
– शम्भु प्रसाद न्यौपाने
बनेपा–६, काभ्रेपलाञ्चोक
अञ्जुलीमा अमृत थियो बाँडिदियौ सित्तैमा
रित्तो भयो समुन्द्र झन् ढिलाभो मोति टिप्नमा
आक्रोस ब्यक्त नगर्नुपर्थ्यो जनता नझुक्किदै
पुजा सामाग्री हालुन गृहलक्ष्मी मुख्यकाममा
ढुकुटि तालसाचोमा चोर चण्डाल उदारको
चौरासी चाणक्य चम्चा बेल्चा बथान हुदैनत्यो
बिर्ता नसम्झ सत्ताको मोहजाल निष्ठा प्रचारमा
भिड भो भ्रष्ट आचरण बीरगति चँ अर्थ तन्त्रको
बिजुली मिलिजुली गित गाउन झर्ना संगितभरी
आदर्श नआत्तिदै अन्याय आरोप प्रत्यारोप गरी
सबैको थोक पाईन्छ पाईन्न गुमेको मान इमानको
कानुनले काम गर्दैछ भत्कियुन पर्खाल समिक्षागरी
रोक रोक रोदनमा छेप्यास्त्र अस्त्र बिमोचन सज्जन
निर्मम यातना थप्छ महगीमा चपेटा झुन्ड समायोजन
द्वार घच्घच्याउदै कानुनले मोहियानी हक दिलाउछ
अर्थ अभाव जो खट्किन्छ छट्किन्छन तव महाजन
सापटि पौच पौरख माग्दै छ कुर्सीले पथ पदार्पण
अग्रगामी छलाङ भन्थे बिद्यार्थी लोकमार्ग समर्पण
आयोग उद्योग आदर्श नवीन बाक्य बण्डा हुदै गए
काण्ड कौमुदी पढ्न बनारस ऋषिकेश नहुन बन्धन ।