पलाःती एक पर्यटकीय गन्तब्य

  • विश्व उलक

परिचय

बि.सं.२०४६ को राजनिती परिवर्तन पश्चात २०५३ मा नगरपालिकामा पुनर्गठित पनौती गा.बि.स.मा खोपासी, सुन्थान गा.वि.स.आदी जोडेर बनाईएकोमा अर्को २०६३ को राजनितीक परिवर्तन पछाडी बि.सं. २०७३ को पुःन संरचित नगरपालिकामा कुशादेवी, र्याले बिहावर, कलाती भुमिडाँडा, बल्थली आदी जोडियो । १२ वडामा बिभाजित यो नगरपालिकाको भूधरातल लडकेश्वर गल्ली करिव १६०० मिटर देखी फुलचोकीको टुप्पा करिव २८०० मिटरसम्म रहेको छ ।

नेपालको राजधानी काठमाडौंबाट ३२ किलो मिटरको दुरीले जोडिएको पनौती सहर बागमती प्रदेशको पनौती नगरपालिका भित्र पर्दछ । रोसी उपत्यका भित्र रहेको तिन नगरपालिकाहरु मध्ये क्षेत्रफलको आधारमा ठूलो नगरपालिका हो ।

पृष्टभूमी

रोसी उपत्यका अवस्थित लिलावती (लक्ष्मी) र पुण्यमाता तथा स–साना खोला र खोल्साहरु सहित अन्य पानीका श्रोतहरुले सिञ्चित उर्वर प्रकृतीको काखमा रहेको कुनै बेला असला माछा र हाल आएर रसिलो चामल, स्वादिष्ट आलु, सुन्तलाले परिचित पनौती नगरपालिकामा मानव बस्ति कहिलेदेखि बस्यो भनि एकिन गर्न नसकिए पनि ईसापूर्व ४००० बर्षभन्दा पहिलेदेखि थियो भत्रे नःम बुद्धको ईतिहासले पुष्टी गर्दछ । यस्तै कालिदहको बिचमा अवस्थित कमलको पूmलमा स्वयंभूको ज्वती दर्शनगर्न चिनको गांसुप्रांत तुङ्गहाङ्ग उपत्यका अवस्थित उ ताई सान पर्वत बाट आउनुभएका महामञ्जुश्रीले कालीदह माथी हिडन सकिन्छ कि सकिदैन भनी नालामा रहेको पोखरी माथी हिडेका थिए । मञ्जुश्री हिडनु भएपछि उक्त पोखरीकिो नाम “पलापुखु” राखियो । यसबाट पनि रोसी उपत्यकाका बस्तीहरु धेरै पुरानो हो भत्रेमा दुईमत हुदैन । तसर्थ पनौती नगरपालिकाको ईतिहासलाई चारयुगमा अध्ययन गर्न सकिन्छ ।

सत्ययुग – स्वस्थानि ब्रतकथाले सतिदेवीको दुई अंग भाल र दाहिने कान यहि नगरपालिकाको भालेश्वरमा भाल र दाहिने कान धनेश्वरमा पतनभएको देखाउँदछ ।

किंबदन्ति अनुसार प्राचिन पनौतीका राजा दिर्धरथले फुलचोकी माईलाई झेल गरेर लिलावती (रोसी) लाई पनौतीको फाँट सिंचाई गर्न ल्याएका थिए । उक्त खोलाको पानी तिलकम (कुलो) बनाई खोपासी तथा टौखालको जमिन सिञ्चाईमा लगाईएको थियो । नालाको ईतिहासमा पनि राजा दिर्घरथको नाम एक उछि«ङ्गखल ब्यक्तित्वमा देखिन्छ जसलाई भगवतिले उग्रचण्डिको रुपधारण गरि दिर्घरथलाई सजाय दिएका थिईन ।

गौतम ऋषीले आफ्ना अर्धाङ्गिनी अहिल्या संग लिलावती र पूण्यमाताको दोभानमा गृहस्थि गरेर बसेका र स्वर्गका राजा ईन्द्रले अहिल्या माथी छलगर्दा ऋषीको श्राप मोचन गर्न यहि दोभानमा तपस्या गरि बसेका थिए । आफ्ना पतिलाई सघाउन रानी साचीले पनि तपश्या गरि बसे । रानी साचीको पतिब्रता र कठोर तपश्या बाट प्रभावित पार्वतीले रुद्रलाई पुकार गरेर मद्धत गर्न अनुरोध गर्नु भएबमोजिम भगवान रुद्रले तेश्रो आँखा खोली सुमेरु पर्वतबाट जलधारा निकाली दोभानमा मिसाईदिनुभयो र उक्त क्षेत्र त्रिवेणीमा परिवर्तन भयो । राजा ईन्द्रले त्रिवेणीमा स्नानगरि आफ्नो पाप मोचन गर्नुभयो । यस त्रिवेणी साची तिर्थको नामले पनि चिनिन्छ ।

हिन्दु पुराणहरुमा उल्लेख भएको समुन्द्र मन्थन पश्चात निलकंण्ठ क्षीर सागर बाट कैलास फर्कने क्रममा लडकेश्वरको सुरुङ्ग भित्र पसेर फलडकेश्वर बाट निस्केर रोसी खोला उभोतर्पm सवार भएको र साथमा आएका समुन्द्र मन्थनका लागी मन्दराचल पर्वतको मदानी बनेका बासुकी नागराज लिलावती, पूण्यमाता र रुद्रावतीको संगममा बिराजमान भएको किंबदन्ति रहेकोछ । निलकण्ठले आफ्नो यात्रा निरन्ंतरमा पूण्यमाताको उभोतर्पm लागे ।

रोचककहानी, गरुदको गिद्धेदृष्टी साचीतिर्थ त्रिवेनी निवासी सुन्दर बासुकी नागराज माथी प¥्यो । गरुडबाट नागराजमाथी आक्रमण सुरुभयो । गरुडको आक्रमणबाट बच्न त्रिवेनीबाट कहिले लिलावतीको उभोतर्पm भाग्थेभने कहिले पुण्यमाताको उभोतर्पm । नागराज जताडौडियो खोलाको ढुंगाहरु पनि उतैफर्कने । ढुंगाफर्केको संकेतले गरुडलाई नागराजलाई लखेटन सहजता मिल्थ्यो । यो अवस्था थाहापाएपछी नागराजले गरुडलाई छल्न पहिले लिलावती तर्पm डगुरे त्रिवेणी देखीको ढुंगाहरु माथीतिर फर्कनथाले । उनि हालको काथंगणेश निरपुगेर खोलाबाट एक बालकको रुपधारणगरेर निस्किए र जमिनमा हिडडै त्रिवेणीमा प्रवेशगरे । त्रिवेणीबाट फेरी पूण्यमाताको उभोतर्पmलागे, ढुंगाहरु माथीतिर फर्कनथाले । उनि हालको प्रहरीतालिम केन्द्रनिर पुगेर खोलाबाट एकबालकको रुपधारण गरेर निस्किए र जमिनमा हिडडै त्रिवेणीमा प्रवेशगरे । ढुंगाहरु दुवै खोलामा माथीतर्पm फर्केको हुँदा गरुडले नागराजलाई फेलापार्न नसकि आजितभएर फर्किए । अफसोच ती ऐतिहासिक सम्पदाहरुलाई बि.सं. २०४६ सालले नगरपालिकाले मास्ने सुरुवात गर्यो र बि.सं.२०७३ को पुःन संरचना पश्चात उक्तसंम्पदा निमित्यात्र भैसकेको छ ।

अर्को रोचककथा हिन्दु पुराणहरुमा दैत्य अत्याचारको अन्त्यगर्न मातापार्वतीलाई बिभित्र देवीहरुले आ–आफ्नो शक्तिहरु दिएर माहाकाली बनाए । माहाशक्ति माहाकालिले अत्याचारी दैत्यहरुलाई बिभित्र बिधी लगाएर छिट्टैपरास्त गर्नुभयो । बिजयबाट खुसीले उन्मत्त माताकालीले अन्यबिध्वंशहरु पनि गर्नथाले । देवा दी देव माहादेवले अन्तरध्यान गरिहेर्दा कालीमा यौनउत्तेजना कारक भएकोथाहापाए । उनको कामुतालाई शान्तपार्न अगाडि बढनु भयो । सन्तुष्ट दिननसक्दा कालीबाट उहाँ लखेटीनुभयो । भागेर बासुकी नागराजको मद्धत लिन त्रिवेणीको पानीमा पस्नुभयो र तुरुन्तै यथोचित अंगसहित बलवान भैरवको अवतारमा निस्कनु भयो । फर्केर कालीको खोजीमा जाँदा हालको लायकु दरवार अगाडीको दवलीमा भेट्टाए । भैरवले महाकालीलाई अप्रत्यासित चरमयौन सन्तुष्टी दिए । महाकाली भैरवको समागमबाट छुट्टीन नसकेको थाहा पाएका ईन्द्रेश्वरमाहादेव आएर छुटाएका र त्यहाँबाट काली भागेको किंबदन्ती छ ।

त्रेतायुग – रामायण पुराण अनुसार गौतम ऋषीको श्रापले हाल ईन्द्रेश्वर मन्दिरको उत्तर–पूर्व कुनामा रातो ढुंगामा परिणत अहिल्या राम बनवासको क्रममा स्पर्स हुँदा मानव जुनिमा आएका थिए । यसले बनबासको क्रममा रामले पनौतीमा पनि पदार्पण गरेको देखिन्छ । संयौग भनौ या बास्तबिकता महर्षि बाल्मिकीले नालाको कलम मसी गुफामा बसेर रामायण लेखेको किंबदन्ति छ ।

राजा दिर्घरथका सन्तान हुन वा अन्य कुलका, आजभन्दा करिव ६००० बर्ष पहिले हालको टौखालमा करिव ५००० जनसंख्याको पाञ्चाल देश थियो । राजा महारथ रानी सत्यवती र तिन राजकुमारहरु महादेव, महाप्रणव र महासत्वका साथ पाञ्चाल देशमा राज गरेर बसेका थिए । कार्तिक महिनामा राजा, रानी र तीन राजकुमारहरु हिरण्यगिरी गन्धमान पर्वतमा राजकिय शिकारका लागी गए । एकदिन पूर्णीमाको रात सिकार खेल्दै शाही शिविर पलर्कने क्रममा कान्छा राजकुमार महासत्यले भर्खरै बच्चा जन्माएर भोकले चल्ने नसक्ने भएर बसेको दुब्लो बाघलाई आफ्नो शरिर अभयदान गरि बोधीसत्व प्राप्त गरे । राज परिवारले उनको बचेका हड्डीहरु, कपडा र गहनाहरु ल्याएर शिविर नजिकै अन्त्यष्टी गरि समाधी बनाए । करिव ३५०० बर्ष पछाडी शाक्यमुनी गौतम बुद्धले एक महिना ध्यान गरि उक्त समाधीलाई आफ्नो पूर्व जन्म भन्दै तीन पटक परिक्रमा गरि नःम भनि ढोगे । उक्त समयदेखी सो स्थान र राजकुमार महासत्वको नाम नःम बुद्ध रहन गयो ।

काठमाडौ स्वयंभूको काख, भचाखुसी र बिष्णुमती नदीको दोभान निर्मल तिर्थ (कर्ण द्विप) नजिक तत्कालिन समयमा पाञ्चाल देश (पनौती)बाट आएका बौद्धमार्गी बज्रनाद गुभाजु (बज्राचार्य) ले ध्यान शक्तिले बालुवाबाट स्वयम्भूचैत्य खडा गरि स्वां बहा बनाएका थिए जुन स्थान शोभा भगवती शक्तिपिठ क्षेत्रले प्रख्यात रहेको छ । यस्ले पनौती बौद्धमय थियो भत्रे बुझ्न सकिन्छ ।

द्वापरयुग – स्थानिय कथनअनुसार खोपासी (कुर्पासी) को उत्पादन बारे थाहा पाएका बनारसका दशभाई ब्यापारीहरु, परिवारसहित खोपासीमा बस्न आएका थिए । उनिहरुलाई किरात पनि भनिन्छ । ती मध्ये पाँच परिवार ल्हासामा गएका थिए । ल्हासामा बस्न नसकि फर्किएर खोपासी पारी पस्थलीमा बसेर औद्यौगिक क्षेत्र बनाई उक्त स्थानको नाम नेपाल राखेका थिए । हाल आएर उक्त स्थानको नाम नेपाल बेसी फँट रहेकोछ । आफ्नै परिवारबिच बिहेवारी चलाउन ल्हासाबाट फर्कि आएकाले ल्हासा गोत्र र खोपासीमा बसेकाले काशी गोत्र राखेर बसेका थिए । सत्ययुगदेखी तिलकम प्रयोग गरेबापत पानीपोट मात्र तिर्दै आएकोमा अन्य सामान उत्पादन गरि बिक्रीगरे बापत राज्यलाई राजस्व तिर्नु प्रथा चलाएका थिए । यस्ता कर उठाउन भन्सारको स्थापना भएको हुन सक्दछ । किराँतहरु शिवभक्त भएपनि उनिहरुले चिन (तिब्बत) संग ब्यापार बृद्धि गर्न अमिताभ बुद्धको मूर्तीलाई हालको खोपासी मयलबोटमा सेतो चैत्य बनाई स्थापना गरेका थिए ।

धार्मिक कथनअनुसार पाञ्चाल देशमा शुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिवप्रती अत्यन्तै दयाराखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । एकदिन कुवेरले दानविरहरुको परिक्षा लिन गरिवि भेष धारण गरी शुचन्द्रको घरआँगनमा माग्न गएछन् । गरिवरुप धारण गरेका कुवेरलाई साह्रै श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मिठोमिठो खानेकुरा खुवाए । कुवेर प्रसत्र भइ ज्ञानगुणका कुरा गरी यःमरी बनाउने बिधी सिकाई अन्तर्ध्यान भए । कुवेरले सिकाए बमोजिम शुचन्द्र दम्पतीले नयाँ चामलको पिठोको यःमरी बनाई कुवेर र अत्रपूर्ण देवीलाई अत्रको भकारीमा चढाए । यःमरी आफुले खाएर अरुहरुलाई पनि बाँडेछन । यो प्रथा नेवार समुदायमा चाँडै पैmलियो र अहिले आएर यसले समाजमा सदभाव र संस्कृती बिस्तारमा राम्रो भूमिका निभाएको पाईन्छ ।

धार्मिक राजा बिराट हरेक दिन स्नानको लागी खोपासीबाट ४० घोडे बग्गीमा पनौती त्रिवेणी यात्रा गर्दथे । माहाभारत पुराणका मूख्य पात्रहरु पञ्च पाण्डव र द्रौपदी एकबर्षे गुप्तवासको लागी साथमा कृष्णका ग्वालाहरु बाट लखेतिएका थानकोटका राजा बानासुर छदम नामले बिराट राज्यमा बिभित्र पेशामा भर्ती भएका थिए । उनिहरुको कार्यक्षेत्र पनौती नगरपालिकाको ९ र १० वडा र धुलिखेल नगरपालिकाको वडा ८ मा करिव ६ किलोमिटरको क्षेत्रमा पैmलिएर रहेको छ । द्रौपदी, रानीको सुसारे पेशामा राजाको निवास हालको नरसिंहमथ बस्दथिईन भने स्नानको लागी हालसम्मन पनि बचेको पाङ्गेटोलका ढुंगेधाराहरु प्रयोग गर्दथिन । बिराट राजाको निवासबाट हालको ललितामाई नजिक रहेको दरवारक्षेत्र वरपर सातवटा ईनार र सातवटा ढुंगे धाराहरु रहेकोमा एउटा ईनार र तिनवटा धाराहरु अभैm देख्न सकिन्छ । द्रौपदी माहाकाली हुन भत्रे थाहा पाएका राजा बिराटले द्रौपदीको सिलाराखी पुजा गरिएको स्थानमा मन्द्रि बनेको छ जुन नेपाल राज्यमा एक मात्र रहेको छ । यहाँ किरातकालिन मन्दिरहरु तल्लो बजारमा ललिता माई, किटिनीमा कमला माई र देवी स्थानमा भूमी पुजनक्षेत्र बिद्यमान छन् ।

लिच्छवी राजा मानदेव बैष्णोधर्मका धर्मका अनुयायी भएपनि जनताको ईच्छ्यालाई मानगर्न बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्दथे । मयलबोटमा रहेको अमिताभ बुद्धको संरक्षण र सञ्चालनको लागी बिराट राजाको निवास भवनबाट हेर्नेगरि करिव २०० रोपनी जग्गाको गुठी बन्दोबस्त गरिदिएकोमा हालसम्म पनि गुठी संस्थाको खातामा १४१–१५ रोपनी देखिन्छ । यो काभ्रे जिल्लाको सबैभन्दा ठूलो गुठीमा पर्दछ । यस्तै उनले पनौती त्रिवेणीमा दुईटा स–साना ढुंगाका खम्बाहरु राख्न लगाएका देखिन्छ । कुन प्रयोजनको लागी भत्रे अध्ययनमा रहेको छ ।

कलियुग – प्रोफेसर सिल्भा लेभीको भनाई अनुसार अंशुबर्माको पालादेखीको समयलाई कलियुग भनेका छन् । लिच्छवी राजा शिवदेव प्रथमको राज्य अन्तर्गत खोपासी ग्रामको कुशल प्रशासकमा अंशुबर्मा थिए । उनले आफ्नो क्षेत्राधिकार श्रोतहरु जस्तै हालको पाङ्गेटोल स्थित बिराट राजाको निवासलाई मर्मत सुधार र संबर्धन गरि आफ्नो निवास बनाए । बिराट राजाको दरवारलाई जिर्णोद्वार गरि कैलाश नामाकरण गरि प्रशासनिक अड्डा बनाए । बिराटकालिन सातवटै धाराहरु र ईनारहरु सफागरी जनतामा राम्रो खानेपानीको बन्दोबस्त गरे । कृषीक्षेत्रमा तिलकमलाई मजबुत प्रणाली बनाए । औद्योगिक क्षेत्रमा पनि सुधार गर्नुको साथै कर प्रणालीमा पनि सुधार गर्न खोपासीमा मूख्य भन्सार र गोवा भञ्ज्याङ्ग र कपिल भञ्ज्याङ्गमा छोटी भन्सारहरुको स्थापना गरे । यीनैको पालामा कोदारीमा पनि भन्सार खोलिएको थियो । खोपासीको आर्थिक बृद्धिमा यीनले कर्पाषणा प्रणालीबाट सुन चाँदीका सिक्का मात्र निकालेनन् कि कारिगरहरुको क्षमता बृद्धिगरी कपडाहरु मात्र होईन बिभित्र धातुहरु, काठ तथा बाँसका हस्तकलाका सामाग्रीहरु उत्पादन गरि चीन तथा भारतमा निर्यात गर्दथे । अंशुबर्मा तिक्ष्ण बुद्धि भएको हुँदा राजा शिवदेवले आफ्ना जेष्ठपुत्र राजकुमार उदयदेव र उनका पत्नि अधिराजकुमारी भद्रावतीलाई प्रशासनिक ज्ञान दिलाउन खोपासी पठाएका थिए । राजा शिवदेवको मृतु पश्चात अंशुबर्मा काठमाण्डौमा सरे र खोपासीको स्वर्णयुग अन्त्यभयो ।

सन् ६२१ मा अंशुबर्माको मृत्यु पश्चात उदयदेव राजगद्यीमा बसे । गुप्ताहरुको सहयोगमा भाई ध्रुवदेवले आफ्नै दाई उदयदेव लाई सन ६२२ मा सत्ताच्यूत गरे । उदयदेव, भद्रावती र उनका १० बर्षे छोरा नरेन्द्र देवसहित तिनैजना लगनको मञ्जुश्री टोलमा बसे, जहाँ भृकुटी, भद्रावतीको कोखमा आएको भनिन्छ । उनिहरुलाई मञ्जुश्री टोलबाट पनि लखेटिएर पाटन, भक्तपुर हुदै अन्तमा खोपासी अंशुबर्माकै निवास पुगे र सन ६२३ तिर भृकुटीको जन्म भयो । सन ६३२ तिर भृकुटीलाई श्रङ्गचङ्ग गम्पोले माग्न पठाएका दुतहरुका साथ बिदाई गरि पठाए ।

बिदाईमा यहाका पहरी कारीगरहरुले बनाएका बिभित्र हस्तकलाका सामाग्रीहरुको साथमा बुद्धका मूर्तीहरु पनि पठाईएको थियो । आठ बर्षे बालिकाले वोनधर्म भएको तिब्बतमा बुद्धधर्म पैmलाउन सफलहुनुमा खोपासी तथा यहाँको वातावरण कत्तिको बौद्धमय थियो भनि आकलन गर्न सकिन्छ । सातौ सताब्दिीमा हिन्दुस्थान बाट आएका शंकराचार्यको टोलीले किरातकालिन अमिताभ बुद्ध राखीएको चैत्य र त्यस सम्बन्धि तत्थ्यहरुलाई ध्वस्त गरी अंशुबर्माको निवासमा नरसिंह मठको नामाकरण गरेर चैत्यका सबै सम्पत्तीहरु (जमिन सहित) मठको नाममा गराई आफुसंग आएका पुरी थरकालाई मठाधिस बनाएरगऐ । सेतो चैत्य रहेको स्थानमा बि.स.ं १९९० को भूकम्प पछि अंशुबर्माले पुजागर्ने सानो नारायणको मूर्तीलाई गोपाल प्रसाद सत्यालले मन्दिर बनाई रंगनाथको नाम दिए । यस्मा एकल महिला धरणी कोईरालाले केहि जग्गा दिएकोमा बि.सं.२०१६ सालमा गोदा रंगनाथको नामबाट मन्दिर भवनको बिस्तृती गरियो ।

सन १२५५ मा महाभूकम्प गएको केही बर्ष पश्चात ल्हासाको भ्रमणगर्दा जोङखा दरवारमा रहेको भृकुटीका कलात्मक दाईजोहरुबाट प्रभावित चीनिया सम्राट कुब्लाई खाँले बुद्घका कलाकृतीहरु बनाउन कलाकारहरु पठाईदिन नेपालका तत्कालिन राजा अभय देवलाई अनुरोधगरे । प्राकृतिक प्रकोपबाट बचेका युवाहरुलाई रोजगारीको ठूलोअवसर मिल्यो । सम्राटको अनुरोध अनुसार सन १२६० तिर भक्तपुरका राजा जयभिमदेव मल्लले १६ बर्षिय खोपासीका बलबाहु पहरी (अरनिको) को नेतृत्वमा ८० कारिगरी कलाकारहरुको टोली चीन पठाए । जो कोही पनि फर्केनन् ।

पनौतीको बस्ति धेरै पुरानो भएपनि ई.सं. १९५५ को महाभुकम्प बाट प्रभावित जनताहरुको ब्यबस्थापनमा तत्कालिन राजा आनन्द मल्लको पालामा सात गाउँको स्थापना र बिस्तृतिकरणमा पनौती, तात्कलिन उत्तम बस्ती हालको स्मार्ट सिटीको परिकल्पना भन्दा धेरै उम्दा रहेको देखिन्छ । प्रकृतीको वरदान पाएको यस सुन्दर पर्यावरणिय पवित्र भूधरातलमा पूर्खाहरु खासगरेर यस्को महत्व बुझेकाहरुले मल्लकालमा बास्तुकला र साँस्कृतिक संम्पदाहरुको थप योगदान गरि मानव जिवनमा अलौकिकता दिनेहेतु बाह््य आगन्तुक लाई निम्त्याउन ठाउँको नाम नै “पलाःतीे” राखे । नेवारी भाषामा पला = पाईला र ती = राख अर्थात पलाःतीको अर्थ आफुले चिनजान, उपभोक्ता, पर्यटक आदीलाई पाईला राख्न निम्तो दिईएको हो ।
माथी उल्लेखित सुचना तथा तत्थ्य मोटामोटी मात्र हुन यसलाई बिस्तृत अध्ययन अनुसन्धानले पनौती सभ्यताको बिकासमा टेवापुग्ने आसा गर्न सकिन्छ ।

पर्याबरणिय अवस्था
मिश्रीत भू धरातल, बिभित्र बनस्पती र रुखहरुले सुसज्जित बन, पाखा पखेरुहरु त्यहा बाट सृजित पानीका मुहान, खोल्सा खोलाहरुले प्रकृतीलाई सुन्दरता दिएको छ । यस्तै उर्वर जमिनमा परिश्रमी पाखुराहरुले ऋतु अनुसारको सुन्दरता थपिदिंदा ब्यक्तिको जिबिकोपार्जन मात्र होइन पर्यावरणको सन्तुलनलाई पनि टेवा दिईराखेको छ । बि.सं. २०४० को दशक तिर सल्लाको रुखले प्रतिस्थान गरेको जंगललाई स्थानिय जातका पानी संरक्षण गर्नसक्ने रुखबिरुवाले प्रतिस्थापन गर्नसके धेरैराम्रो हुने थियो ।

यस उपत्यकामा बढ्दो जनघनत्वले गर्दा “रोसी खोला” उपत्यकाका तिन नगरपालिकाका बासिन्दाहरुको जिवन्ततासँग गासिएर अगाडी बढ्दैछ । बि.सं.२०३६ यता सार्वजनिक र बन क्षेत्रको अतिक्रममा ब्यापकता छाएको र अनियन्त्रित ढुंगा खानिले सुन्दर प्राकृतिक सौन्दर्यतालाई गिज्याउनुको साथै पानीको मुहानमा क्षतीभई मानव बिकास सभ्यतामा भाँजो पु¥्याइृ रहेकोछ ।

पर्यावरणिय परिदृष्य गर्न बन, बनस्पती र यस्का पैदावार, जैबिक खाद्यात्रको उत्पादन, जलाधार साथमा सार्वजनिक भुमीको फेहरिष्ट राखी स्थानिय समुदाय र बिशेषज्ञसंगको छलफलबाट स्थानियको सहभागितामा श्रोतको परिचालन गर्नसके जलवायु अनुकुलन प्रकृती प्रेमी वातावरण बत्रेछ ।

बास्तुकला र संस्कृतिक सम्पदा
किरात कालिन र लिच्छवी कालिन बास्तुकला र संस्कृती सम्पदाहरुको केही अवशेषहरु मात्र रहेपनि मल्लकालमा बनेको पनौती शहर गणतान्त्रिक नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीभन्दा उच्चबर्गको थियो जहाँ मठ, मन्दिर, फोहर मैला ब्यबस्थापन, चाड पर्व जात्राहरु साथमा सि ध्वाखा, लसकुस ध्वाखा, पि ध्वाखा आदी मानव जिवन लाई जिवन्तता मात्र होइन समाजमा भाईचारा, सदभाव र आनन्द जिवनको प्रणाली बसालेका थिए ।

पनौतीमा मात्र नभै वरपरका बस्तीहरु खोपासी, जाकिडोल, बल्थली, भालेश्वर, कुशादेवी, फुलचोकी, सुब्बा गाउँ, धनेश्वर र सबै बस्तीहरुमा आ–आफ्नै प्रकारका संस्कृती र संस्कार रहेका छन् । कोरोनाको कहर पछाडी संस्कृती र सस्कारमा पनौती नगरपालिकाका हरेक बस्तीहरु आ–आफ्ना संस्कार र सम्पदा प्रती जागरुप भएको पाईन्छ । फलाम तातेको बेलामा खोजेको आकारमा ल्याउल सकिन्छ । यस अवस्थामा वडा तथा नगरपालिकाले बस्ती बस्तीमा रहेको बास्तुकला, संस्कृती सम्पदा, संस्कारको फेहरिष्ट बनाई संबन्धित समुदाय र बिज्ञहरुसंगको छलफलमा यिनीहरुको संरक्षण, संभार र संबर्धनमा पाईलाचाले उचित हुनेछ ।

पर्यटकिय गन्तब्य
धार्मिक पर्यटनको थालनी÷बिकास सत्ययुगमा सतिदेवीको अंग पतनहरु र निलकण्ठको पदमार्गले बिम्बित गर्दछ भने लिच्छवीकालमा खोपासीमा रहेको राजा शिवदेवको शिलालेखमा कैलाश दर्शण गर्न आउँदा सेतोमाटो डल्ला लिएर आउनुको उर्दीबाट अध्धयन गर्न सकिन्छ । श्रोतहरु तथा अभिनेताहरु ९चभकयगचअभक बलम बअतयचक० को पहिचान गरि दुवैलाई अधिकतम सन्तुष्टीका साथ उपयुक्त पचिचालन गर्न सक्ने मल्ल नेतृत्वले स्थानियहरुको सहभागीता र स्वामित्वमा बास्तुकला र संस्कृती सम्पदामा थपगरी धार्मिक पर्यटकिय गन्तब्य बनाई पलाःती भनेर निमन्त्रणा गरेका थिए । त्रिवेणी लाई उत्तर प्रयागको संज्ञा दिदा टाढा टाढा बाट स्वर्गिय पार्थिव शरिर बिसर्जन गर्न आउने केद्र बनेको थियो ।

काठमाडौं उपत्यकामा बढदो जनघनत्वले आन्तरिक पर्यटकको चापमा बृद्धि भएको छ । ग्राहकहरुलाई सेवा र सुविधा दिन नसक्दा उचित लाभ लिन सकिरहेको छैन । तसर्थ पर्यावरणिय, बास्तुकला, संस्कृती संपदा र सस्कारको फेहरिष्टको आधारमा आन्तरिक र बाह््य पर्यटकिय बजार अध्ययनगरि पूर्वाधारहरुमा बिकास गर्नसके सुगम यातायातले पहुँच यस नगरपालिकाले शिपमुलक जनशक्ति उत्पादन गर्नसके पर्यटन क्षेत्रमा फडको मार्नेछ ।

पर्यटकहरुलाई केहि नयाँ स्वाद (टेष्ट) हरु दिन सकिन्छ जस्तै, यहाको लोकल ऐला, ऐराक, ऐलाले आयातित ब्लु लेवल लाई प्रतिस्थापित गर्न सक्छ भने ऐराकले रेड लेवललाई । निर्यात गर्न सकेको खण्डमा देशको आर्थिक राजस्वमा पनि योगदान गर्न सक्छ । मानेभञ्ज्याङ्गको ट्राउट माछा । यो मारी, सेतो चेप्टो मकैको ढिडो, सिस्नोको दाल आदि । क्वाती, बुलु, कस्ति थो, ह््याउ थो, थो, बजी, ह््याउ बजी, हाकु जा, न्हाकं के, ……….

अन्त्यमा
सुचना प्रविधीको बिकासले फेहरिष्ट राख्न तथा एक आपसमा संचारको द्रुत र सहज माध्यम बनेकोछ । हाललाई नगरपालिकाले आफ्नै पोर्टलभित्र वा सेवा प्रदाय (जस्तै पनौती पर्यटन केन्द्र) मार्पmत पनौती पर्यटन सम्बन्धि एक समर्पित वेबसाईट खोली उक्त वेबसाईटमा सरोकारवालाहरु लाई पनि स्थान दिई पनौती नगरपालिकाको पर्यटन अवस्थाबारे जानकारी दिने । जैबिक खाद्य उत्पादनको बजारिकरण गर्ने । सोही पोर्टलमा सरोकारवालाहरु तथा ग्राहकहरुका सुझाव, गुनासा तथा प्रशंसा आदी राख्न सक्ने ब्यबस्था गर्ने । महिनाको एक पटक नगरपालिका प्रतिनिधीको नेतृत्वमा बैठक बस्ने, पहिलो बैठकको निर्णयको अनुगमन गर्ने साथमा वेबसाईटमा आएका सुझाव, गुनासा तथा प्रशंसा आदीको समिक्षा तथा उपयुक्त पहलकदमी लिने । यो वेबसाईट लाई अन्य राष्ट्रिय (जस्तै नेपाल पर्यटन बोर्ड आदी) र अन्तराष्ट्रिय, सार्वजनिक र निजी पर्यटकिय संस्थाहरुसंग सम्बन्ध बनाउने ।

अन्य पूर्वाधारहरु
पर्यटन प्रबर्धनमा अन्य बिकासले पनि अहंभूमिका खेल्न सक्छ जस्तै, मल्लकाल पछि नेपालका एकमात्र राष्ट्रबादी दूरदर्शी नेता राजा महेन्द्रलाई स्थानिय कर्मबिर नेपाली सेनाका हवल्दार श्री भागवत सीं महतले खोपासी भ्रमण गराई पनौती बहुउदेश्यिय जलबिद्युत योजनाको स्थापना गराउन सफलभए । दक्षिण कोरियाको सहयोगमा २०३२ साल तिर खोपासीमा रेसम खेती स्थापना भयो । यस्तै बनेपा नगरपालिका बाट निर्मित आईटी पार्क पनौती नगरपालिका अन्तर्गत पर्न आएकोछ । नगरपालिकाको स्वामित्वमा धेरै बिद्यालयहरु तथा अन्य सेवा प्रदाय संस्थाहरु छन् । स्थानिय सरकारले उचित ब्यबस्थापनमा पहलकदमी गर्नसके उत्पादनमा सुधार भै लगानीका उपादेयता हुनेछ ।

खासगरेर रोसी खोला तिन नगरपालिकाहरुको प्राण भईसकेको छ । पानीको संरक्षण गर्नु बनस्पती र कृषी रक्षा गर्नु हो । प्रकृती प्रेमी बस्तीबनाउनु जिविकोपार्जन साथमा मानव सभ्यता बिकासको चिन्ह हो । उत्पादन मात्र होईन निस्कासन (फोहर) ब्यबस्थापनको पनि उत्तिकै भूमिका रहन्छ । यस्ले नगरपालिकामा रहेको सभ्यताको चिन्हहरु त्रिवेणी घाट, फडकेश्वर र लडकेश्वर जस्ता तिर्थस्थलको रक्षागर्दछ । यस्कोलागी तिन नगरपालिकाहरुका शैक्षिक संस्था (क्याम्पस) हरु परिचालनगरि “रोसि उपत्यका प्रकृतीक श्रोतहरुको ब्यबस्थापन परियोजना” सञ्चालन गर्नु उपयुक्त हुनेछ । नमो बुद्ध नरपालिका र बेथानचोक गाउँ पालिकालाई पनि समेटनु उपयुक्त हुनेछ । पर्यटन बिकासमा यसकार्य अमुर्त योगदान हुनेछ ।

तस्बीरहरु : प्रशान्त श्रेष्ठ / पनौती

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *