पुर्वतयारी

– कालिका त्रिपाठी पन्त

कहिले घामको दबाब त कहिले मन्सुनको प्रभाव
मनलाग्दी शासन गर्छ धर्तिमा प्राकृतिक नबाब
कहिले चर्कन्छ कहिले थर्कन्छ कहिले बगाउँछ बाढिले
जेठ एकतिस पछि सचेत हुनुहोस् बर्षादले लगाउँदैछ रवाफ

हुरि बतास आउला आँधिले छाना उडाउला !!
दर्के पानी पर्ला बाढिले बगाएर प्राण चुडाउला
यो साल पानी तीस प्रतिशत भन्दा बढी पर्छ अरे
सुरक्षित ठाउँमा बसोबास गर्नुहोस् प्रकोपले मन कुँडाउला

अठार लाख प्रभावित हुन्छन् रे आपत बिपदमा पर्नुहोला
पुर्वतयारी गर्नुहोस् है नत्र खाडल भित्र झर्नुहोला
आफ्नो लागि आफै सोच्नुहोस परिवारलाई सुरक्षित राख्नुहोस्
सरकार त बिपद हेर्ने मात्रै हो तपाईं अकालमै मर्नुहोला

प्रकोप आउनुपुर्व बज्ने साइरनहरु जोड्नुहोस्
कमजोर संरचना भए बनाउनुहोस् आजै फोड्नुहोस्
धरातल पत्रे छ कि ढिक्के जाँचेर ढुक्क हुनुपर्छ
एकता कायम गर्नुहोस् बाधा र बन्धनहरु तोड्नुहोस्

हजार दुर्घटनाबाट भाग्नुपर्छ जोगिनुपर्छ प्राणी
भुकम्पमा हल्लिनुपर्छ चट्टानसँग ठोकिनुपर्छ प्राणी
प्राणी मध्येको बौद्धिक र सर्वश्रेस्ठ मान्छे नै हो
्बादल हेरेर धारणा बनाउनुहोस नत्र छताछुल्ल पोखिनु पर्छ ।।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *