पात्लेखेतमा श्रीमद्भागवत महापुराण

पात्लेखेत । काभ्रेपलाञ्चोक स्थित धुलिखेल वडा नं ११ को पात्लेखेतमा हनुमान मन्दिर निर्माण सहयोगार्थ श्रीमाद्भागवत महापुराण सप्ताह २०८० सुरु भएको छ ।
श्रीमद्भागवत महापुराण सप्ताह हनुमानस्थान प्राङ्गणमा भइरहेको हो । विगत ४०० वर्षदेखि पूजा आरधना हुँदै आएको हनुमान मन्दिर परिसरमा श्री हनुमान मन्दिर संरक्षण, निर्माण समितिको आयोजनामा महापुराण सप्ताह भएको हो ।
सप्ताहमा श्रीमद्वाल्मिकी रामायण कथावाचन, विभिन्न झाँकी प्रदर्शनी तथा संगीतमय श्रीमद्महापुराण भएको आयोजक समितिले जनाएको छ । फागुन ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने महापुराणमा पण्डित विनोद सापकोटा र पण्डित मनिषशरण खनालले कथावाचन गर्ने कार्यक्रम छ ।
सप्ताहको कलशयात्रा बिहीबार भयो भने हरेक दिन बिहान ७ः३० बजेदेखि हवन तथा पाठ पारायण हुने आयोजक टिमले बताएको छ । त्यस्तै सप्ताहबाट सङ्कलन भएको रकमबाट हनुमान मन्दिर पुनः निर्माण गरिने योजना रहेको आयोजक समितिले जनाएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *