भावी प्रेरणका लागि ईतिहासलाई सम्मान गरौं

विश्व उलक (इतिहासविद्)

बि. सं. २०१२ सालमा तत्कालिन श्री ५ को सरकारले प्राज्ञश्री बालकृष्ण समको अध्यक्षतामा गठित बिभूती पहिचान आयोग बाट भृकुटी र अरनिकोलाई राष्ट्रिय बिभूतीको सम्मान दिएको छ । यी महानायकहरु मध्ये, एक जना आठ बर्षिय राजकुमारी भृकुटीलाई सोह्र बर्षिय तिब्बतका सम्राट श्री श्रङ्ग चङ गम्पोसँग बिबाहको लागि तिब्बत सम्राटका दुतहरु साथ नेपालबाट सन ६३२ मा बिदा गरिएको थियो । अर्का महानायक अरनिको सोह्र बर्षको उमेरमा अस्सी जना कारिगरहरु र कलाकारहरु सहित चिनिया सम्राट कुब्लाई खाँको निमन्त्रणामा सन १२६० तिर प्रस्थान गरेका थिए । शाक्यमूनी गौतम बुद्धका शान्ति, संस्कृती र कलाकृती संस्कार लिएर गएका दुबेै महामानव लाई तत्कालिन चिनियाँ जनता तथा सरकारबाट आदर सम्मान दिईएको चिनिया ईतिहास र बिद्यमान संरक्षित कला कौशलले प्रदर्शित गर्दछ । अफसोच यस्ता महामानवहरुको जिवनी बारे नेपाल सरकार वा नेपाली जनताले पूर्णता दिनसकेको छैन । यस लेखमा, लेखकले यी महामानवको बारे जानेसुनेका किंवदन्तीहरु प्राप्त ऐतिहासिक सम्पदाहरुका साथ केही जानकारी पस्कने प्रयास गरेको छु ।


किरात शासकहरु खोपासीबाट काठमाण्डौको गोकर्णमा सरेपछि आपैmले मगढबाट ल्याईएका ठकुरी जातका बर्मालाई खोपासीको प्रशासन जिम्मा लगाएका थिए । लिच्छवी कालमा पनि खोपासीको प्रशासकमा बर्माहरु नै कायम भए । पाँचौ शताब्दीमा लिच्छवी राजा मानदेव प्रथमको पालामा अमिताभ बुद्घ चैत्यको लागि धेरै नै जमिन, अन्य धनरासी र अन्य स्थानमा जस्तै बज्राचार्य (यिनिहरुलाई लिच्छवी पनि भनिन्छ) जातका पुजारी सहित गुठीको बन्दोबस्त गरिएको थियो । गुठी संस्थानको श्रेष्तामा अभैm पनि १४१–१५–० रोपनी रहेको पढन सकिन्छ (धेरै जग्गाहरु पनौती जलबिद्युत योजनामा परे पनि गुठीले श्रेष्तामा जग्गाको अद्याबधिक गरेको छैन) । छैठौं शताब्दी अर्थात् सन् ५९० मा १८औं लिच्छवी राजा शिव देव प्रथम शत्तामा आए । उनी धर्मात्मा, शान्त र ईमान्दार, सरल र दयालु स्वभावका थिए । चौथौ शताब्दीेमा भारतमा उदाउँदो गुप्ता साम्राज्यले उत्तर हिमाल सम्म आफ्नो प्रभुत्व जनाउने हेतु मगढबाट काठमाण्डौ आएका गुप्ताहरुले राजा शिवदेव शासन कार्यहरुमा अवरोध दिन थाले ।


अर्कोतर्पm शिवदेवको राज्यकाल, खोपासीमा बैष्णोधर्मका उपासक, शैव धर्म अनुयायी मानबर्माका छोरा स्वामीभक्त अंशुबर्मा जो बुद्धधर्मलाई धेरै आदर गर्दथे, खोपासीका प्रशासकमा थिए । अंशुबर्मा शैव धर्म प्रति अगाढ आस्था भएपनि बौद्घ धर्मप्रति पनि उत्तिकै सन्मान गर्थे । कला र धर्म प्रति आगाढ आस्था कै कारण उनकै पालामा अमिताभ बुद्घको लागि चैत्यलाई राम्रोसँग जिर्णोद्वार गरि सेतो कमेराले पोत्ने चलन चलाएका थिए । अंशुबर्माको पालामा खोपासीमा धेरै प्रकारका कलाकारहरु उत्पादन गरेका थिए । यहाँका कलाकारहरु कर्पासना प्रणालीबाट अंशुबर्माको नाम महाराजधिराज राखी सुन र चाँदीका मुद्रा मुद्रण गराएका थिए । यहाँका पहरी जातका कलाकारहरु हिन्दुु र बौद्घ धर्म सहित जिवन चक्र झल्कने बुट्टा तथा नक्साहरु भरि झल्लरी छाता बनाउथे । उनि तेजस्वी, बुद्घीमान, शक्तिमान, श्रोत र सँस्कृतीको ज्ञाता भएको हुुँदा राजा बिराट र किरातहरुले प्रयोग गरेका भवनहरुको जिर्णोद्वार, पुनर्निर्माण तथा केही नयाँ निर्माण गरेका थिए । खोपासी तल्लो बजार अवस्थित बिराट राजाको दरवारलाई जिर्णोद्वार गरि देवादि देव महादेवको बासस्थान झल्काउन कलात्मक तवरले पुुुनःनिर्माण गरि “कैलाश” नामाकरण गरि प्रशासकीय भवन बनाएका थिए । पाङ्गेटोल अवस्थित बिराट राजाको निवास हालको नरसिंहमठ लाई जिर्णोद्वार गरिआफ्नो निवास बनाएका थिए । उक्त निवास नजिक तिनवटा ढुगे धाराहरु छन जहाँ महाभारतका पाण्डव पत्नी द्रौपदीले पाङ्गेटोल पल्लो छेउको बालाकाजी पौंजुको घर नजिकको ढुंगे धारामा नुहाउने गर्दथिन् । अंशुबर्मा धेरै धर्मप्रति भक्ति गर्नुपर्ने भएको हुँदा लामो समय न्यास ध्यानमा बिताउने र खाना खाएपछि केही समय आराम गरेर मात्र प्रशासकिय कामको लागि दिउँसो तिर मात्र कैलाश पुग्दथे । चुष्ट शासन प्रणाली भएको हँुदा जनतामा मुद्धा मामिला पनि थोरै भएको र आएका समस्या पनि तुरुन्तै निर्णय दिईने हुनाले जनतामा सरकारप्रति राम्रो धारणा थियो ।
उमेरको कारण र भगवान शिवको आराधनामा लिप्त राजा शिवदेवले राजकाजमा पूर्ण ध्यान दिन नसक्दा गुुप्ताहरुको प्रभाव बढ्दै गएको थियो । गुप्ताहरुको चपेटामा परेका लिच्छवी राजा शिव देवले शक्ति सञ्चयको लागि तिक्ष्ण बुद्धिका कुशल शासक अंशुबर्मालाई आफ्नो छोरी दिएर ज्वाई बनाए र महासामन्तको पदवी दिए । पारिवारिक नातामा ल्याएपछी राजा शिव देवले जेष्ठ छोरा उदय देव लाइ अंशुबर्र्माबाट कुशल शासकको शिक्षा दिलाउने हेतु खोपासीमा भद्रादेवी (परिवार) सहित पठाएका थिए । गुप्ताहरुको निरन्तर षडयन्त्र, चालबाज देखेर राज्यसत्ता जोगाउन अंशुबर्माको तिक्ष्ण बुद्धि, सक्षम, ईमान्दार र स्वामीभक्त भएको देखी राजा शिव देवले खोपासीको स्वायत्तताको अलावा आफ्नै कार्यकालमा नायवी पनि दिएका थिए ।
सन ६०४ मा राजा शिव देवको मृत्यु पश्चात उदय देवको क्षमता र गुप्ताहरुको चकचकी देखी अंशुबर्माले उदय देवलाई युवराज घोषणा गरी आफु राजा बने । राजा शिव देवको स्वर्गारोहन पश्चात अंशुबर्माले कमजोर राज्य संतुुलन राख्न दक्षिण तर्पm कत्रौजका मौखारीबंसिय राजकुुमार सुरसेनलाई आफ्ना बहिनी भोगा देवी बिबाह गरिदिए भने उत्तरतर्पm तिब्बतलाई खुसी पार्न बौद्ध धर्म प्रबर्धनमा ध्यान दिए । अंशुबर्माले राज्य सत्ता हातमा लिएपछि जिष्णु गुप्ताले शिव देवका अर्का छोरा ध्रुव देव लाई उक्साएर आफ्नो पक्षमालिन सफल भए । सन ६२१ मा अंशुबर्माको मृतु पश्चात युवराज उदय देव राज गद्दीमा बसे । कमजोर उदय देव लाई सन ६२२ मा जिष्णु गुप्ताले उनकै भाई ध्रुब देवको सहयोगमा सत्ताच्यूत गरे । ध्रुब देवलाई राजा बनाई जिष्णु गुप्ताले नायवी चलाए । उदय देवले जनताको साथमा बिद्रोह गर्न खोजे । काठमाण्डौ र ललितपुर बाट ध्रुव देव र गुप्ताहरुको बिरोध हुनथाल्यो । उदय देव काठमाण्डौको लगन, मञ्जुश्री टोलमा लुकेर बिद्रोहको नेतृत्व गरेका थिए जहाँ भृकुटी आफ्नी आमा भद्रादेवीको कोषमा आईन । असफल बिद्रोहका कारण उनि भक्तपुर तिर लागे । भक्तपुर बाट पनि सरकारको बिरोध हुन थाल्यो । सरकाले त्यहाँ पनि दमन गरेपछि उदय देव निर्वासित जिवनको लागि आफ्ना रानी भद्रादेवी र दश बर्षे छोरा नरेन्द्र देव सहित पहिले बसेको खोपासी अंशुबर्माको निवास गृहमा गएर बसे, जहाँ भृकुटी जन्मिए ।
उता तिब्बतमा सन ६३० मा तान्त्रिक बुद्धिष्ट श्रङ्गचङ्ग गम्पो सम्राटमा आए । नेपालमा शाक्यमुनी गौतम बुद्धको बयान सुनेका उनले तन्त्र बिद्याबाट आफुलाई सुहाउने धर्मपत्नि नेपाल राजकुलका भृकुती खोपासीमा जन्मेको जानकारी पाए । भृकुती माग्न तथा लिन सम्राटले आफ्ना दुतहरुका टोली पठाएका थिए । उक्त टोलीको नेतृत्व मन्त्रि गार टुङ्गसेन युल्सुङ्गले गरेका थिए । निर्वाचित राजा उदय देवले सम्राटको माग लाई सहर्ष स्विकारे । बिबाहको लागि ल्हासाबाट सम्राट श्रङ्गचङ्ग गम्पोले पठाएका भारदारको जिम्मामा उनको बिदाई खोपासीबाट भएको थियो । खोपासीका पहरी जातका कलाकारहरुले सुन, चाँदी, तामा आदीका धातुहरु तथा काठ, बाँस, निगालो र कपडामा बिभित्र हिन्दु र बौद्घ धर्म झल्कने कलाकृती सहितका प्रसस्त सामाग्रीहरुको साथमा बुद्घका जिवन चक्र सहितका सातवटा झल्लरी छातासहित हात्तीमा दाईजो राखेर बिदाई गरेका थिए । उनलाई खोपासीबाट साँखु लगी बज्रयोगिनीमा परिक्रमा सहित सिंदुर चढाई ऐतिहासिक धार्मिक मार्ग गोसाईकुण्ड, रसुवागढी हुँदै केरुङ्गमा बाजागाजा सहित भब्य स्वागत गरी सिगात्सेको बाटो भएर ६ महिना लगाएर अर्को बर्ष सन ६३२ मा ल्हासा पु¥्याए । हुन त अंशुबर्माको पालामा नै कोदारीमा भन्सार सहितको ब्यापारिक मार्ग बनिसकेको थियो । तथ्य तथा स्थानियहरुको भनाईको आधारमा स्रङ्गचङ्गगम्पोबाट भृकुटीको लागि स्वागतपत्र लिएरआएका र जन्तीटोली केरुङ्ग स्थित गेफु गुफामा भेटगरे र नेपाली टोलीले भृकुटीलाई अन्तिम बिदाईगरि माईती पक्षहरु फर्केका थिए ।सन ६३२ मा ल्हासामा भृकुटीको ८ बर्ष रश्रङ्गचङ्ग गम्पोको १६ बर्षको उमेरमा भब्यताकासाथ बिबाह सम्पत्र भयो । भृकुटीका दाईजोहरु आकर्षक र निपुण कारिगरीता भएको हुँदा सम्राट स्रङ्गचङ्ग गम्पोले जोङखा दरवार बनाई नेपालबाट लगिएको सबै सामग्रीहरु उक्त भवनमा ब्यबस्थित भण्डार गरियो । भृकुटी तारा उदाईन उत्तर चिन तिब्बत ………..आठ बर्षिय बालिका (भृकुटी) ले मुगलानमा गएर अपरिचित (तिब्बती र चिनियाँ) भाषीहरु लाई आफुले लगेको केही दाईजो (कलाकौशल) बाट शाक्यमुनी बुद्ध धर्म प्रचार प्रसारमा गरेको योगदानले खोपासी बुद्धमय र शान्तिका कालिगरिताले शिखर छोएको थियो भनि सजिलै आकलन गर्न सकिन्छ ।
भृकुटी बिदाई गरेको दुई बर्ष पश्चात सन ६३४ मा निर्वासित राजा उदय देव र उनका छोरा नरेन्द्र देव पनि सम्राट श्रङ्गचङ्ग गम्पोको शरणमा गए । निर्वासित राजा उदय देवको मृत्यु ल्हासामै भयो भने निर्वासित युवराज उदय देव प्रसस्त धन दौलत र लडाकु सेनाहरुका साथ सन ६४० फर्किए नालामा मुकाम गरिबसे । उनलाई काठमाण्डौबाट गुप्ताहरु भगाएर नेपालको सत्ता हातमा लिनुथियो । उनले भक्तपुरीयाहरुलाई साथमा लिएर सन् ६४३ मा बिष्णु गुप्ताहरुलाई सजिलै धपाएर आफ्ना काका ध्रु्र्रवदेवबाट सत्ता फिर्ता लिए ।
अंशुबर्मा नायवी राजाको जिम्बेवारी लिएर काठमाण्डौ स्थानान्तर भएपछी खोपासीको सम्वृद्धिमा ह्रास आउन थाल्यो । अफसोच सातौं शताब्दीमा संकराचार्यका अनुयायीहरुको धार्मिक बिध्वंश आन्दोलनमा खोपासीले पनि ब्यहोर्नु प¥यो । मयलबोटमा रहेको अमिताभ बुद्धको चैत्यलाई ध्वस्त बनाईयो, पुजारी तथा बुद्ध धर्मालम्बिहरु लखेटिए । पाङ्गेटोलमा रहेको अंशुबर्माको निवासमा नरसिंह भगवान स्थापना गरि उक्तनिवास लाई नरसिंहमठको नामाकरण गरियो । अमिताभ चैत्यका राम्रा र मूल्यवान बस्तुहरु अनुयायीहरुले लिएरगए बाँकी सपत्तीहरु जमिन १४१–१५–० रोपनि जग्गा सहित नरसिंहमठको गुठीमा परिणत गरियो र मठ ब्यबस्थापनको जिम्मेवारी आन्दोलनमा भारतबाट आएका पुरीथरका परिवारको जिम्मामा दिएर गए । खोपासीमा रहेको बुद्ध धर्ममा ठूलो धक्का लाग्यो ।
सन १२५५ मा महाभूकम्प गएको केही बर्ष पश्चात ल्हासाको भ्रमण गर्दा जोङखा दरवारमा रहेको भृकुटीका कलात्मक दाईजोहरु बाट प्रभावित चीनियाँ सम्राट कुब्लाई खाँले चीनमा केही बुद्घका कलाकृतिहरु बनाउन कलाकारहरु पठाई दिन नेपालका तत्कालिन राजा अभय देवलाई अनुरोध गरे । प्राकृतिक प्रकोपबाट बचेका युवाहरुलाई रोजगारीको ठूलो अवसर मिल्यो । सम्राटको अनुरोध अनुसार सन १२६० तिर भक्तपुरका राजा जय भिमदेव मल्लले खोपासीका प्रशासक बलदेवका १६ बर्षिय छोरा बलबाहुको नेतृत्वमा ८० कारिगरी कलाकारहरु टोली चीन पठाए । स्थानियको भनाई अनुसार अस्सीभन्दा ज्यादा युवाहरु राम्रो रोजगारीको लागि चीन गएका थिए । हिमाल पारगर्नसक्ने युवा कलाकारहरु गए पनि कमजोर युवाहरु जानसकेन । विवाहित युवाहरु बलबाहु समेत जो आफ्ना श्रीमतीहरुलाई छोडेर मुगलान गए कोही पनि फर्केनन् ।
अरनिकोको टोलिले तिब्बत र चिनमा सुनको जलप भएका अनेकौं रंगले रङ्गिएका पुराना मूर्तिहरुलाई कुशलतापूर्वक सुन र पारोटको रासायनिक प्रयोगबाट जीर्णोद्वार गरे । जुन प्रविधी युरोपतिर औद्योगिक क्रान्ति हुनुभन्दा अगावै आजभन्दा करिव ७०० बर्ष अगाडी बैज्ञानिक ज्ञान भएको तत्थ्यतालाई प्रमाणित गरेको छ । उनले आफ्नो जिवनकालमा तामा, जस्ता र पित्तल आदी धातुबाट मिश्रीत धातु बनाउने, ती धातु मिश्रीत हुँदा हुने गुण र मूर्ति ढलान गर्ने उच्चकोटीको ज्ञान हासिल गरी त्यसलाई ब्याबहारमा प्रयोग गर्ने, मैनको मूर्ति बनाउँदा आवश्यक हुने पुरानो तालमान (आवश्यक अनुपात) र मूर्ति लक्षणको पूर्ण ज्ञान लिई कार्य गर्ने गरेकाले उनलाई चित्रकला, मूर्तिकला र वास्तुकलाको विलक्षण सीप भएको वैज्ञानिक पनि भनिन्छ ।
चिनीयाँ सम्राट कुब्लाई खाँको निमन्त्रणामा गएका नेपाली कलाकारहरुको टोली तिब्बतको मूख्य कामहरु सकेर चिन तर्पm प्रस्थान गरे । उक्त अभियान अन्तर्गत मंगोलिया नजिक चीनको गांसु प्रान्त, तुङ्गहाङ्ग उपत्यका भित्र रेशम मार्गको सुरुवात बिन्दु सँगैको मंगो गुफा, जसलाई बुद्धका हजार गुफाहरु तथा संसारको ठूलो बौद्ध भण्डारणमा पुगेको हो की भत्रे प्रश्नहरु उब्जिएका छन् ? यो गुफाहरुमा बुद्धमार्ग सम्बन्धि सामाग्रीहरु भर्ने काम उई वंशले सन ३ सय ६६ बाट सुरु गरे र १३ रौ शताद्विमा युआन बंश अर्थात कुब्लाई खाँको कार्यकालमा पूर्णता पाएको भनिएको छ । ऐतिहासिक पक्ष के छ भने सम्राट कुब्लाई खाँको पालामा अर्थात १३ रौ शताद्विमा अरनिकोको टोली मंगोलिया सम्म पुगेका र हजार गुफाले पूर्णता पाएको हो ? अझ रोचक पक्ष त सन १९७० ताका उक्त गुफा पुगेका तत्कालिन नेपाल भिक्षु संघका उपाध्यक्ष भन्ते निग्रोजका अनुसार हजार गुफामध्ये एक गुफामा नःम बुद्ध चैत्यको साथमा गुफाको वरिपरी भित्तामा राजकिय सिकार कार्यक्रम र राजकुमार महासत्वले बोधिसत्व प्राप्त गरेको घटनाचक्रको चित्रकला लेखिएको छ । नःम बुद्ध चैत्य र चित्रकलाले अरनिकोले आफ्नो जन्मस्थानको प्रतिनिधित्व बनाएको हुन सक्दछ ।
कलाकारिताले शिखर पुगेका अरनिको चिन सम्राट बाट शक्तिशाली सम्मानित पद पाएका थिए । आधुनिक चिनीया सरकारले पनि अरनिकोको कलाकारितामा योगदान स्वरुप सम्मानमा राजधानीको मूख्य स्थानमा उनको मूर्ती स्थापना गरिएको छ, जहाँ भित्र पस्न चिनीयाँ नागरिकहरुले समेत प्रवेश शुल्क तिर्नु पर्दछ । चिनीयाँ सरकारले नेपाली कलाकारको कलाकृतीमा योगदान स्वरुप उक्त मूर्ती र सेतो पेगोडामा प्रवेश गर्दा नेपाली लाई शुल्क तिर्नु पर्दैन । बेजिङ्गस्थित स्वेत चैत्य अहिले पनि पर्यटकको आकर्षकको रुपमा रहेको छ ।
यी तत्थ्यहरुले अमिताभ बुद्धको चैत्यलाई ध्वस्त बनाएपनि लिच्छवी शासनमा बिकास भएको बुद्धधर्म, शान्तिमार्ग तथा कलाकारिता निरन्तर थियो भत्रे प्रमाण मल्लकालको पूर्वार्धमा तिब्बतमा पुगेका कला कौशलको पुःन निर्माणमा बलबाहु उर्पm अरनिकोको नेतृत्वमा नेपाल बाट कारिगरको सहभागीताले प्रष्ट्याउँदछ ।
महाभूकम्पले तिब्बत मात्र होईन नेपाल पनि प्रभावित थियो भत्रे प्रमाण राजा अभय देवले बस्ती स्थानान्तरको लागि सात गाउँहरु साँगा, नाला, बनेपा, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतको स्थापना (बिस्तृत) गरे । सात गाउँहरुको बिस्तृत गर्नुमा यी स्थान नजिकका बस्ति तथा गाउँहरु पनि प्रभावित भएको भन्ने पुष्टी किरात कालिन बस्ती खोपासी, ईटे, टौखाल आदीको नाम नआउनुले गर्दछ । स्थानियको भनाई अनुसार भूकम्पले धेरै भवनहरु भत्किएर पुःन निर्माण गर्न नसक्दा खण्डहर बने र उक्त स्थानमा उदुसले दुःख दिन थाल्यो । बुढापाकाहरु खोपासी क्षेत्रमा उदुस आतंकको बारेमा पटक पटक कुरा गर्दछन् । अलिकती माटो खण्डा उदुस पन्छाउन नसकिएको ईटाहरु यत्रतत्र पाईन्थ्यो । सन १९८० को दशक सम्म पनि ईटे फाँटमा एउटा ईटाको ढिस्को थियो जुन उदुसेचौरको नामले चिनिन्थ्यो । अहिले उक्त ईटाको ढिस्को रहेको स्थानमा सामुदायिक बिद्यालयको भवन बनेको छ ।
कारीगरिता र उत्तर–दक्षिणको ब्यापारमा केहीह्रास आएता पनि पहरीहरुको व्यवसायमा निरन्तरता कायम रह््यो । अभय देवको सातगाउँ बस्ती बिस्तारले यहाँका पहरीहरुको निर्माण व्यवसाय फष्टायो । हस्तकलाका हिन्दुु र बौद्घ धर्म सहित जिवन चक्र झल्कने बुट्टा तथा नक्साहरु भरि झल्लरी छाता, निगलो तथा बाँसका चोया बाट घरायसी सामानहरु बनाउथे । काठ र ढुंगामा राम्रा राम्रा कला कौशल कारीगरिता कोर्थे । तेह्रौं शताब्दीमा हरिसिंह देवसँग आएका बरदान थरका नेवार कारिगर कलाकारहरुले उच्च कारिगरिता प्रस्तुत गरे । पहरीहरुले उनीहरुबाट पनि कलाकारितामा थप सिके र उनिहरु बरदान कारिगरका सहायक बने र निर्माण कार्यमा निरन्तरता दिए । अपबाद निर्माण कार्यमा सिमेन्ट, डण्डी तथा शैक्षिक जनशक्तिको आगमनले सुवर्ण युगीन खोपासीका पहरी कारिगरी कलाकारहरु पुख्यौली पेशाबाट च्युट हुँदै गए । निशुल्क प्राकृतिक (खोला तथा जंगल) श्रोतमा रमाएका पहरीहरु कृषी पेशामा लागेका थिएनन् । जलवायु परिवर्तन तथा जनसंख्याको बृद्धिले प्राकृतिक श्रोतहरुमा ठूलो ह्रास आयो । अहिले आएर ती पहरी समुदाय जो अशिक्षित छन् उनीहरु गरिबी जिवन बिताई रहेका छन् ।
बि.सं.२०३५ मा तत्कालिन चिनिया प्रधान मन्त्री श्री देङ्ग सिआयोपिङको नेपाल भ्रमणमा अरनिको बस्ती ९ब्चलष्पय ख्ष्ििबनभ० को बारेमा आसय ब्यक्त गरे । देशका बिभित्र अगुवाहरुले आ–आफ्नो क्षेत्र बिकास हेतु अरनिको आ–आफ्नो बस्ती र गाउँमा जन्मिएको भनि लेखहरु प्रकास गर्न थाले । अरनिकोको जन्म एकिन हुन सकेन । बि.सं. २०६२÷६३ तिर फेरि अरनिकोको जन्म स्थानको चर्चा चल्यो । यस पटक धेरै लेखकहरुले अरनिको “पहरी” थरका भएको र काभ्रे जिल्लाको खोपासीमा जन्मिएका भनि लेखे । अन्ततः गुरुकुलले पहरीको आकृतिमा मूर्ती बनाए ।
माथीका तथ्य तथा किंबदन्तिले राजकुमारी भृकुटी र बलबाहु उर्पm अरनिको खोपासीका हुन भत्रे प्रष्टीन्छ । उहाँहरुले सिद्धार्थ गौतम बुद्धको शान्तिका सन्देश प्रचार प्रसारमा अमुक योगदान दिएकोमा ईतिहास साक्षी छ । बर्तमान पिढीले राष्ट्रीय बिभूतीहरुको खास पहिचान दिईसम्मान दिन सके भविष्यमा समाजबाट फेरी पनि यस्ता माहामानवको जन्म भएर समाज र देशको अभिबृद्धीमा जग थप्दै बिश्व शान्ति तथा कलाकृतिको विकासमा योगदान मिल्न थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

1 Comment

  1. Ulak sir. it’s very insightful and detailed writing. We’ll archive it in our resource folder for Bhrikuti’s references.

Leave a Reply

Your email address will not be published. Required fields are marked *