नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सह–महामन्त्री

काभ्रे । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछिको प्रथम काभ्रे जिल्ला सम्मेलन शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले उद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश खानेपानी उर्जामन्त्री तिर्थबहादुर लामाले सभापतित्वका आसन ग्रहण गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला समिति काभ्रेका सचिव माधव ढकालले राजनीतिक प्रतिवेदन एवं अर्का सचिव गुणराज मोक्तानले पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला कोषाध्यक्ष जगनाथ गिरीले रु. २६ लाख ८७ हजार ३ सय ४० बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदन आफ्नो कार्यकालको मात्र रहेको कोषाध्यक्ष गिरीले जानकारी दिनुभएको थियो । त्यसैगरी पूर्व कोषाध्यक्ष कृष्णगोपाल भैलले
नेपाली कांग्रेसको १३ औं महांधिबेशनबाट मलाई नेपाली कांग्रेस काभ्रेको कोषाध्यक्ष पदमा निर्बाचित गरिए पश्चात् पार्टीको आफ्नै भवन बनाउने बिषयमा निबर्तमान सभापती मधु प्रसाद आचार्यसंगको छलफलबाट भएको निर्णय बमोजिम पार्टीको नाममा जग्गा नामसारी गरि पार्टीका केन्द्रीय सभापती शेर बहादुर देउवाबाट भवन शिलान्यास गरांउने भन्ने निर्णय भएको हुंदा १२औं महाधिबेशनबाट अनुमोदित र प्राप्त हिसाब किताब अनुसार तत्कालिन सभापती शिव प्रसाद हुमागांईको नाममा रहेको पार्टीको जग्गाको ऋण बापत तिर्नु पर्ने रु २२ लाखमा नेपाली कांग्रेस जिल्ला कार्य समितीलाई मेरो नाममा सुगम इन्भेस्टमेन्ट प्रा लि बनेपासंग २०७३÷०३÷१५ गते रु १५ लाख ऋण लिएको (२०७३÷०६÷०२ गतेको कार्यसमितिको बैठकले कोषाध्यक्षलाई उक्त जग्गा बैंकिंग कारोबार गर्न अधिकार दिएको) र नपुग रु ७ लाख कार्य समिती सदस्यहरुसंग सहयोग उठाई ऋण तिरेकोमा रु १५ लाखको २ बर्षको ब्याज समेत भुक्तानी गरि सकेको मध्यमार्गलाई जानकारी दिनुभयो ।
पार्टिको १४औं महांधिबेशनका सन्दर्भमा कृयाशिल सदस्यता नबिकरणको शुल्क र भवन निर्माण गर्न प्रत्येक कृयाशिल सदस्यबाट रु २ सय सहयोग लिने गरि तत्कालिन कार्य सम्पादन समितीबाट अनुमोदन भए अनुसार उठाईएको रकम काभ्रे प्रदेश सभा २ क का तत्कालिन सभापती महेश खरेल र काभ्रे प्रदेश सभा २ ख का सभापती बिदुर घिमिरे मार्फत प्राप्त गरेको सम्पूर्ण रकम ( करिब रु ४० लाख) काभ्रे प्रतिनिधि सभा २ का सभापती कन्चन चन्द्र बादेले नेपाली कांग्रेस जिल्ला कार्य समिती काभ्रेलाई बुझाउने प्रयास नभएको र ऋण चुक्ता गर्ने कुनै प्रकिया अगाडि बढेको नदेखिएकोले करिब ४ बर्षको ब्याज रु ९ लाख र सांवा रु १५ लाख गरि रु २४ लाख र भवन निर्माण सामाग्री खरिद गर्न मैले रु १ लाख सापटी दिएको गरि जम्मा रु २५ लाख यथाशीघ्र भुक्तानी पांउन अनुरोध समेत गरेका छन् ।
पार्टीको १४औं महाधिवेशनमा काभ्रे जिल्लामा १९ हजार १ सय १७ जना क्रियाशील सदस्यबाट नविकरण दस्तुर ४ सय २५ बाट हुन आउने कुल ८१ लाख २४ हजार ७ सय २५ बराबरको हिसाबकिताब अघिल्लो कार्यसमितिले नबुझाएको बुझिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

1 Comment

  1. वधाई तथा शुभकामना व्यक्त गर्दछु। तर केही हुनै पर्ने अनुहारहरु यो सभामा देखिएन । त्यसैले यसलाई भव्यरुपमा सम्पन्न भयो भन्न सकिन्न। नेतृत्वले सबैको साझा भएर काम गर्नु पर्छ। सबैलाई समेट्ने कांग्रेस नारामा मात्र होइन, व्यवहारमा पनि हुन सक्नु पर्छ। यो मेरो व्यक्तिगत सल्लाह सुझाव हो । जय नेपाल।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *