नेपाल रेडक्रस सोसाइटीको साधारणसभा

काभ्रे । नेपाल रेडक्रस सोसाइटीको बार्षिक साधारण सभा नेरेसोको राष्ट्रिय तालिम केन्द्र बनेपामा सम्पन्न भएको छ ।
शुक्रबार र शनिबार भएको साधारणसभामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यतामा सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी नेपालको अग्रणी परोपकारी संस्था हो । यसले अनवरत मानवीय सेवा प्रदान गर्दै आएको छ । नेपाल रेडक्रस सोसाइटीले मानवीय मूल्य प्रवर्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको मन्त्री बताउनुभएको थियो ।
त्यस्तै समाज कल्याण परिषद्का उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगी भूमिकामा विपद् व्यवस्थापन तथा अन्य सेवा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सबैलाई सेवा भावनाबाट अगाडि बढ्न अनुरोध गर्नुभएको थियो ।
साधारणसभामा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी पूण्यबिक्रम पौडेल, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल लगायतले नेपाल रेडक्रस सोसाइटीको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतीलाल श्रेष्ठले रेडक्रसको तत्कालिन अवस्था र निर्वाचित समितिले गरिरहेको पहलका बारेमा सभालाई जानकारी गराएका थिए ।
सभामा नेपाल रेडक्रस सोसाइटीका सम्पूर्ण प्रदेशहरुको प्रतिनिधित्व गर्दै नेरेसो मधेस प्रदेशका अध्यक्ष फुलमहमद मिया, जिल्ला शाखाको प्रतिनिधित्व गर्दै नेरेसो रूकुम पश्चिमका सभापति रमा गौतम, युवा रेडक्रस सर्कलको प्रतिनिधित्व गर्दै छात्रातर्फ बालकोट युवा सर्कल भक्तपुरकी सचिव कृति लामिछाने र छात्रतर्फ निलकण्ठ बहुमुखी क्याम्पस धादिङका युवा रेडक्रस सर्कलका सहसचिव रोशन बयलकोटी, जुनियर सर्कलको प्रतिनिधित्व गर्दै श्री कमल आधारभूत विद्यालय काठमाडौंका जुनियर सर्कलका सदस्य निश्चल थापामगर लगायतले रेडक्रसको महत्वका बारे मन्तव्य राख्नुभएको थियो ।
केन्द्रीय सभाको साधारण सभामा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापाले सञ्चालन गरेका कार्यक्रममा महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष वीरवहादुर बस्नेत, उपकोषाध्यक्ष डोलराज पाण्डेसहित केन्द्रीय सदस्यहरु, नेपाल रेडक्रस सोसाइटीका ७ वटै प्रदेश, ७७ जिल्ला शाखामध्ये ६७ जिल्ला शाखा र जुनियर तथा युवा रेडक्रस सर्कलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष राधा नेपालीले स्वागत गरेको कार्यक्रममा अर्का उपाध्यक्ष सुरेन्द्रसिंह ऐरले धन्यवाद मन्तव्य ब्यक्त गरेका थिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *