नेपाली कांग्रेसको महिला र टोल समिति गठन

काभ्रे । नेपाली कांग्रेस पनौती वडा नं. १ रयाले र वडा नं. ८ को आयोजनामा टोल सुधार समिति, तरुण दल महिला समितिलाई प्रमाण पत्र वितरण तथा पार्टीको वडा कार्यालय स्थापना गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पनौती नगर समितिका सभापति रामशरण भण्डारी, वडा अध्यक्ष केशव बञ्जारा, उपमेयरका प्रत्यासी अञ्जु रञ्जित लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व वडा सभापति देवराज बञ्जाराले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राधा खत्रीको सभापतित्वमा महिला विभाग गठन गरिएको थियो । जसमा उपाध्यक्ष उषा थापा, सचिव सरिता मगराती, कोषाध्यक्ष कल्पना गौतम, सदस्य निरु मगराती, सदस्य मेलिना गेलाल लगायत २१ सदस्यीय समिति गठन गरिएको थियो । त्यसैगरी तरुण दलका अध्यक्षमा हरिचन्द्र श्रेष्ठ, उपाध्यक्ष सन्तोष केसी, सचिव सिताराम हुमागाईं, सदस्यहरुमा गंगादेवी श्रेष्ठ, श्रीराम मगराती, रमेश मिजार, अर्जुन थापा, विदुर केसी, रुपक केसी, विदुर बञ्जारा र विकास बञ्जारा रहेका छन् । त्यस्तै वडा नं. १ रयालेमा श्याम सापकोटाको सभापतित्वमा टोल समिति गठन गरिएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *