भकुण्डेमा बोईलर उत्पादन आयोजना

भकुण्डे ÷ भकुण्डेमा बोईलर कुखुरा उत्पादन गर्ने आयोजना सञ्चालनमा आउने भएको छ । ५२ लाख ४४ हजारको लागतमा आयोजना संचालनमा आउन लागेको हो । आयोजनाको लागि व्यवसायिक कृषि तथा व्यापार आयोजना –प्याक्ट) ले २५ लाख अनुदान दिएको छ । अन्य लागत फर्मले बोहेर्नेछ ।
स्थानीय ॐ  साई पोल्ट्री फार्मको व्यवस्थापनमा फार्म सञ्चालन हुनेछ । आसपासका २ सय परिवारलाई ५ वटा समुहमा विभाजन गरी परियोजना सञ्चालन गर्न लागिएको फर्मका अध्यक्ष टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *