बेथानचोकको ऐतिहासिकताबारे पुरातत्व विभागको यस्तो दाबी

बेथानचोक । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ मा रहेको कपेर महांकाल गढी ऐतिहासिक एवं रणनीतिक महत्वको रहेको इतिहासकार एवं पुरातत्वविद्हरूले दाबी गरेका छन् । बेथानचोक गाउँपालिका तथा संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजनामा शुक्रबार गढी क्षेत्रमा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने इतिहासकार एवं पुरातत्वविद्हरूले गढीमा सेन वंशी सेना र गोर्खाली सेनाबीच ठूलो युद्ध भएको र अंग्रेजलाई उपत्यकामा रोक्न तयार पारिएको रणनीतिक महत्वको गढी भएको दाबी गरेका हुन् ।
इतिहासविद् प्राडा दिनेशराज पन्तले काठमाडौं उपत्यकामा मध्यकालदेखि नै पटकपटक पूर्वबाट आक्रमण हुने गरेको भन्दै पूर्वपट्टिको त्यो गढी वास्तवमै रणनीतिक महत्वको गढी रहेको बताए । यदि यस्तै गढी किल्लाहरू नभएको भए पृथ्वीनारायण शाहको पुनः एकीकरण सम्भव नभएको भन्दै कपेर महांकाल गढीको महत्व उपत्यकामा अंग्रेज सेनालाई प्रवेश गर्न नदिन तयारी अवस्थामा राखिएको सहायक गढी रहेको उनको भनाइ छ । उनले भने, ‘विसं. १८१९ माघ १० गते मकवानपुर गढीमा बंगाली सेनाहरूसँग युद्ध भयो । त्यो ठाउँ यो होइन, त्यस्तै विसं. १८२४ आश्विन १५ गते सिन्धुलीगढीको पौवा गढीमा किनलकको सेनालाई हटाइयो, त्यो ठाउँ पनि यो होइन । अंग्रेजहरू यहाँसम्म नआइपुगे पनि यो मकवानपुरबाट उपत्यका प्रवेश गर्न नदिन तयार पारिएको गढीको रूपमा चिन्न सकिन्छ ।’
त्यस्तै, त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्वविभागीय प्रमुख एवं पुरातत्वविद् प्राडा मदनकुमार रिमालले अवस्थिती र भूगोलको आधारमा हेर्दा हरिहरपुर गढी दपेटेको खण्डमा अंग्रेज सेनालाई रोक्न यो व्यवस्थित गढीको निर्माण गरिएको देखिएको बताए । नेपाल उपत्यकामा भएका अधिकांश आक्रमणहरू पूर्वतर्फबाट हुने गरेकाले पूर्वतर्फ बलिया र महत्वपूर्ण गढीहरूको निर्माण गर्ने चलन पहिलेदेखि नै चल्दै आएको उनको भनाइ छ । यही क्रममा यो स्थानमा मध्यकालमा नै गढीको निर्माण गरिएको हुन सक्ने उनको अनुमान छ । सोही व्यवस्थित गढीलाई पछि अंग्रेज सेनाहरूले सेन सेनालाई जितेर हरिहरपुरको सहायक गढीको रूपमा विकास गरेको हुन सक्ने उनले बताए ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले यो रणनीतिक महत्वको गढी हुन सक्ने स्थानीय किंवदन्ती रहेकोमा यसलाई व्यवस्थित अध्ययनबाट पुष्टि गर्न यो अध्ययन गराइएको जानकारी दिए । उनले हालसम्म चर्चामा नरहेको यो गढीको ऐतिहासिक महत्वको पुष्टि भएपछि अब यसलाई संरक्षण गर्दै सबैको पहिचानमा पुर्याउन गाउँपालिका तयार रहेको जानकारी दिए । कपेर महांकाल गढीमा युद्ध भएको थियो भन्ने कुरालाई यस डाँडाको फेदीमा अवस्थित गहिरो खोंच तथा सो को ध्यागरवाङ् भनिने स्थानीय नामले पनि पुष्टि गरेको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *