पलाती र मकरमेलाः इन्द्रले पाएको मोक्ष पनौतीले कहिले पाउने ?

विश्व उलक (इतिहासविद्)

लेखको शिर्षक पलाती, नेपाल भाषामा पला=पाईला र ती=राख, पूर्ण अनुबाद “पाईला राख” । मल्ल कालमा काठमाण्डौ तथा रोसी उपत्यकाका मानिसहरुमा पुण्यभूमीमा पाईला टेके मोक्ष प्राप्त हुने बिश्वास अनुसार याहाँ पाईला राख्न आग्रह गर्न हेतु तत्कालिन मल्लराजाले स्थानको नाम नै “पलाती” राखेको किंबदन्तीछ । ४० भन्दा बढी हिन्दु तथा बौद्ध मन्दिरहरु र २८ भन्दा बदी ठूला चाड पर्वले सुसज्जित एक महत्वपूर्ण तिर्थस्थल पनौती लाई परापूर्वकालमा पञ्चवा, पाञ्चाल, पनवती, पनाती, पुन्तुरी, पलाती आदी नामले पुकरिन्थ्यो । आध्यात्मीक तथा धार्मीक दृष्टीमा पनौतीकोत्रिवेणी घाटलाई उत्तर प्रयागको रुपमा प्रत्यक बाह्र बर्षमा माघ एक महिना मकरमेला मनाउँदछन् ।
पनौती एक पौराणीक स्थान हो भत्रे कुरा चार युगका घटनाक्रमहरुले देखाउछ । पनौतीको ईतिहासलाई युगमा बिभाजन गरी हेर्दा पलाती र मकरमेलाका केही घटनाक्रमहरु यसप्रकार छन् ।
सत्य युग – समुन्द्र मन्थनमा कालकुट विषबाट छटपटीएर कैलाश फिर्ती सवार देवादी देव माहादेव संग फर्किएका मन्दराचल पर्वतका नेती बासुकी नाग कुञ्ज पर्वत (फुलचोकी) बाट राजा दिर्घरथको अनुनय बिनयमा भगवती माईको आग्रहमा पार्वतीको सहायताले पनौती समृद्धिको लागी बहनु भएका लिलावती (लक्ष्मी) र स्वर्गका अप्सराहरुका उपवासबाट प्रसत्र हुनुभई मनमाया पर्वत (तपोवन) अर्थात रत्नागिरी पर्वत हालको नगरकोटबाट बहेर आउनु भएका पुण्यमाता (नाण्यावती र पुण्यावती) को संगममा राज हुनु भयो । दैवलाई पनि शत्रु लाग्छ भने भैmं बासुकी नागलाई पनि गरुडले आक्रमण ग¥्यो । बासुकीनाग कहिले पुण्यमाता खोला माथील्लो भाग तर्पm भाग्ने तथा कहिले रोसी (लिलावती) खोला माथि तिर दौदिन थाल्यो । नाग पानी भित्र डौडन थाले संगै खोलाको ढुंगा पनि नागसंगै फर्कन थाल्यो । गरुडलाई नाग कता भागेको छ भत्रे पत्ता लगाउन गाह्रो भएन । यो कुरा थाहा पाएर बासुकी नागले आफ्नो बासस्थानबाट रोसी खोलै खोला माथी लाग्नु भयो । खोलाको ढुंगाहरु माथी तिर खोला आए तर्पैm फर्किए । गरुडले नदेखेको मौका छोपी हालको काथं गणेश नजिक बासुकीले मनुष्यको रुप धारण गरी जमिनमा हिडडै आफ्नो बासस्थान दोभानमा नागरुप धारण गरि पसे । उनि फेरी पुण्यमाता खोला माथीतिर बहन थाले खोलाको ढुंगाहरु माथी तिर खोला आए तर्पैm फर्किए । गरुडले नदेखेको मौका छोपी सतिवन काटेपछि हालको ठाडो बाटो नजिक बासुकीले मनुष्यको रुप धारण गरी जमिनमा हिँड्दै आफ्नो बासस्थान दोभानमा नागरुप धारण गरि पसे । खोलाको ढुंगा उल्टो फर्किएपछी गरुडलाई बासुकी नाग बसेको स्थान पत्ता लगाउन नसकेपछी थाकेर फर्किए भने नाग सुरक्षित साथ उक्त स्थानमा बसे ।


त्रेतायुग – ज्ञान प्राप्तिकोलागी लिलावती र पुण्यमाताको दोभानमा तपस्या गरि बसेका गौतम ऋषी पत्नि अहिल्याको रुपमा लोभिएका स्वर्गका राजा ईन्द्रले छलगरी ब्यभिचार गरे । त्यो दृष्य देखेका ऋषीको श्रापले अहिल्या रातो ढुंगामा परिणत भए जुन अहिले ईन्द्रेश्वर मन्दिरको उत्तर–पूर्वमा रहेकोछ । ऋषीका श्रापबाट शरिरभरी योनी बनेर कुरुप भएका राजा ईन्द्र लाज र पश्चातापले छटपटाउन थाले । यत्तिकैमा स्वर्गबाट आकाशवाणीले पाप मोचनको लागी लिलावती र पुण्यामाता दोभान छेउ निगालो गाडेर टुसा नआए सम्म माहादेवको आराधना गर्न सुझाए । राजा ईन्द्र पाप मोचन गर्न नदीको दोभानमा तपस्या गरि बसे । धेरै बर्ष सम्मन पनि आफ्नो पति नफर्किएपछीे खोजीमा पनौती पुगेका रानी साँची (ईन्द्रायणी) ले राजाको दुर्दशा देखे । पतिको याचना र आग्रहलाई स्विकार्दै रानी साँची पनि राजाको पाप मोचनको लागी देवादि देव महादेवको कठोर तपस्यामा समाहित भए । सुर्यनारायण कुम्भबाट मकर राशीमा प्रवेस गरेको मकर संक्रान्तिको दिन साँचीको तपस्याबाट खुसी भएका पार्वतीले श्रीमाहादेवसंग उक्त पाप मोचनको लागी कृपा गर्न अनुरोध गर्दा श्रीमाहादेवले रुद्ररुप धारणा गरी तेश्रो आँखा खोली सुमेरु पर्वत (गोरखनाथ÷दलिनचोक डाँडा) को गर्भबाट दुग्धजल प्रभाव गरिदिनु भयो । भगवान श्रीरुद्रको तेश्रो आँखाको तेजबाट उत्पत्र भएको उक्त बहावलाई रुद्रावती नामले पुकारियो । लिलावती र पुण्यावतीको संंगममा रुद्रावतीको सेतो बहाव मिसिएर त्रिवेणी बन्यो र संगम सेताम्मे बन्यो । सुमेरु पर्वतको गर्भ बाट आएको सेतो जलधारा कुञ्ज पर्वत बाट आएको रोसी (लिलावती–लक्ष्मी) र रत्नागिरी (तपोवन) बाट आएको पुण्यावती (पार्वती) नदीको संगममा मिलान भएपछि राजा ईन्द्रमा अलौकिकता प्राप्त भयो साथै गाडिएको निगालोमा तुषा पलायो । आकाशवाणी भए बमोजिम राजा ईन्द्रले उक्त त्रिवेणीमा डुबुल्कीमारी पाप मोचन गरेर रानी साँची सहित स्वर्गमा फिर्ताभए । सुमेरु पर्वतबाट जल (दुध) प्रवाह निरन्तरह््यो । राजा ईन्द्रको पाप मोचन खवरले वरपरका मानिसहरु आ–आफ्नो पाप तथा रोगहरु पखाल्न त्रिवेणीमा आएर नुहाए । यो खवर टाढा टाढा सम्म पैmलियो, धैरै मानिसहरु आउन थाले । सुमेरु पर्वतबाट माघ महिनाभर सेतो जलधारा आएर मसान्तमा बन्द भयो र केही जलको मात्रा मात्र प्रभाव निरन्तरता रह््यो । रुद्रावतीको सेतो जलधाराको अन्त्य भएपछि त्रिवेणीले प्राप्त गरेकोपाप मोचन र रोग निदानको शक्तिमा ह्रास भयो । फेरी बाह्र बर्षपछि सोही तिथीमा सुर्यनारायण कुम्भबाट मकर रासीमा प्रवेस गरेको, मकर संक्रान्तिको दिन सुमेरु पर्वतबाट दुध प्रवाह भयो र त्रिवेणीको अलौकिक शक्ति महिना भर कायम रह््यो । त्यसबेला पनि मानिसहरुले त्रिवेणीमा डुबुल्की मारेर स्नान गरि आफ्ना शरिरका रोगहरु र शरिरजन्य कर्मबाट सिर्जित पापहरु मोचन गरे । प्रत्येक १२ बर्षमा रुद्रावतीबाट दुध प्रवाह केही पटक मात्र रह््यो र मानिसहरुले यसको फाईदा उठाए । पछि आएर सोही तिथीमा रुद्रावतीको जलधाराको मात्रा (आयतन) मा अरुबेला भन्दा बृद्धि भएको देखिन्छ र मासिहरु यस जुनिमा भएका पाप कर्मबाट मोक्ष प्राप्त हुने बिश्वासमा मकर मेलामा त्रिवेणीमा स्नान गर्ने संस्कृती स्थापना भएको छ । मल्लकालमा रुद्रावती संरक्षणार्थ बिना जगमा पैगोडा शैलिको तिन तल्ले ब्रम्हायणीको मन्दिर बनाई जलमार्गको संरक्षण गरिएकोछ । आराध्य देबी ब्रम्हायणी माताको शिलासंगैको दुईवटा खाल्टोमा रुद्रवतीको प्रवाहलाई कहिलेकाही देख्न सकिन्छ । बाह्रबर्षेमकर मासमा उक्त जल प्रवाह बढने जन बिश्वास रहि आएको छ ।
त्रेता युगमा पवित्र भुमी (पनौती) मा एक माहामानव राजकुमारको रुपमा जन्म भएका महासत्वले हिरण्यगिरी गन्धमान पर्वतमा हिंस्रक जनावर बघिनी र उनका पाँच वटा डमरुहरु लाई आफ्नै शरिर उत्सर्ग गर्नुभई बोधिसत्व प्राप्त गरि नःम बुद्धको नामले प्रसिद्धि पाए ।
द्वापर युग – नागराज बासुकीले राज गरेको; गौतम ऋषीले तपस्या गरेका; स्वर्गका राजा ईन्द्रले लिलावती, पुण्यावती र रुद्रावती नदीहरुको संगम त्रिवेणीमा स्नान गरि मोक्ष प्राप्त गरेको पवित्र तिर्थस्थल उत्तम धाममा हरेक दिन स्नान गर्न द्वापर युगमा राजा बिराट आफ्नो निवास हालको खोपासी तल्लो बजार बाट ४० घोडे बग्गीमा सवार गर्ने किंबदन्ति रहेको छ ।
कलियुग – युगको पूर्वार्ध लिच्छवी कालमा राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त र ज्यापुश्री ललित संग कामारु कामाक्ष गएका बासुकी नाग, करुणामय मच्छिन्द्रनाथ ल्याएपछि पाटनका ज्यापुसंगै गएर शंखमुल धाटमा बस्न गएका र पनौतीको ज्याःपुहिँ (जात्रा) को चार दिन पहिले हुरी–पानी संग आउने र जात्रा सकेपछि त्यसरी नै फर्कने जनबिश्वास अहिले सम्म नै कायम छ । यसरी बासुकी नाग जात्रामा आउनुमा माहादेवले कालीको कामुकता लाई सन्तुष्टी दिन बासुकीको सहयोगले भैरब बनि काली लाई पूर्ण सन्तुष्टि दिएकोे किंवदन्ती ।
१२५५ जुन ७ तारीकको दिन काठमाण्डौ केन्द्र बनाई ७.८ रेक्टरको भूकम्पले काठमाण्डौ तथा रोसी उपत्यकामा ठूलो क्षती पुग्यो । तात्कालिन नेपालका राजा अभयदेब मल्लले काडमाण्डौ तथा रोसी उपत्यकाका भूकम्प पिडीतहरुको उद्धार गर्न रोसी उपत्यकामा साँगा, नाला, बनेपा, धुलिखेल, चौकोट, खडपु र पनौतीको बस्तीलाई बिस्तार गरे । राजा अभयदेवले बिस्तार गरेको पनौतीमा १३ रौं शताद्वीमा कर्णाटक बंसीय राजा हरिसिंहदेव संग आएका जय राम बरदान परिवारले ईन्द्रेश्वरको मन्दिर, मन्दिरको टुँडालमा काष्ठकलाबाट चारयुग (सत्य, त्रेता, द्वापर र कली) झल्कने कलाकृतीको निर्माण गरि स्वर्णिम युगको ईतिहासरचेका थिए ।
सोह्रौं शताब्द्वीतिर काठमाण्डौ उपत्यका, रोसी उपत्यका र यस आसपासका बस्तिशरुमा तन्त्र–मन्त्रको ब्यापक प्रचलनमा आयो । तत्कालिन शासकहरुले कृषी ब्याबसायको अतिरिक्त देव, देवीहरुको मूर्ती, मन्दिर, धारा, पाटी, पौवा, डवली, बाटो, खनिज पदार्थको उत्खनन् तथा प्रशोधन जस्ता सार्वजनिक सरोकार र सेवा क्षेत्रको बिकास भएको पाईन्छ । यसै क्रममा ईन्द्रेश्वर मन्दिर अगाडी पछाडी सात कलात्मक नारायणहरु १) सत्यनारायण, २) लक्ष्मीनारायण, ३) गौरीनारायण, ४) शेषनारायण, ५) सूर्यनारायण, ६) श्रीकृष्णनारायण, ७) तोलानारायणको मूर्तीहरु बने । ईन्द्रश्वर माहादेवको पश्चिम र तोलानारायणको अगाडी ऋतुहरुको स्मरण गराउने अष्टमात्रिका, पृथ्वी प्राणी जिउन संभव बनाउने सुर्यनारायण सो भन्दा अगाडी अवस्थित शिवलिंङ्ग जसलाई स्थानियहरु देवताका पनि देवता माहानारायण पनि भन्दछन् । त्रिवेणीमा हिन्दुहरुको उत्तमधाम बनाउन केदारनाथ, बद्रीनाथ, रणमुक्तेश्वर, पञ्चमुक्तेश्वर, राधा, कृष्ण, रुक्मणी, दुईतह जलाधार सहितको शिवलिंङ्ग, बासुकी नाग, ब्रम्हायणी, सितलामाई, बंसगोपाल, रामलक्ष्मण, संकटानारायण, मत्स्यनारायण, चारनारायण आदी देव देवीहरुका मूर्ती र मन्दिरहरु स्थापना भएकाछन् । भारत स्थित चारधाम जान नसक्ने÷नमिल्नेहरु यस त्रिवेणीधामलाई नै चारधाम तिर्थको रुपमा स्वीकार गरी सोही बराबरको आत्मिक एवम मानसिक सन्तोष र पूण्य मिलेको सुखानुभूती प्राप्त गर्दछन् ।
अभय मल्लले बस्ती बिस्तार क्रममा ७०० धुरी पु¥्याईको शहरलाई १७ रौं शताद्वीमा भूपतिन्द्र मल्लकी बहिनी पनौतीकी रानीको पालामा तान्त्रिक बिधी द्वारा यात्राको प्रकृतीअनुसार शहर भित्र–बाहिर गर्न बिभित्र स्थानमालाएकु, सि, कार्य आदी ध्वाका (द्वार) हरु बनाउनुको साथै सुरक्षार्थ शहर बाहिर अष्टमात्रिकाका मानेश्वरी, काथंगणेस र ईतावरी र अन्य पाँचलाई शहर भित्र स्थापना गरेका थिए । त्रिवेणीको महिमा र महत्व बुझेका रानीले शहरका तान्त्रिक र अन्यस्थानका तान्त्रिक आचाजुहरुसँग सल्लाह गर्दा त्रिवेणीको बिकासमा एक रातमा थप कार्य गर्नसके मानव जिवन मोक्षधाम बत्रसक्ने सुझाव प्राप्तभयो । उत्तमधानबनाउने प्रयास गर्दा एक रातमा सुझाएका त्रिवेणी घाटको सम्पूर्ण बिधी बिधान त पुरा गरे तर धाम बाट उत्तर तर्पmको हिम श्रृंखला दर्शन गर्नसक्ने ब्यबस्थाको लागी प्रयास गरिरहेको अवस्थामा कुखुराको भालेले बिहान भएको संकेत दिएकोले उक्तकार्य सफल भएन । तसर्थ धर्मालम्बीहरु बाह्रबर्षे मकरमेलामा त्रिवेणीको जल आफ्नो दायाँ हातको बुढी औला र नाडी बिचको खोबिल्डो वा दाहिने हातको हत्केलामा लिएर सुमेरु पर्वत (गोरखनाथ÷डलिनचोक डाँडा) को सिरानीमा पुगेर हिमाल पर्वत तिर फर्केर शिवको नाममा जल चढाई प्रयागतिर्थ यात्राको कार्यलाई पूर्णता दिने निरन्तरता कायम रहि आएको छ ।
नेपाल ईतिहासको स्वर्णिम युगको अनुभूती पलाती दे (पनौती शहर) ले पनि गरेको थियो भत्रे यहाँको बिद्यमान कला कौशल र ऐतिहासिक प्राकृतिक संरचनाले पुष्टि गर्दछ । अफसोच शाहकालमा केही कला कौशलहरु चोरीभए भने बहुदल र गणतन्त्रले बिकासको नाममा कला र कौशलतामा आधिकारीक तवरले मौलिकतामा आँच पु¥्याउनुको साथै नगर आम्दानीको लागी अलौकिक प्राकृतिक संम्पदा (उल्टो फर्केका ढुंगा तथा जग्गाहरु) बिक्री गरे । घाईते शहरलाई दश बर्षे हतियार द्वण्दले दन्त्यकथाको शहर बिमार बनाएको । छ बर्ष पहिले गएको भुईचालो र दुई बर्ष देखीको माहामारीले गर्दा बढदो आध्यात्मिकता बाटआउँदो मकरमेलाले ईन्द्रलाई उद्धार गरे जस्तै सुषुप्त पलाती शहरले पनि जिवन्तता पाउने आशा राख्न सकिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *