काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला प्रशासन कार्यालय काभ्रे, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, नमोबुद्ध नगरपालिका, उद्योग बाणिज्य संघ काभ्रे, कर्मचारी मिलान केन्द्र, पत्राकार, लगायत बिभिन्न संघ संस्थाहरुबाट बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
गत आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यालय प्रमुखको जिम्मेवारीमा हाजिर भई अनवरत रुपमा आफ्नो कार्यकाल सफलतापुर्वक निर्वाह गरी काभ्रेली जनता र काभ्रे प्रहरीको मन–मष्तिस्कमा आफ्नो कुशल नेतृत्व र अभिभावकत्वको गहिरो छाप राख्न सफल भई विभागिय नीति अनुसार प्रहरी प्रधान कार्यालय जगेडापुल नक्साल सरुवा भई गएका प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई बिदाई गरिएको छ ।
त्यस्तै काठमाण्डौ उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरबाट जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भई यस कार्यालयका कार्यालय प्रमुखको रुपमा हाजिर हुनु भएका प्रहरी उपरीक्षक चक्रराज जोशी सोही दिन हाजिर हुनुभएकोले स्वागत गरिएको थियो ।
नेपाल पत्राकार महासंघ काभ्रे लगायत स्थानिय पत्राकार प्रहरी कर्मचारीहरुको उपस्थितिमा एक विषेश कार्यक्रमको बिच उक्त बिदाई तथा फेरी भेटौंला कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा कार्यालयबाट बिदाई भई जानु भएका प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले काभ्रे जिल्लाबासी, नागरिक समाज, पत्राकार साथीहरु र समग्र काभ्रे प्रहरीलाई प्रहरीप्रतिको विश्वास र अपनत्वका लागि सदैब कृतज्ञ रहने भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।