प्रत्यक्षतर्फ धेरै मत ल्याएर जित्ने १० नेताहरु

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ । स्याङ्जा क्षेत्र नं. २, दोलखा र बाजुराको भने विभिन्न कारणले मतपरिणाम आइसकेको छैन । यस निर्वाचनमा विभिन्न क्षेत्रका पेशाकर्मी, उद्यमी, पत्रकार लगायत थुप्रै युवावर्गले उम्मेदवारी दिएका थिए । आफ्नो जीत सुनिश्चित छ भन्ने ठूलो आत्मविश्वाशका साथ चुनावमा होमिएका नेताहरुले पनि पराजय बेहोर्नु प¥यो भने नयाँ अनुहारलाई जनताले समर्थन गरेको पाइयो । यसपटक हामीले यो निर्वाचनमा सबैभन्दा बढी मतले विजयी हुने १० उम्मेदवारहरुको रिपोर्ट तयार गरेका छौं । 

१. केपी शर्मा ओली


झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५२ हजार ३ सय १९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारिले २३ हजार ७ सय ४३ ल्याएर पराजित हुनुभयो ।
२. रवि लामिछाने


चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर बिजयी हुनुभयो । राजनीतिमा प्रवेश गर्नुअघि उहाँ चर्चित टेलिभिजन प्रस्तोता हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याउनुभएको थियो ।
३. सुनिलकुमार शर्मा
मोरङ क्षेत्र नं. ३ नेपाली कांग्रेसका नेता सुनिलकुमार शर्मा ४८ हजार ६ सय ३१ मतसहित विजयी हुनुभएको छ । २०५४ मा कांग्रेसको सदस्यता प्राप्त गरी राजनीतिक यात्रा सुरू गरेर पार्टीको १३ औं महाधिवेशनदेखि महासमिति सदस्य चुनिँदै आएका शर्मा यस क्षेत्रमा २०७४ को निर्वाचन पनि उम्मेदवार हुनुहुन्थ्यो । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका भानुभक्त ढकालले २५ हजार ८९५ मत ल्याउनुभयो । शर्मा सिनामंगलस्थित केएमसी अस्पताल संचालक पनि हुनुहुन्छ ।
४. पूर्णबहादुर तामाङ
रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ४७ हजार ९९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँले निकटतम् प्रतिस्पर्धी एमालेका कैलाश ढुङ्गेललाई १६ हजार ३६९ मतान्तरले उछिन्दै विजयी हुनुभएको हो । पराजित ढुङ्गेलले ३० हजार ७३० मत प्राप्त गर्नुभएको थियो ।
५. गोकुलप्रसाद बाँस्कोटा


काभ्रे क्षेत्र नं. २ बाट नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा ४५ हजार ३ सय ४५ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार ४ सय ८२ मत ल्याउनुभयो । लामो समय पत्रकारिता क्षेत्रमा रहेर राजनीतिमा प्रवेश गर्नु भएको बाँस्कोटा ओली सरकारको पालामा सञ्चार र सूचना प्रविधि र शहरी विकास मन्त्रीसमेत हुनुहुन्थ्यो । उहाँ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित हुँदा ५४ हजार ५ सय २७ मत पाउनु भएको थियो ।
६. प्रेम सुवाल


भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय ६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गर्नुभयो । भक्तपुरमा २०४८ देखि यस क्षेत्रमा नेमकिपा निरन्तर विजयी भइरहेको छ । सुवाल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध भई २०३२ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले नेपाल मजदुर किसान पार्टीमा २०३९ सालमा प्रारम्भिक कमिटी सदस्य हुँदै २०४७ सालमा पार्टीगत राजनीति आरम्भ गर्नुभएको हो ।
७. टोपबहादुर रायमाझी


अर्घखाँचीबाट नेकपा एमालेका टोपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेस नेतृ पुष्पा भुसाललाई एक हजार ७ सय ३० मतले पछाडि पार्दै रायमाझी निर्वाचित हुनुभएको हो । उहाँले ४२ हजार ६ सय ७५ मत र भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट राजनीतिमा प्रवेश गर्नुभएका रायमाझी हाल नेकपा एमालेमा हुनुहुन्छ । उहाँ २०५४ सालमा माओवादीको पोलिटब्युरो सदस्य हुनुभएको थियो ।
८. पूर्णबहादुर खड्का
सुर्खेत १ बाट नेपाली कांग्रेसका पूर्णबहादुर खड्का ४२ हजार ६ सय ७ मत ल्याएर विजयी हुनुभएको छ । खड्काले निकटतम प्रतिस्पर्धी एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६ सय १९ मतान्तरले पराजित गर्नुभएको हो । उहाँ २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । यसबीच उहाँले सूचना तथा सञ्चारमन्त्री र गृहमन्त्रीको पटकपटक जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
९. वर्षमान पुन


रोल्पा १ नेकपा माओवादी केन्द्रका वर्षमान पुन ४१ हजार ७ सय १४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका पूर्ण बुढामगरलाई २५ हजार २ सय २९ मतले पछि पार्दै जीत हासिल गर्नुभएको हो । हाल माओवादी केन्द्रबाट राजनीति गरिरहनुभएका पुन २०६७ माघ २३ मा झलनाथ खनालको नेतृत्वमा गठन भएको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्री हुनुभएको थियो । बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो ।
१०. सूर्यबहादुर थापा
प्युठान १ बाट नेकपा एमालेका सूर्यबहादुर थापा ४१ हजार १ सय १८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिनिधि सभातर्फ सत्तागठबन्धनबाट जनमोर्चा नेपालका दुर्गा पौडेललाई हराउँदै उहाँ विजयी हुनुभएको हो । पराजित पौडेलले ३५ हजार ८ सय ४४ मत प्राप्त गर्नुभयो । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुनुहुन्छ । जनमोर्चाको विरासत तोडेर निर्वाचन जितेसँगै उहाँको चर्चा बढेको छ । उहाँ पत्रकारिताबाट राजनीतिमा आउनु भएको हो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *