पालिकामा माओवादीको सर्वसम्वत नेतृत्व चयन

काभ्रे । नेकपा (माओवादी केन्द्र) काभ्रेको ११ पालिकामा सर्वसम्वत नेतृत्व चयन भएको छ । काभ्रेपलाञ्चोकका १३ पालिका मध्ये दुई वटाको अझै नेतृत्व चयन हुन सकेको छैन । 
तेमाल गाउँपालिकामा लालध्वज लामा तामाङ (समीर) को नेतृत्वमा ५५ सदस्यीय कमिटी चयन हुनुभएको छ । चौँरीदेउराली गाउँपालिकामा तेज पन्तको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कमिटी सर्वसम्वत चयन भएको माओवादी केन्द्र काभ्रेले जनाएको छ । त्यस्तै महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाका अध्यक्षतामा ५५ सदस्यीय, भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेलको अध्यक्षतामा ५० सदस्यीय,  खानीखोला गाउँपालिकामा अविरल जिम्बाको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी सर्वसम्वत चयन हुनुभएको छ । 
रोसी गाउँपालिकामा डिल्लीप्रसाद रेग्मीको अध्यक्षतामा ५५ सदस्यीय, बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा ५० सदस्यीय मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट (दीप) को अध्यक्षतामा ६५ सदस्यीय, पाँचखाल नगरपालिका कमिटीमा चेतप्रसाद गौतम (मणि)को अध्यक्षतामा ६१ सदस्यीय र नमोबुद्ध नगरपालिका मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी पनि चयन गरिएको छ । त्यस्तै बनेपा नगरपालिकामा सुरेश श्रेष्ठको अध्यक्षतामा सर्वसम्वत नेतृत्व चयन भएको छ । 
जिल्लाको पनौती नगरपालिका र धुलिखेल नगरपालिकामा आंकाक्षी धेरै भएपछि अझै नेतृत्व चयन हुन सकेको छैन ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *