएको बताउनुभएको थियो । पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको नगरपालिकामा ११ वटै वडामा बाल क्लव, विद्यालय स्तरमा बालक्लव गठन भइसकेका छन् भने सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको नमोबुद्ध नगरपालिकाले बताएको छ ।
नगरपालिकाले नगरस्तरीय बाल क्लव सञ्जाल, सामुदायिक विद्यालयका बालमैत्री शिक्षक, नगरका कर्मचारी, जनप्रतिनिधी र वडा सचिवलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरिसकेको छ भने बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्नेछ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *