पनौती । पनौतीलाई कर्मथलो बनाएर अनवरत रुपमा साहित्यकर्ममा तल्लिन सूर्यप्रसाद लोकाजूले पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण गरेका छन् ।
यस अघि पनि पनौतीको परिचय दिने पुस्तक सार्वजानिक गरेका उनले पनौतीको थप चिनारी सहित पुनः पुस्तक सार्वजनिक गर्नुभएको हो । पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो । नगरको विशेषतालाई अक्षरमा लिपिबद्ध गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पनौती नामक उपयोगी पुस्तक लेखिसकेका लाकोजूले पुनः पनौती सम्बन्धी नयाँ पुस्तक लेखेका हुन् ।
पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी लाकोजूले नयाँ पुस्तक आफू जन्मेको माटोप्रतिको श्रद्धा, भक्ति र प्रेमको प्रतीक रहेको विचार पोखेका थिए । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको बताउँदै पुस्तकमा पनौतीको इतिहास, यहाँ मनाइने जात्रा, पर्व, ऐतिहासिक नाच आदिका बारेमा जानकारी दिइएको कुरा लेखक लाकोजूले बताएका थिए ।