बृद्धाश्रम बनाउन महायज्ञ

पनौती÷प्राणनाथ माइती बृद्धाश्रमको भवन निर्माणको लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले पनौतीमा माघ २५ गतेदेखि फागुन ४ गतेसम्म २७ तारतम सागर र श्रीमद् भागवत कथा प्रवचन गरिने भएको छ ।
हिजो शनिबार पनौतीमा भएको श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला शाखा काभ्रे र प्राणनाथ माइती बृद्धाश्रम पनँैतीको संयुक्त भेलाले उक्त कार्यक्रम गर्ने निर्णय गरेको कुरा श्री कृष्ण प्रणामी सेवा समिति काभ्रेशाखाध्यक्ष उद्धव नेपालले जानकारी दिनुभयो ।
भेलाले उद्धवप्रसाद नेपालको संयोजकत्वमा ५१ सदस्यीय श्रीकृष्ण प्रणामी धर्म जागती महोत्सव २०६९ व्यवस्थापन समिति समेत गठन गरेको छ ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *