प्रेस युनियनमा नगेन्द्र सर्वसम्मत

काभ्रे । नेपाल प्रेस युनियन काभ्रेको जिल्ला अधिबेशन सम्पन्न भएको छ । विगत लामो समयदेखि रोकिएको प्रेस युनियन काभ्रेको अधिवेशन असार १५ गते एक कार्यक्रमबीच सम्पन्न भएको हो ।
अधिवेशनमा प्रेस युनियन काभ्रेको अध्यक्षमा नगेन्द्र अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा देवराज के.सी., महिला उपाध्यक्षमा सम्झाना हुमागाईं, सचिवमा शुभराज अधिकारी, सहसचिवमा सचित खड्का र इन्द्रबहादुर थापा (समावेशी) र कोषाध्यक्षमा सरोज अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राजन दाहाल, पुजन धिताल, पुरुषोत्तम ढकाल, रोशन पौडेल, रवी धिताल, विपशना शाक्य, शोभा हुमागार्इं (महिला), ज्योति श्रेष्ठ (जनजाति), रामचन्द्र रम्तेल (दलित)र रामचन्द्र अधिकारी (अल्पसंख्यक) चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, विशिष्ट अतिथी नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, युनियनका केन्द्रीय सदस्य राजाराम कार्की, नेपाली कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईं, सचिबद्वय गुणराज मुक्तान र माधव ढकाल लगायतका नेताहरूले नवनियुक्त पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा प्रेस युनियन काभ्रेका पूर्वसचिव मधुसूदन तिमल्सिनालाई बेथानचोक गाउँपालिका वडा न १ को वडाअध्यक्ष साथै पालिकाको प्रवक्ता हुनुभएकोमा बधाई तथा शुभकामना साथ सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नवनियुक्त अध्यक्ष नगेन्द्र अधिकारिले आफ्नो कार्यकाल विगतको जस्तो सुक्ष्म ढङ्गले नहिड्ने र सबैलाई समेटेर अगाडी बढ्ने बताएका छन् । विगतमा गल्ती कमजोरी भएको स्विकार्दै आगामी दिनमा त्यस्तो कमिकमजोरी नहुने प्रतिबद्धता पनि जनाएका छन् ।
त्यस्तै प्रेस युनियन काभ्रेले प्रदेश प्रतिनिधि र केन्द्रिय प्रतिनिधि पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिमा नवराज सापकोटा, सरोज सापकोटा, राजेन्द्र तिमल्सिना, सुमन गिरि, सन्तोष तिमल्सिना, अशोक महत, कृष्ण न्यौपाने, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, पुरुषोत्तम ढकाल, दिलिप आचार्य, दिपक चौलागाईं, हिराकाजी लामा, दुर्गा घलान, जानुका खनाल र सनम सुवाल रहेका छन् ।
युनियनले केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । जसमा भोला थापा , महेश पौडेल, नारायण सापकोटा, बद्रीराज तिमल्सिना, भीम गौतम, कपिल कोइराला, प्रदीप केसी, रघुनाथ हुमागार्इं, शिव दाहाल, सूर्य लाकोजु, ज्ञानमणि नेपाल कालोटोपी, शिखर चिमोरिया, शंखर अधिकारी, इन्द्रलक्ष्मी घिमिरे र कविता शर्मा रहेका छन् ।
कार्यक्रमको सभापतित्व कपिल कोइरालाले गरेका थिए भने प्रेस युनियनसँग आबद्ध रहेका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *