फल्नै छाड्यो सुन्तला, उजाड भयो बगैंचा

मधुसुधन तिमल्सिना
सुन्तला बोटको टुप्पोबाट सुक्दै जाने रोगका कारण काभ्रेपलाञ्चोकका किसान व्यवसायीक खेतीबाट पलायन हुने क्रम बढेको छ । एउटै गाउँमा सुन्तला बिक्रीबाट १० करोड रुपियाँ भित्रिने गरेकोमा अहिले ५० लाख रुपियाँ पनि नआउने अवस्था आएको किसानहरुले बताएका छन । यतिखेर सुन्तलाले पहेँलपुर देखिने शंखुपार्टी चौर, शारदा बतासे, बल्थली, सुन्थान, खोपासी लगायतका क्षेत्रमा सुन्तलाको दाना देखिन मुस्किल हुन थालेको छ ।
धुलिखेल नगरपालिका–१२ का किसान राजेन्द्र लामिछाने घर मै खानका लागि समेत बजार गएर सुन्तला किन्नुपर्ने अवस्थामा पुगेको बताउनुहुन्छ । २०३८ सालबाट व्यवसायीक सुन्तला खेतीबाट जीविकोपार्जन गर्दै आएको बताउने लामिछानेले सुन्तलाको विरुवा किन म¥यो जानकारी पाउन नसकेको बताउनुभयो । उहाँका दुई सय सुन्तलाका बोट सुकेका छन । केही बर्ष अगाडि सम्म सुन्तला बिक्री गरेर बार्षिक तीन लाख सम्म आम्दानी गर्ने गथ्र्ये तर अहिले त खानलाई समेत बजार गएर किन्नुपर्ने अवस्थामा पुगेको छु । उहाँले घर खर्च चलाउन निकै सकस परेको बताउनुभयो ।
अर्काे किसान प्रधुम्न लामिछानेले भूकम्पपछि सुन्तलाको बोट सुक्दै गएको बताउनुभयो । बार्षिक दुई लाख रुपियाँ सम्म सुन्तलाबाटै कमाउने गरेको थिए तर अहिले सुन्तलाको बोट सुक्दै गएका छन । उहाँले दुई बर्ष देखी सुन्तलाको आम्दानी नलिएको बताउनुभयो ।
धुलिखेल नगरपालिका कृषि शाखाका अनुसार धुलिखेल नगरपालिका–१० शारदा बतासेमा दुई सय पाँच जना किसानले सुन्तलाको ब्यवसायीक खेति गरेका थिए भने वडा नम्वर १२ शंखुमा चार सय आठ जना किसानको सुन्तला बगैंचा रहेको थियो । उक्त दुई वडाबाट मात्र बार्षिक १० करोडको सुन्तला बिक्री हुने गरेको कृषि शाखाले जानकारी दिएको छ ।
धुलिखेल नगरपालिका कृषि शाखा प्रमुख मन्दिलकृष्ण श्रेष्ठले सुन्तला खेती गर्ने किसानको गुनासो आएपछि नगरले अनुसन्धान गरेको जानकारी दिनुभयो । उहाँ अनुसार सुन्तलाका विरुवाहरु सुक्दै जानुमा खाद्य तत्व कम भएको निष्कर्ष अनुसन्धानले निकालेको थियो । किसानहरुले सुन्तला बगैंचा भित्र ट्याक्टर लगाउने, अन्य बाली लगाउने गर्दा त्यसको जरामा असर परेका कारण बोट सुक्दै गएको कृषि शाखाको भनाई छ । उहाँले सुन्तलाको एक वर्षको बोटलाई १० केजी प्राङ्गारिक मल, ८८ ग्राम युरिया मल, ५२ ग्राम डीएपी मल, ५८ ग्राम पोटास मल हरेक वर्षको दुई पटक आवश्यक पर्छ । सुन्तला बोटको उमेर अनुसार खाद्य तत्व फरक फरक हिसावले उपलब्ध गराउनु पर्ने भए पनि कृषकहरुले त्यसो नगरेका कारण सुन्तला बगैचा उजाड बन्दै गएको श्रेष्ठले बताउनु भयो ।
तर किसानले भने पटकपटक नगरलाई गुनासो गर्दा पनि सुनुवाई नगरेको बताएका छन । कृषि ज्ञान केन्द्रले जिल्लाका अन्य क्षेत्रमा पनि एकै खालको समस्या भएकाले सुन्तला बगैचा जोगाउने अभियान संचालन गर्न स्थाानीय किसानले माग गरेका छन ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *