नेपाल रेडक्रस सोसाइटीद्वारा युवाहरुलाई एकहप्ते तालिम

नेपाल रेडक्रस सोसाइटीको आयोजनामा हुन लागिरहेको एक हप्ते Y-Adapt तालिमको मंगलबार उद्घाटन भएको छ।

नेरेसोको तालिम केन्द्र बनेपामा यो तालिम सञ्चालन भइरहेको छ। तालिमको उद्घाटन नेरेसोका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा कार्यकारी निर्देशक ढकालले आफूले युवा अवस्थामा समुदायको सहयोग र पर्यावरणीय संरक्षणका लागि गरेका प्रयत्नहरुको स्मरण गर्दै युवाहरु सामाजिक परिवर्तक,परिचालक र संवाहक बन्ने अपेक्षासहित यो तालिम पश्चात् समाजमा रुपान्तरण देखिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी उद्घाटनमा आफ्नो धारणा राख्दै नेपाल स्थित रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्टिय महासंघका कार्यक्रम संयोजक हर्बे गजेउले युवा-युवाकै लागि भन्ने अवधारणामा आधारित रहेर तालिमको विकास गरिएको बताउँदै नेपाल सुहाउँदो Y-Adapt विकास गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

Y-Adapt अन्तर्राष्ट्रिय रेडक्रसको जलवायु केन्द्रले विकास गरेको तालिम हो । जसले युवाहरुलाई जलवायु परिवर्तनबारे सचेत गर्दै युवाहरुमार्फत समुदायलाई जलवायु परिवर्तनसँगसँगै अनुकूल जीवनशैली निर्माण गर्न प्रेरित गर्दछ।

यस तालिममा देशभरिबाट २५ जना युवा स्वयंसेवकहरु तथा भुटान रेडक्रस सोसाइटीबाट दुई जना प्रतिनिधिहरुको सहभागीता रहेको छ। यस तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी र बंगलादेश रेडक्रिसेन्ट सोसाइटीका युवाहरुले गर्ने नेपाल रेडक्रस सोसाइटी काभ्रेका उपमन्त्री राजु सिग्देलले जानकारी दिनुभयाे ।

 

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *