मानव मुटुमा लाग्ने विभिन्न रोगहरु मध्ये जन्मजात एवं बाथ ज्वरो बिग्रिएर लाग्न्े मुटुरोगहरु प्रमुख हुन् । यस मध्ये बाथ ज्वरो बिग्रिएर लाग्ने मुटु सम्बन्धी रोग बढ्दो उमेरसँगै थप बिग्रदै जान्छ । बाथ ज्वरोका कारण लाग्ने मुटुरोगमा मुटुका विभिनन भल्भहरुलाई बिगार्दछ । बाथ ज्वरोले मुटुमा रहने चारवटा भल्भहरु मध्ये देब्रे अरिकल र देब्रे भेन्ट्रिकल बीच रहने माइट्रल नामक भल्भलाई धेरै असर पु¥याउँछ ।
बाथ ज्वरोले मुटुको भल्भलाई असर गर्ने क्रममा भल्भ साँघुरिन सक्छ । वा भल्भ राम्ररी बन्द नहुन सक्छ । भल्भ साँघुरिदा मुटुको एउटा कोठाबाट अर्को कोठामा आवश्यक मात्रा रगत पुग्दैन भने भल्भ राम्ररी बन्द हुन सकेन भने एउटा कोठाबाट अर्को कोठामा पुगिसकेको रगत उल्टो फर्किने हुन हन्छ ।
३८ वर्षिया राधिका थापा (नाम परिवर्तित) महिलालाई लागेको मुटुको समस्या पनि बाथ ज्वरो बिग्रेर लाग्ने मुटुको समस्या हो । उहाँको मुटुको माइट्रल भल्भमा पनि असर पुगिसकेको छ । सामान्यतया माइट्रल भल्भको क्षेत्रफल ४० देखि ६० वर्ग सेन्टिमिटर हुनुपर्छ । यदि माइट्रल भल्भको क्षेत्रफल २५ वर्ग सेन्टिमिटर भन्दा कम भयो भने क्रिटिकल (निकै संकटपूर्ण) मानिन्छ । उनको माइट्रल भल्भको क्षेत्रफल ९ वर्गसेन्टिमिटर मात्र छ । त्यसैले यसलाई क्रिटिकल मान्नुपर्छ ।
माइट्रल भल्भ साँगुरो भयो भने । फोक्सोमा अक्सिजन लिई आएको रगत देब्रे भेन्ट्रिकलमा आउन पाउँदैन । देब्रे भेन्ट्रिकलको काम टाउको लगायत शरीरको सबै भागतिर अक्सिजन युक्त रगत पु¥याउनु हो । देब्रे भेन्टिकलमा आवश्यक मात्रामा अक्सिजनयुक्त रगत आइपुगेन भने शरिरभरि अक्सिजनयुक्त रगत पु¥उन सकिदैन । र विभिन्न समस्या देखा पर्छ अक्सिजनको अभावमा ।
माइट्रल भल्भ साँघुरो भयो भने देब्रे अरिकलको रगत देब्रै भेन्ट्रिकलमा जान सक्दैन यसको बदला फोक्सोतिरै रगतको ब्याक प्रेशर पर्दछ । जसले गर्दा स्याँ स्याँ आउने , ३यार ३यार शुने , सुक्खा खोकी लाग्ने , छटपटि हुने, गोडा तथा कलेजो फुल्ने हुन्छ ।
माइट्रल भल्भ राम्ररी बन्द हुन सकेन भने देब्रे भेन्ट्रिकलमा पुगिसकेको रगत देब्रे भेन्ट्रिकल खुम्चिने क्रममा टाउको तथा शरिर तिर जानु पर्ने अक्सिजनयुक्त रगत देब्रे अरिकलतिर पनि जान्छ । यसले गर्दा फोक्सो मै ब्याक प्रेसर पर्नुका साथै शरीरतिर पनि आवश्यक मात्रामा रगत पु¥उन सक्दैन र माथि उल्लेखित लक्षण चिन्हहरु नै देखा पर्दछ ।
माइट्रल भल्भ साँगुरो हुँदा यसलाई ठूलो पार्ने वा भल्भ नै फेर्नुपर्ने हुन्छ । भल्भ फेर्ने उपचार तुलनात्मक रुपमा महँगो छ भने भल्भलाई मुटुमा घाउ बनाई वा बेलुनको माध्यमबाट ठूलो पार्ने उपचार प्रविधि चाहिँ कम खर्चिलो हुन्छ । बाथ ज्वरोका कारण भल्भमा पर्ने असर समयक्रम सँगै बिग्रदै जाने हुनाले यथोचित उपचार नगराएको खण्डमा केहि समयपछि भल्भ फेर्नुपर्ने हुन्छ । भल्भ नफेरुन्जेल वा यसको लागि पालो पर्खिन्जेल मुटु सम्बन्धी लक्षणिक उपचार गराउनु पर्दछ ।
मुटुको भल्भ फेर्नैपर्ने अवस्था आयो आएन थाह पाउन मुटुरोग विशेषज्ञको परामर्श लिई छातीको एक्स रे, इसिजि, इको लगायतका जाँचहरु गराउनुपर्दछ । मुटुको भल्भ फेर्नका लागि शहिद गंगालाल हृदय केन्द्र लगायतका मुटु सम्बन्धी सरकारी अस्पतालमा सरकारी अनुदान पनि प्राप्त हुन्छ । यसका लागि सम्बन्धित निकायमा बुझ्नुपर्ने हुन्छ । मुटु सम्बन्धि यस्तो जटिलता आउन नदिन सानै उमेर (१५ वर्षको उमेरसम्म) मा लाग्ने घाँटी सम्बन्धि टन्सिल सम्बन्धी तथा रुघा खोकीलाई हेलचेक्रेयाई गर्नुहुँदैन सम्कन्धित डाक्टरलाई जचाँउन लगाई उपचार गराई हाल्नुपर्दछ ।