पर्वका लागि ऋणको भारी नबोकौं

दशैं नेपालीहरुको प्रमुख चार्ड हो । राष्ट्रिय चार्डसमेत मनिने दशैं नवरात्र हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रभर शक्तिको आराधना गरी दशौं दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेषरूपमा मनाउने गर्छन् ।
आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
तर, दशैं कसैका निम्ति दशा नबनोस् । आफू र आफ्नो परिवारको क्षमताअनुसार दशैं मनाउने गर्नु पर्दछ । दशैं दुःख–सुख आदान प्रदान गर्ने पर्व पनि हो । त्यसैले परिवारमा आफ्ना समस्या, अनुभवहरु, सिकाईहरु आदान–प्रदान गर्ने वातावरण बनाउन एकजुट हुनु पर्दछ । परिवारका सबै सदस्यसँगै बसेर घरमा जे छ जे किन्न सकिन्छ त्यसैमा रमाउने गर्नु पर्दछ ।
हामी नेपाली संस्कृतिका धनी छौं । सानो देशमा एक सय २५ जातिहरु रहेका छांै । पछिल्लो तथ्यांकअनुसार नेपालमा हिन्दू धर्म मान्नेहरुको संख्या धेरै रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दशंै पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थावान भएका समुदायहरले पनि महत्व दिने गरेको पाइन्छ । हाम्रा हरेक संस्कृति र पर्वहरु आर्थिक पक्षसँग जाडिएका हुन्छन् । आर्थिक हैसियत भएका वर्ग र विपन्न बर्गसमेत एउटै समाजमा रहेका छौं ।
खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता संस्कृती पर्वहरु मनाउँदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासेखी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरुको अवस्था झनै दयनीय हुन जान्छ ।
त्यसो गर्दा दशैं दशा बन्दैन । ऋण लिएर दशंै मनाउँदा परिवारका सदस्यलाई खुशीभन्दा बढी दुःखी बनाउँदछ । कुनै पनि पर्वको दुःख दिने नियत हँुदैन । त्यसलाई हामीले कसरी मनाउने भन्ने विषयमा भर पर्दछ । त्यसैले पर्वको नाममा हामीले फजुल खर्च गर्ने बानी गर्नुहुन्न । कसका घरमा कत्रो खसी काट्यो, कसले कति धेरै दक्षिणा दियो भन्ने विषयमा छलफल गर्ने समय होइन । त्यसरी हामीले सोच्न थाल्यौं भने समाजको संस्कृतिलाई भुलेर विकृति निम्तिन थाल्दछ । त्यसैले दशैं आफ्नो धर्म संस्कृति र चालचलनअनुसार आ–आफ्नो क्षमता अनुसार मनाउँ । यो २०८१ सालको विजया दशमीले सबैलाई खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउँदै दशंै पर्व मनाउन सिकाओस् शुभकामना छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *