प्रदेश तीनमा थपिए तीन लाख ८३ हजार मतदाता

काभ्रेमा मात्र ३५ हजार मतदाता थप

धुलिखेल ÷ निर्वाचन आयोगले साउन १ देखी भदौ ३ सम्म संचालन गरेको मतदाता संकलनमा प्रदेश न ३ मा तीन लाख ८३ हजार ४५३ मतदाता थपिएका छन । १३ जिल्लामा २७ लाख ७७ हजार ५१३ मतदाता रहेकोमा तीन लाख ८३ हजार ४५३ थपिदा ३१ लाख ६० हजार ९६६ मतदाता पुगेको छ ।

साउन १ देखी १५ जिल्ला निर्वाचन कार्यालय मार्फत र साउन १६ देखी भदौ ३ सम्म प्रदेश न ३ का एक सय १९ स्थानीय तहबाट मतदाता नामवली संकलन गरिएको थियो । काठमाडौ, ललितपुर, भतmपुर, काभे्रपलाञ्चोक, सिन्धुपालञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, चितवन, मकानपुर, धादिङ, रसुवा र नुवाकोट जिल्लाका सदरमुकाम सहित एक सय ६ स्थानीय तहमा मतदाता संकलन गरिएको थियो । राजधानी काठमाडौमा सबै भन्दा बढी मतदाताले फोटो सहितको मतदातामा नाम लेखाएका छन । जिल्ला निर्वाचन कार्यालय काठमाडौका प्रमुख चन्द्रप्रसाद गौतमले काठमाडौ महानगरसहित अन्य १० स्थानीय तहमा एक लाख १३ हजार मतदाता थपिएको जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा काठमाडौमा पाँच लाख ६० हजार मतदाता रहेका थिए ।

रसुवा जिल्लामा सबैभन्दा कम मतदाताले नाम लेखाएका छन । जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकृतले चार हजार ४३८ मतदाता थपिएको बताए । ५ स्थानीय तहबाट संकलन भएको मतदाता नामावलीमा दुई हजार ४६ पुरुष र एक हजार ९६६ महिला रहेका छन । स्थानीय तहमा २८ हजार ९६६ मतदाता रहेका थिए । ललितपुर जिल्लामा २८ हजार २ सय २२ मतदाता थएिको जिल्ला निर्वाचन अधिकृत सीता साम्वाले जानकारी दिइन । ललितपुर महानगरसहित जिल्लाका ५ स्थानीय तहबाट मतदाता संकलन गरिएको थियो । साम्वाका अनुसार १४ हजार ५१६ पुरुष र १३ हजार ७०६ महिला रहेका छन । स्थानीय तहको निर्वाचनमा दुई लाख १३ हजार ७३ मतदाता रहेका थिए ।

४ स्थानीय तह रहेको भतmपुर जिल्लामा ३६ हजार ८७५ मतदाता थपिएको निर्वाचन अधिकृत उमेश कुमार राईले जानकारी दिए । एक लाख ६१ हजार ५२९ मतदाताले स्थानीय निर्वाचन नाम लेखाएका थिए । चितवन जिल्लामा ४३ हजार ६०८ मतदाताको नाम समावेश भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । भरतपुर महानगर सहित ६ स्थानीय तहबाट मतदाता संकलन गरिएको थियो । चितवनमा तीन लाख १३ हजार तीन मतदाता रहेका थिए ।

काभे्रपलाञ्चोक जिल्लामा ३५ हजार ५६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत मधुकरप्रसाद खनालले जानकारी दिए । १३ स्थानीय तहबाट नामावली संकलन गरिएको काभे्रमा १७ हजार ९०७ पुरुष र १७ हजार १४९ महिला मतदाता थपिएका छन । स्थानीय निर्वाचनमा दुई लाख ३७ हजार ८४९ मतदाताले नाम लेखाएका थिए । सिन्धुली जिल्लामा १२ हजार ८३९ मतदाता थपिएको निर्वाचन अधिकृत रमेशकुमार जोशीले जानकारी दिए । त्रुटी सच्याउने ६१ र ३९९ वटा ठाउँ सार्ने निवेदन आएको छ, निर्वाचन अधिकृत जोशीले भने, ६ हजार ४५२ पुरुष र ६ हजार ३८७ महिलाले नाम लेखाएका छन । ९ स्थानीय तह रहेको सिन्धुलीमा एक लाख ६८ हजार २४७ मतदाता रहेका थिए ।

दोलखा जिल्लामा सात हजार ८५३ मतदाता थपिएका छन । जिल्ला निर्वाचन अधिकृत सच्यूतराज उपे्रतीका अनुसार जिल्लाका सदरमुकाम सहित ९ स्थानीय तहमा भएको नामावली संकलनमा पुरुष चार हजार ५६६ र महिला तीन हजार २८७ रहेका छन । एक लाख ३३ हजार ४८४ मतदाता स्थानीय निर्वाचनमा रहेका थिए । मकानपुर जिल्लामा २७ हजार ५५२ ले मतदाता नामवली संकलनमा नाम लेखाएका छन । महिलाले बढी मतदातामा नामावली लेखाएको जिल्ला निर्वाचन अधिकृत गोविन्द्रप्रसाद पौडेलले बताए । पौडेलका अनुसार १३ हजार ९ सय ४६ महिला र १३ हजार ५०६ पुरुष रहेका छन । मकानपुर जिल्लामा दुई लाख ३२ हजार पाँच सय मतदाता रहेका थिए ।

सिन्धुपालञ्चोक जिल्लामा १९ हजार ३२७ मतदाता थपिएका छन । १२ स्थानीय तह रहेको यस जिल्लामा एक लाख ९९ हजार ५५२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले जानकारी दिए । १२ स्थानीय तह रहेको नुवाकोट निर्वाचन कार्यालयमा १९ हजार ४३१ मतदाता थपिएका छन । निर्वाचन अधिकृत जनार्दन अधिकारीका अनुसार जिल्लामा १० हजार ४९० पुरुष र ८ हजार ९४१ रहेका छन । जिल्लामा एक लाख ८९ हजार २३८ स्थानीय तहमा मतदाता रहेका थिए । धादिङ जिल्लामा २६ हजार २६७ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत इश्वर सिमखडाले जानकारी दिए । १३ हजार ५५९ पुरुष र १२ हजार ७०८ महिलाको नाम समवेश गरिएको धादिङमा २ लाख ६ हजार १० मतदाता रहेका थिए ।

उपत्यका तीन जिल्लामा बाहिरी जिल्लाका मतदाता बढी

काठमाडौ, भतmपुर र ललितपुर जिल्लामा बाहिरी जिल्लाका मतदाताले बढी नाम संकलन भएको छ । बाहिरी जिल्लाबाट उपत्यकामा काम गरेर बसेकाले उपत्यका लगायत अन्य जिल्लाबाट मतदाता नामावलीमा नाम लेखाएका छन ।

काठमाडौ निर्वाचन कार्यालयमा एक लाख १३ हजार मतदाताको फोटो सहितको नामवली संकलन गरिएको छ तर ६७ हजार मतदाता भने बाहिरी जिल्लाको रहेको निर्वाचन अधिकृत चन्द्रप्रसाद गौतमले जानकारी दिए । ‘काठमाडौ जिल्लाको भन्दा बढी मतदाता अन्य बाहिरी जिल्लाका बढी छन, अहिले नै कति थपिए भन्नेर भन्ने अवस्था छैन, हामी रुजु गर्नेमा नै व्यस्थ छौ ।’ गौतमले भने ।

त्यस्तै भतmपुर जिल्लामा पनि १४ हजार ३१३ मतदाता बाहिरी जिल्लाको रहेको निर्वाचन अधिकृत उमेश कुमार राईले बताए । ललितपुर जिल्लामा ९ हजार ७११ मतदाता बाहिरी जिल्लाको रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चितवनमा एक हजार २१३ र अन्य जिल्लाहरुमा एक सय देखी ५ सय सम्म बाहिरी जिल्लाका मतदाता रहेको निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन ।

 

 

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *