काभ्रे । पाँचखाल नगरपालिकाबाट नेपाली कांग्रेसका महेश खरेलले १२ हजार ८ सय ३६ मत ल्याई विजयी भएका छन् भने एमालेका कञ्चन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गरेका थिए । त्यस्तै उपप्रमुखमा एमालेबाट सूर्यमाया दनुवार ९ हजार ५ सय ३४ मत ल्याई विजयी भएका थिए भने नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतमले ९ हजार १० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा अध्यक्ष वडा नं. १ मा नेकपा माओवादी केन्द्रबाट जयबहादुर तामाङले ५ सय ९४, वडा नं. २ मा नेपाली कांग्रेसबाट रामेश्वर दाहाल ९ सय ६४, वडा नं. ३ मा नेपाली कांग्रेसबाट सुन्दर अधिकारी ८ सय ५, वडा नं. ४ मा नेपाली कांग्रेसबाट सुन्दर तामाङ ९ सय १०, वडा नं. ५ मा एमालेका सिताराम ढुंगाना ६ सय १४, वडा नं. ६ मा नेकपा एकीकृत समाजवादीका रामशरण दुलाल १ हजार ३ सय ८२, वडा नं. ७ मा नेपाली कांग्रेसका रामकृष्ण दंगाल ६ सय ९६, वडा नं. ८ मा नेपाली कांग्रेसका सञ्जय तामाङ १ हजार १ सय ५८, वडा नं. ९ मा नेकपा एमालेका रामकाजी श्रेष्ठ १ हजार ११, वडा नं. १० मा नेकपा एमालेका नारायण प्रसाद सापकोटा ६ सय ५५, वडा नं. ११ मा नेपाली कांग्रेस हिराकाजी तामाङ ९ सय १६, वडा नं. १२ मा नेपाली कांग्रेसका ज्ञानबहादुर दनुवार १ हजार १ सय ७७ र वडा नं. १३ मा नेपाली कांग्रेसका सुकविर तामाङले ७ सय ४ मत ल्याई विजयी हुनुभएको छ ।