पनौतीमा अनौपचारिक शिक्षा शुरु

पनौती ÷ जिल्ला शिक्षा कार्यालय काभ्रेको साक्षरता अभियान अन्तर्गत पनौती नगरपालिकामा २ हजार ३ सयलाई साक्षरता गराइने अभियानमा जुटेको जिल्ला शिक्षा कार्यालय काभ्रे पनौतीका श्रोतव्यक्ति नानीबाबु थापाले जानकारी दिए ।
स्थानिय गैरसरकारी संस्थाहरु नेत्रज्योति समाज सुधार संघ र सामुदायिक जनचेतना मञ्च नेपाल (क्याफ), सामुदायिक वन उपभोक्ता महासंघ काभ्रे, ज्ञानकुञ्ज अनौपचारिक मावि र पोर्टेजले गरी कुल ८० वटा कक्षा पनौती नगरपालिकामा संचालन भएको पनौती नगरपालिकाका सामाजिक इकाइ प्रमुख केशव बन्जाराले जानकारी दिए ।
नेत्रज्योति समाजसुधार संघले २६, सामुदायिक वन उपभोक्ता महासंघले २८, सामुदायिक जनचेतना नेपाल मञ्च (क्याफ) ले २४ र पोर्टेजले २ वटा कक्षा संचालन गर्ने भएका छन् ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *