साँँचो माया गदर्न पनि भावनामा मेरो घात गरी लायौ आखिर मेरै मायामा खोट ।
के भूल भयो र म बाट थाहै नदिई मेरा सपना चकनाचुर पा¥यौ दिई मलाई चोट ।।
फूल झैं पवित्र निश्चल हाम्रो माया फुल्न नपाई मयाको बोटै काट््यौ कि ।
चोखो मेरो मायाको उपहार मलाई दिएर पीडा मनै समेत अन्तै साट्यौ कि ।।
जुनीभरलाई दिन्छु भन्दै साथ बीच बाटोमा मलाई छाड्रयौ ।
मायाका सपनामा मलाई झुलाई जूनीभरलाई रुने पा¥यौ ।।
यस्तै रैछ माया भन्ने सहनु पर्ने पीडा अनि चोट ।
रस जति सबै चुस्यौ बाँकी रह्यो मात्र खोक्रो बोट ।।
भावना किन रोशनसँग टाढिन खोज्दै थिइन् यसको जवाफ भावनालाई नै थाहा होला अरु कसैलाई पनि थाह थिएन । उसको उपचारमा संलग्न चिकित्सकहरुले पनि उसलाई उसको अतित बताउन आग्रह गरे तर उसले कुनै पनि कुरा बताउन चाहेन । मात्र भन्ने गथ्र्यो–“मेरो सबथोक लुटियो । ”
रोशन आफै तीन छक परेको थियो । एक्कासी बिना कुनै कारण भावनाले यस्तो व्यवहार गर्दा । झिरैमा उनेको माछि झैं छट्पटिन विवश थियो रोशन । लाग्थ्यो दुबैको हाँसो खुसी सबै कुन पापीले चुडाइदियो । एक अर्काबिना एक पल पनि बाँच्न नसक्ने उनीहरु आज एक अर्का बिना बाँच्न विवश थिए । दुवै अतितका ती पलहरु सम्झेर आफै आफूलाई सम्हाल्न सक्ने अवस्थामा थिएनन् । दूबैजना मायाको संसारमा रम्दै एकअर्काको आलिंगनमा बाँधिएर खाएका ती वाचा कसमहरु सम्झनामा मात्र थाँती राख्न विवश थिए ।
” के भूल भयो र मबाट तिमी यसरी टाढिन चाहन्छौ ? किन मेरो मायामा घात गर्दैछौ ? मेरो मायामा के कमी थियो र तिमी आज मलाई यसरी तड्पाउँदै छौ ? यदि घात गर्नु नै थियो त मेरो भावनासँग किन खेलवाड ग¥यौ ? के मेरो मन कुनै पसलमा बेच्न राखेको वस्तु हो ? जसलाई तिमीले मोलमोलाई ग¥यौ । मेरो माया कुनै पनि बिकाउ चिज हैन । न त सुनले किन्न सक्छ मेरो माया न त चाँदीसँग तौलन नै सकिन्छ । यसरी मेरो भावनासँग खेलवाड गर्ने अधिकार तिमीलाई कसले दियो ? आखिर किन तिमीले मेरो भावना माथि खेलवाड गर्दै दुई दिनको मायाको नाटक ग¥यौ ? के यी सब प्रश्नको जवाफ तिमीसँग छ ? ”
यसरी नै बर्बराइरहन्थ्यो रोशन “तिमी माग्छौ भने तिम्रो लागि मेरो जीवनको आहुति दिन पनि म तयार छु । तिम्रो लागि सारा संसार त्याग्न तयार छु । तिमीले मेरो मायालाई बुझ्न सकिनौं त्यसैमा आफूलाई साह्रै दुःख लाग्छ । गुनासो एउटै छ । मेरो के भूल भो त्यसबारे मलाई जानकारी गराइदेऊ भनि बिन्ती गर्न चाहन्छु । मात्र मेरो यहि एउटा प्रश्नको जवाफ देऊ । त्यसपछि म हाँसीहाँसी तिम्रो लागि मर्न पनि तयार छु ।”
यसरी एकातिर रोशन तड्पिरहेको थियो भने उता भावना पनि तड्पिरहेकै थिइन् ।चाहनासँग समेत राम्ररी खुलेर कुरा गर्न सकेकी थिइनन् भावना । न त साथीहरुसँग नै राम्ररी घुलमिल हुन सकेकी थिइन् । भावनाको यस्तो व्यवहार देखेर सबैजना छक्क परिरहेका थिए ।
एकान्तमा नै बस्न रुचाउँथिइन् भावना । कसैसँग बोल्न चाहन्नथिइन् उनी । कसैले बोलाएमा खिस्स बनावटी हाँसो हाँस्दै सकेसम्म चाँडो भन्दा चाँडो फुस्कन खोज्थिन् उनी । आखिर के भइरहेको छ उन कै सबै भन्दा मिल्ने साथि चाहनालाई समेत थाह थिएन । चाहनासँग पनि बनावटी हाँसो मात्र हास्ँिथइन् उनी ।
रोशन पनि बेहि दिनको अस्पताल बसाइ पछि नियमित आफ्नो काममा फर्कियो तर उसमा पहिलेको जस्तो जोश थिएन । उसमा केहि उत्साह नै थिएन । रोशन आउनासाथ चाहना फुरुङ्ग भएर मुस्काउँथिइन् । रोशनको नजिक हुन खोज्थिइन् तर रोशन मलाई अलि सन्चो छैन मलाई एक्लै छाडिदेउ भने पन्छिन्थ्यो ।
चाहनाले कुनै एउटा साथिबाट थाह पाइन् भावना र रोशन पार्कतिर खुबै घुम्न निस्कन्थे भन्ने कुरा । उनलाई पूरा विश्वास चाहिँ थिएन । तर उनको मनमा चिसो पसिसकेको थियो । भावना र रोशन दुबैमा अचानक परिवर्तन आउनुमा कुनै कारण हुन सक्छ भनेर । तर पनि पूरै विश्वस्त चाहिँ हुन सकेकी थिइनन् । तै पनि उनीहरुको बारेमा केहि कुरा पत्ता लगाउन उनी लागि परिरहिन् । कुनै तथ्य चाहिँ उनले पत्ता लाउन सकिनन् ।
एकदिन सपिङ्ग पश्चात चाहना घर फर्कदै थिइन् उनको कानमा कतै चिने झैं आवाज ठोक्किन पुग्यो । उनी त्यहि आवाजलाई पछ्याउँदै गइन् । जब आवजका नजिकै पुगिन् उनी अचम्म अाि दङ्ग परिन् ।
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । ) अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयm
अजबलम)बmबचद्दण्ज्ञण्२थबजयय।अयm