बुडोल सामुदायिकको २२ औं वार्षिक साधारण सभा

बनेपा । काभ्रे जिल्लामा रहेको सामुदायिक सहकारीमा मात्रै नभएर जिल्लाकै उत्कृष्ट सहकारीको रुपमा चिनिने बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २२ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कैलाश के.सी.को अध्यक्षतामा होटल उग्रचण्डीमा सम्पन्न भएको छ ।
संस्थाका कर्मचारी कृष्टिना श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले उपस्थित व्यक्तिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । सभा समक्ष संस्थाका सचिव जयराम थापाले आर्थिक वर्ष ०७७।०७८ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष राधेश्याम के.सी.ले आ.व. ०७७।०७८ को आर्थिक प्रतिवेदन र आ.व.०७८।०७९ को वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी लेखा सुपरिवेक्षण समितिको तर्फबाट सदस्य सन्तोष आचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष ०७७।०७८ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु.१,४५,१४,००,८४०।७७, बचत संकलन रु.१,१६,२०,७७,९६९।८२, शेयर पूँजी रु.१३,०२,५२,५००।–, लगानीमा रहेको ऋण रु.१,०२,१२,१९,७८८।४३, संस्थागत पूँजी रु. १०,०२,७२,६४७।९८ र संचालन मूनाफा रु.४,९८,१९,५५१।८१ रहेको छ ।
सभाले सदस्यहरुलाई १४.४२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।
सभासमक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि के.सी., सल्लाहकार प्राध्यापक भोलाबहादुर के.सी., सल्लाहकार अधिवक्ता नवराज बडाल र सल्लाहकार भैरव के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्वोधन गर्दै सभाध्यक्ष कैलाश के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *