– शम्भु प्रसाद न्यौपाने
बनेपा–६, काभ्रेपलाञ्चोक
हल्लामा चलेको देश
हल्लाउनेले हल्लाएको परिबेश
कौवाले कान लग्यो भन्दैमा आफ्नो कान नछाम्दै कौवाको पछि दुगुर्ने अमुक प्रदेश ।
आबस्यक्ता बिहिन लक्षपैल्याउन उत्सुक राम राज्यको अबशेष
कल्पनामा डुबुल्कि मार्दा गन्तब्य पैल्याउन कसरत
अब्यागतको ब्ययभार आदर्शको अबोध सिशु उपचार पाउदैन
निलको नाल परेको ब्यहोर्दैन प्रकोप
हराएका बगाएका पैसठ्ठी जबान बोकेका गाडि दोय
खै त जिम्मा लिदैनन् पाटिजहरु
चुईक्क गर्दैन निकाय आधा झण्डा झुकाउने सस्कारले टेरेनकि कसो हो ।
कित गरिबि भएरै हो या धनि गरिबको कित्ताकाट भएर हो
आठौ आश्चर्य छ ज्युँका त्युँ
सोचेर बोल्ने पनि यहा कोहि भएनकि कतै ………..।
कित राम्रो सरकार फेर्ने बदल्ने मात्रै मेसो मिलाउने हो ।
दुई ढुङ्गाको तरुल बनेको छ यताको सभ्यता साच्चै सोचनीय
हाड नभाको जिब्रो लप्टन भनेझै
ओरालो लागेको सस्कारको अपत्यारिलो खवर बर–बराउने
प्रचार दृष्टान्त सुनाउन आतुर छ न्याय गुमेको निकायको बिबेक
समृध्दिको पर्खाल भत्किन के वेर ?
चिन्तनको चौतारीमा बसी बियालो नहोस
ऐन कानुनको परिधिमा रहि मानवअधिकारका हिमायतिहरुमा
कत्तिको बिज्यो कुन्ने यो भने बुझ्न बाँकि नै छ ।
हल्लामा चलेको हावा
समुन्द्री तुफानको नाफा
फाईदाको अम्वा टिप्न ब्यस्त छ
नागरिक समाजको अध्याय
समाधानको पोको खोल्न
वरदान सिद्ध कैले हुने हो ।