भालेश्वरले मनायो आफ्नो ६७ औं वार्षिकोत्सव

पनौती । भालेश्वर माविको ६७औं वार्षिकोत्सवको अवसरमा तुलसा केसी बञ्जाराको स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति एवं पुरस्कार प्रदान गरिएको थियो ।
गत वर्ष हृदयघाटका कारण मृत्यु भएकी राजु केसीका धर्मपत्नी तुलसा केसीको स्मृतिमा स्थापना गरिएको कोषबाट प्रत्येक कक्षाका उत्कृष्ट अंक ल्याउने १÷१ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने योजना अनुरुप सम्मान गरिएको विद्यालय व्यवस्थापनका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।
त्यसैगरी लिला–मध्यमार्ग अक्षयकोषबाट समेत विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
पनौती नगरपालिकाभित्रको एक मात्र नमूना विद्यालय तथा सामुदायिक विद्यालयहरुमा जिल्लाकै उत्कृष्ट विद्यालयहरुभित्र पर्ने भालेश्वर माध्यमिक विद्यालयले स्थापनाको ६७ औं बार्षिकोत्सव मनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले विद्यालयले अभिभावकहरुको मन जित्दै बालबालिकाहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई ब्यवहारमा देखाएको बताए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले नीति तथा कार्यक्रम मार्फतसमेत विशेष ध्यान दिएकाले आगामी वर्षहरु शैक्षिक गुणस्तर तथा विद्यार्थी केन्द्रित शिक्षाका विकल्प नरहेको बताइन् ।
उनले सामुदायिक विद्यालयहरुको एकीकरण, गुणस्तरीय शिक्षाका लागि आवश्यक संरचनाहरु निर्माण गर्दै फरक ढंगबाट विद्यालय संचालन गर्ने योजना निर्माण गर्न समुदायलाई अनुरोध गरिन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले पाँच वर्ष विद्यालयले भोगिरहेका अनुभवहरु सुनाउँदै विद्यालयले भौतिक तथा विद्यार्थीहरुको गुणस्तरमा भएका प्रगतिका बारेमा जानकारी गराए ।
विद्यालयले आफ्नो प्रतिस्पर्धा आफैंसँग गराएको छ । कक्षा कोठालाई पूर्णतः प्रविधीमैत्री बनाएको छ । शिक्षक र विद्यार्थीको हाजिरी अनलाईनमार्फत गराउन शुरु गर्दै विद्यालय सुधारका प्रयास भएको प्रधानाध्यापक थापाले बताए । पाँच वर्षअघि ४ सय १२ जना विद्यार्थी भएको विद्यालयमा २०८१ जेठ १ गतेसम्म भर्ना भएका विद्यार्थीहरुको संख्या ९ सय ५० भन्दा धेरै छ ।
चालु शैक्षिक सत्रमा मात्रै विद्यालयमा २ सय २७ जना भर्ना भइसकेका छन् । कक्षा नर्सरीदेखि ९ सम्म भर्ना हुने क्रम अझै जारी छ । कक्षा ११ मा भर्ना हुँदा विद्यार्थीहरुको संख्या एक हजारभन्दा धेरै हुनेछन् । अहिले १ सय ७ जना विद्यार्थीले एसईई र कक्षा १२ को परीक्षामा ५३ जना सहभागि भएका छन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *