पनौतीमा गोलभेंडा खेतीमा लागेको रोग परीक्षण

काभ्रे । राष्ट्रिय बाली रोग निदान अनुसन्धान केन्द्रद्वारा पनौती नगरपालिकामा लगाइएको गोलभेंडा खेतीको परीक्षण गरिएको छ ।
सो नगरपालिकामा लगाइएको गोलभेंडा खेतीमा विभिन्न रोगहरु लागेपछि नगरपालिकाले परीक्षणका लागि राष्ट्रिय बाली रोग निदान अनुसन्धान केन्द्रमा गोलभेंडा पठाएको थियो । परीक्षण पश्चात सो गोलभेंडामा नयाँ रोग देखा परेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिकाले एक सुचना जारी गर्दै रोग लागेका गोलभेंडाखेती कृषकहरुले नगरपालिकाको कृषि शाखामा सम्पर्क गरि विभिन्नको विषाधी प्रयोग गर्न हुन अनुरोध पनि गरेको छ । जारी विज्ञप्तिमा म्यानकोजेवयुक्त विषादी डायथिन एम ४५, २ ग्राम प्रतिलिटर पानीका दरले ८–१० दिनको फरकमा २–३ पटकसम्म सम्पूर्ण पात र डाँठहरु भिज्ने गरि छर्केर उपचार गर्नु पर्ने उल्लेख छ । ऋबचदभलमबशष्m युक्त विषादी द्यबखष्कतष्ल ले सम्पूर्ण जरा भिज्ने गरी ८–१० दिनको फरकमा २–३ पटकसम्म २ ग्राम प्रतिलिटर पानीको दरले मचभलअजष्लन गर्ने र चिस्यान वढी भए सुख्खा राख्ने तथा सुख्खा वढी भए चिस्यान बनाउनु पर्ने वैज्ञानिक चेतना मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *