पनौती÷पनौती बसपार्क खानेपानी उपभोक्ता समितिको आठौं वार्षिध साधारण सभा शनिबार पूर्व सांसद शिवबहादुर देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमको स्वागत मन्तव्य शुभद्रा दाहालले गर्नुभएको उक्त कार्यक्रममा कानूनी सल्लाहकार सुरेश ताम्राकारले यस खानेपानी समुहले अझ गुणस्तरीय सेवा पु¥याउन सकोस् भन्ने आशा व्यक्त गर्नुभएको थियो ।
संस्थाका सचिव हरिप्रसाद तिमल्सिनाले कार्ययोजना प्रस्तुत र कोषाध्यक्ष हिरालाल श्रेष्ठले आब ०६९।०७० को वार्षिक आयव्यय प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मीनारायण ताम्राकारले गरेका थिए ।