काभ्रे । माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल काभ्रे जिल्लाको चौँथो जिल्ला अधिवेशनले रोजन तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । धुलिखेलमा सकिएको चौथो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
उक्त समितिको उपाध्यक्षमा नवराज अधिकारी र अञ्जली तामाङ, सचिबमा शिव पन्त, सहसचिबमा क्रान्ति लामा र प्रकाश दाहाल, कोषाध्यक्षमा इकमान लामा चयन हुनुभएको छ । सदस्यहरूमा जीवन घिसिङ, किरण कुमार पुलामी, प्रेम स्याङतान, लोक बहादुर लामा, गीता तिमल्सिना, क्षितिज नेपाली रहेका छन ।
अधिवेशनले प्रदेश प्रतिनिधिमा सन्तोष दाहाल, रचना मोक्तान, धन बहादुर स्याङतान, भरत अधिकारी र गंगा दोङलाई चयन गरेको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बसन्त श्रेष्ठ, चुडामणि तिमल्सिना र कुमार गौतमलाई चयन गरेको छ ।