बेथानचोक हिउँले सेताम्मे

काभ्रे । जिल्लाका उच्च पहाडी भागमा हिउँ परेको छ । जिल्ला कै उच्च बेथानचोक गाउँपालिकाको नारायणस्थान, सिर्थली, चोरण्डे, कामीखोरिया, हर्कभञ्याङ लगायत क्षेत्रमा बाक्लो हिमपात भएको छ । त्यस्तै भुम्लु गाउँपालिका चौवास, मण्डनदेउपुर नगरपालिकाको नगरकोट क्षेत्रमा पनि हिउँ परेको थियो । 
बाक्लो हिमपात भएपछि बेथानचोक गाउँपालिकाभित्रका ग्रामीण सडक अबरुद्ध भएका छन भने खानपानी, बिद्युत, सञ्चार लगायतबाट स्थानीयहरु बन्चित भएका छन । बस्ती सम्म नै हिउँ परेपछि जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन । जेष्ठ नागरिक, दीर्घ रोगी, बालबालिका बढी प्रभावित भएका छन । हिउँका कारण जिल्लामा चिसो अत्याधिक बढेको छ । बाक्लो हिउँका कारण बेथानचोकका किसानको बाली नालीमा नोक्सान भएको छ । 
बेथानचोक गाउँपालिकाको गेल्डुङ बजारसम्म हिउँ परेको स्थानीय अशोक तिमल्सिनाले जानकारी दिनुभयो । बिहीबार बेलुकाबाटै हिउँ र पानी परेपछि स्थानीयको जनजीवन प्रभावित भएको थियो । 
बस्तीसम्म नै हिउँ परेपछि आन्तरिक पर्यटक हिउँ खेल्न बेथानचोक, नगरकोट लगायत क्षेत्रमा जाने क्रम बढेको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *