बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा ‘बिएससी सिएसआइटी’ र ‘बिबिए’ शुरू

काभ्रे । बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी कलेजले नेपालमै पहिलो पटक सामुदायिक कलेजमा बिएससी सिएसआइटी शुरू गरेको छ । यस कलेजले काभ्रे जिल्लामै सामुदायिक कलेजमा पहिलोपटक बिबिएको अध्यापनसमेत शुरू गरेको हो ।
कलेजले अघिल्लो बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो । कार्यक्रममा पूर्वउद्योग राज्यमन्त्री, संविधान सभा सदस्य तथा बागमती प्रदेश सभा सदस्य एवं बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालक समितिका अध्यक्ष कन्चनचन्द्र वादेले बनेपा यस आसपासका विद्यार्थीलाई सस्तोमा शिक्षा दिन कलेज स्थापना गरिएको बताउनुभयो ।
उहाँले विगत लामो समयदेखि कलेज स्थापना गर्ने लक्ष्य लिइएपनि केही समस्याका कारण कलेज स्थापना गर्न ढिला भएको जानकारी दिनुभयो । अहिले कलेज सञ्चालन गर्न यहाँको भौतिक संरचना पूर्ण भएको उहाँले बताउनुभयो । विगतमा बनेपामै विभिन्न विषयहरु पढ्न नपाएर काठमाडौंसम्म धाएको तीतो यथार्थलाई स्मरण गर्दै स्थानीयले आफ्नै ठाउँमा पढ्न पाउनु खुशीको विषय भएको उहाँले बताउनुभयो ।
कलेजको सम्बन्धन लिन एक दशक कुर्नु परेको भन्दै काभ्रे क्याम्पसका प्रमुख केजी बैदारले दुवै संस्थाले गर्ने काम एउटै भए पनि बाध्यताले छुट्टै संस्था बनाउनु परेको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिन खोजिएपनि दश वर्षसम्म नपाएको गुनासो व्यक्त गर्नुभयो । सम्बन्धन लिन त्रिविले एक दशक कुराएको बताउँदै राजश्री जनक विश्वविद्यालयले सम्बन्धन दिएकोमा खुशी व्यक्त गर्दै प्रमुख बैदारले त्रिविकै कारण आफूहरु दश वर्षपछि परेको तर्क गर्नुभयो । उहाँले नेपालमा युवाहरु नबस्नुको कारण शिक्षालाई हेर्ने दृष्टिकोण पनि प्रमुख कारण रहेको तर्क गर्नुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्ले कलेज स्थापन गर्न नगरपालिकाको नेतृत्व निरन्तर लागिपरेकाले कलेज सञ्चालनमा सस्या आउला कि भन्ने प्रश्नलाई मनबाट हटाइदिन र सबै नगरबासीले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले विगत लामो समयदेखि तय भएको यात्रा पूरा हुँदै गर्दा सानातीना कुरामा अल्झिनु राम्रो नहुने तर्क गर्दै बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालन गर्न नगरपालिकाले आफ्ना सबै प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
बिसिएमटी हालसालै स्थापना भएको नाफारहित सामुदायिक कलेज भएकाले यस कलेजले आफ्नै घरदैलोमा पढ्न पाउँ भन्ने वर्षौंदेखि रहेको स्थानीय जनताको आकांक्षालाई पूरा गर्न यसै शैक्षिक वर्षमा तुरून्तै बीबीए र बिएससी सिएस आइटी कार्यक्रम सञ्चालन गर्न लागिरहेको काभ्रे बहुमुखी क्याम्पस सञ्चालनक समितिका अध्यक्ष लम्बोदर कायस्थले जानकारी दिनुभयो ।
बजारमा महंगो शुल्क तिरेर पढ्नु पर्ने विषयहरूलाई कलेजले न्युनतम शुल्कमा पढाउने संकल्प गरेको र बीसीएमटीले निर्धारण गरेको शुल्क धेरैको लागि आश्चर्यचकित बनाउने गरी न्युनतम राखिएको बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालक समितिले जनाएको छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *