पनौतीमा बाली उपचार शिविर

पनौती/सक्रिय महिला कृषि सहकारी संस्थाको आयोजनमा पनौतीमा बाली उपचार शिविर सुरु भएको छ। किसानले लगाएका तरकारी बालीमा विभिन्न किसिमका समस्याले हैरान पारेपछि परियोजना अन्तर्गत संस्थाले गाउँमै कृषि प्राविधिक लगेर बाली उपचार शिविर सुरु गरेको हो।


शिविरमा कृषि विकास कार्यालय धुलिखेलकी बाली संरक्षण अधिकृत रमा कार्कीले बालीमा लाग्ने रोग, समाधानको उपाय, विषादी प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदा बेफाइदालगायत कृषिसँग सम्बन्धित विविध जानकारी दिनुभएको थियो । पछिल्लो समय बालीमा लाग्ने रोगको सङ्क्रमणबाट बचाउनका लागि प्रयोग गरिने विषादीको दुरुपयोग भएको र यसलाई न्यूनीकरण गर्नुपर्ने उहाँले भनाइ थियो । कार्यक्रममा सक्रिय महिला कृषि सहकारीकी अध्यक्ष सुमित्रा बञ्जाराले बाली उपचार शिविरले सचेतना अभिवृद्धिसँगै उत्पादन वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । बाली उपचार, पशुसेवा क्लिनिक र माटो परिक्षण शिविर एकैदिन गर्ने गरी तयारी भइरहेको समेत उहाँले जानकारी दिनुभयो। गाउँका कृषक महिलाहरुको लागि अवसर सिर्जना गर्ने उदेश्यले १० वर्षअघि स्थापना गरिएको सक्रिय महिला कृषि सहकारी संस्थाले महिलाहरुको लागि लक्षित विभिन्न कृषिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। संस्थाले कोल्ड स्टोर, तरकारी संकलन केन्द्र सञ्चालन र बजारीकरणका लागि समेत काम गर्ने अध्यक्ष बञ्जाराले बताउनुभयो ।

शिविर महिनामा ४ दिन सञ्चालन हुने संस्थाकी अध्यक्ष बञ्जाराले जानकारी दिनुभयो। शिविर उद्घान कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहाल, वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्री, कृषि विकास कार्यालय धुलिखेलकी बाली संरक्षण अधिकृत रमा कार्की, टिस्यु कल्चर ल्याव कुशादेवीका राजेन्द्र थापा लगायत स्थानीयको उपस्थिती रहनुभएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *