डाँडापारी । सुवास स्मृति प्रतिष्ठानले डाँडापारीका दुई पालिकाहरुमा निर्वाचित पदाधिकारीहरुलाई एक समारोहका बिच सम्मान गरेको छ ।
स्थानीय निर्वाचनमा लोकप्रिय जनमतका साथ निर्वाचित हुने अध्यक्ष, उपाध्यक्ष र सम्पूर्ण वडाहरुबाट निर्वाचित व्यक्तित्वहरुलाई सम्मान गरी सह–अस्तित्व, समन्वय, सहकार्य मार्फत् नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले परिकल्पना गरे अनुसार पारदर्शी ढंगले जनअपेक्षा अनुरुपको गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गरी जनताको निकट स्थानीय सरकारको हैसियतले विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न पूर्ण सफलता मिलोस् भन्ने कामना सहित सम्मान गरिएको अध्यक्ष चन्द्रबहादुर खड्काले बताउनुभयो । पालिका अध्यक्षद्वय खानीखोला पालिकाका इन्द्रबहादुर थिङ र महाभारत पालिकाका कान्छालाल जिम्बा लगायत निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा संस्थाका पदाधिकारीहरु प्रदीप केसी, पुण्यवती घले, पूर्णबहादुर कार्की, कुमाले मिजार, विजयराम कर्माचार्य र राजन थापाको उपस्थिति रहेको छ ।