काभ्रे । पर्यटकीय क्षेत्र धुलिखेल नगरपालिकाको फोहोर ब्यवस्थापन गर्न दक्षिण कोरियाली कम्पनीबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार यो प्रविधि भेरी नगरपालिकामा पनि लागु हुनेछ । दक्षिण कोरियाको भ्रमणमा रहनुभएका धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र भेरी नगरपालिका मेयर सि.पि घर्ती मगर तथा कोरियाको ग्लोबल कम्पनी बीच सम्झौता भएको हो ।
दुबै नगरपालिकामा कुहिने वस्तुबाट मल बनाउन कोरियाली प्राणाली स्थापना गरिनेछ । बढ्दो शहरीकरणसंगै धुलिखेल नगरपालिकाको उचित डम्पिङ साइट नहुँदा फोहोर ब्यवस्थापन निकै चुनौती बन्दै गइरहेको छ ।
सम्झौता कार्यान्वयनमा आएपछि कुहिने फोहोरलाई मल उत्पादन गरिने मेयर श्रेष्ठले जनाउनुभएको छ ।