नेपालमा राजसंस्थाको उदय, विस्तार र अन्त्य

¬                                                               उद्धवप्रसाद नेपाल
नेपाली परापुर्वकालदेखि नै राजनैतिक अस्थीरता तथा कमजोर आर्थिक नीतिका कारण मुलुकको सर्वाणङ्किण विकास र जनतामा शान्ति सुरक्षाको ग्यारेन्टि जनताको अािर्थक उन्नति शिक्षा, रोजगार, स्वास्थ्य,जस्ता आधारभुत आवश्यकता सम्म पुरा गर्न नसेकोले राष्ट्र आत्मनिर्भर हुन सकेको अवस्था अझ पनि भै सकेको छैन । नेपालमा गोपाल वंशीय राजाहरुदेखि शाह वंशीय राजाहरुसम्म हजारौँ राजाहरुले शासन गरे तर राष्ट्र र जनताको पक्षमा चासो राख्ने खालका शासकहरु देखा परेनन् । आफ्ना भाइभारदार र परिवारहरुको वंश नै समाप्त गरी राज्य शासन परापुर्व कालदेखि नै चलि आएको कुरा इतिहासमा प्रष्ट हेर्न सकिन्छ । राष्ट्र र  जनताको हक अधिकारहरुलाई कुण्ठित गरी विलासितामा रमाएर राज्य शासन गर्ने शासकहरुको कमि नेपालमा नभएको होइन । राजपविारमा एउटै मात्र  सोच लिने व्यक्तिहरु रहेको पाइएको छ  । त्यो भनेको सत्ता कब्जा गरेर मोज मज्जा गर्ने र विलासी जिवन यापन गर्ने ।

गोपाल वंशका प्रथम राजा भुक्तमान हुन् । र अन्तीम राजा यक्ष गुप्त थिए । यो वंशका राजाले ५२१ वर्ष राज्य शासन गरेको कुरा पाइन्छ । त्यसपछि अमिर वंशले राज्य चलाए  यस वंशका प्रथम राजा वरसिंह हुन र अन्तिम राजा भुवन सिंह हुन उनीहरुको वंशले १११ वर्ष शासन गरे त्यस पछि किराँत राजाले राजाले राज्य सञ्चालन गरे । इ.सा पुर्व ७६० मा प्रथम राजा यलम्वर र अन्तिम राजा मस्ली थिए । उनीहरुले २९ राजाले १११८ बर्ष राज्य  शासन गरे त्यसपछि सोम वंशंले राजा निमिष र अन्त्यमा राजा भाष्कर बर्मा थिए उनीहरुका ५ राजाले राज्य शासन गरे । त्यसपछि  सूर्य वंश प्रथम राजा भूमि थिए । उनी निसन्तान भएकोले सगोत्री भाइलाई राज्य सुम्पिए । गोदावरी यो राज्य  गोदावरी आरपास भएको अनुमान गरिन्छ । त्यसपछि सेन वंशका राजा प्रथम रुद्र सेन थिए । उनको राजधानी पाल्पा मानिन्थ्योे । उनको शासन वि.सं. १८१९मा पृथ्विनारायण शाहले युद्ध गरेर जिते पछि अन्त्य भयो त्यसपछि कर्नाटक वंशीले वि.सं.८११ म भारतको सगौरागढबाट भक्तपुर कब्जा गरी केहि समय शासन गरेको अनुामान गरिन्छ । त्यसपछि लिक्षिवी बंशी राजाले शासन गरे वि.संं.१४३मा भारतको मुजाफारफुर  पाटन, आसपास बाट नेपाल आई यसका प्रथम राजानयदेव राज्य शासन गरे त्यसपछि वि.सं. ६२१ देखि ६६२ सम्म मानदेवले राज्य गरे वि.सं. ६६२ वि.सं. ७३६ सम्म नरेन्द्र देवले शासन गरे वि.सं. ११२६देखि ११३५ सम्म शंकरदेवले शासन गरे । वि.सं.१२०६ देखि १२०७ सम्म क्रन्चले शासन गरे । वि.सं.१२४१ देखि गुणकामदेव र वि.सं. १५७५ देखि १६१० सम्म मुकु्न्द सेनले पाल्पामा शासन गरे । लिच्छवी वंशका अन्तिम राजा  जय काम देव थिए । लिच्छवीवंशले एघार सय बर्ष शासन गरे मानदेव अंशुवर्मा चर्चित राजाको रुपमा चिनिन्छन् ।

वि.सं.१६३ मा किराँत राजालाई पराजित गरी लिच्छवी वंशी राजाहरु राज्य शासन गरेका थिए । वि.सं. ७६० मा तिव्वतसंग विवाद हुदा नेपाललाई बिजय गराउने काम गरे । त्यसपछि ठकुरी वंशका अन्तिम राजा जय काम देव पछि नुवाकोटका राजा भास्कर देवले शासन गरे । उपत्यकामा मल्लहरुले पुर्खेउली घर नुवाकोट थियो । मल्ल राजाले वि.सं.१२५८मा सर्व प्रथम अरीदेव मल्लले शासन गरे भने उनले वि.सं.१२५८देखि १२७३ शासन गरे। अरीदेवले वि.सं.१२८१ देखि १३१० सम्म अभय मल्लले शासन गरे वि.सं.१३३६देखि १३६४सम्म अनन्त मल्ल्लले शासन गरे । वि.सं. १४३८ देखि १४५२ सम्म जयस्थििति मल्लले शासन गरे भने १४८३देखि १४८५ सम्म यक्ष मल्लले उपत्यकालाई छोराहरुलाई  अंश वंश जस्तै राज्य बाडेर शासन गरे जयप्रकाश मल्लले कान्तिपुर, तेज सिँह मल्लले पाटन, रणजित मल्लले भक्तपुरमा शासन गरे त्यसपछि शाहवंशीय राजाको शासन प्रारम्भ भयो ।

शाह वंशीय राजा सर्वप्रथम भारतको चितौडागढबाट नेपालको पाल्पा हुँदै लमजुङ गोेरखा नुवाकोट हँुदै उपत्यका  प्रवेश गरेको देखिन्छ । वि.सं.१६१६ शााहवंशीय राजा द्रव्य शाह  प्रथम राजा भए । उनले १६२७सम्म राज्य गरे । वि.सं.१६२७देखि १६६३सम्म पुरन्दर शाहले शासन गरे । वि.सं. १६६२देखि छत्र  शााहले शासन गरे । वि.संं. १६६३देखि १६९० सम्म राम शाहले शासन गरे । वि.संं.१७०३ देखि १७९९ सम्म नरभुपाल शाह शासन गरे । त्यसपछि पृथ्विनारायण शाहले छरिएर रहेका बाइसे र चौविसे राज्यलाई एकिकरण गरि नयाँ नेपालको निर्माण गरे । गारेखााबट नुवाकोट विजय गरि उपत्यकामा आई राज्य शासन गरे । वि.संं.१८३१देखि १८३४सम्म प्रताप सिँह शाहले राज्य गरे । वि.सं. १८३४देखि १८५५ सम्म रणबहादुर शाहले शासन गरे । १८५५ देखि १८७३ सम्म ग्रिवेन्द्र वीर विक्रम शाहले शाहले शासन गरे । वि.सं. १८७३देखि १९०४ सम्म राजेन्द्र शाहले शासन गरे । (यसै क्रममा विसं १९०३ मा जंगबहादुर शाहले नेपालमा कोतपर्व, भण्डारखाल पर्व जस्ता मानव विनाशकारी काण्डहरु मच्चाइ राज्य शासन आफुनो हातमा राज्य शासन लिए । त्यसपछि करिव १०४ वर्ष सम्म राणाहरुले जहाँनिया हुकुमी शासन संञ्चालन गरे । )

त्यसपछि सुरेन्द्र शाहले १९३८ सम्म गरे । वि.सं.१९३८देखि१९६८ पृथ्वि वीर नेविक्रम शाहले शासन गरे । वि.सं.१९६१ देखि२०११सम्म त्रिभुवन वीर विक्रम शाहले शासन गरे । २०११ देखि २०२८ सम्म महेन्द्र वीर विक्रम शाहले शासन गरे । वि.संं. २०२८देखि २०५८ सम्म वीरेन्द्र वीर बिक्रम शाहले शासन गरे । वि.सं.२०५८देखि केही दिन सम्म दीपेन्द्र वीर विक्रम शाहलाई राजा बनाइयो । त्यसपछि ज्ञानेन्द्र वीर विक्रम शाह वि.सं.२०५८देखि २०६२ सम्म राज्य गरे । त्यसपछि मात्र नेपालमा राजसंस्थाको अन्त्य भएको हो ।

वि.सं.२००३ सालमा नेपाली काँग्रेसको स्थापना भयो । २००७सालमा नेपालरमा जहानिया राणा शासन विरुद्ध जनक्रान्तिको घोषणा गरियो । दमन अत्याचार र शोषण विरुद्धको आन्दालनपछि  नेपाल प्रजातन्त्रको उदय भयो । राजा  नेकाको संयुक्त सरकार धेरै बेर टिकाइएन । अनेक बहानामा शाह राजाहरुले नेकालाई दवाउने काम गरियो । नेका लाई नै सखाप पार्ने उद्देश्यले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरियो  । त्यसपछि देशको अवस्था निकै नै जरजर बन्दै गयो । देश विकासको कार्ययोजनाहरु विलाउनदै गए  । फलतः देशको जनताहरु भmन गरिबी, अशिक्षा र वेरोजगार जस्ता समस्याहरुको सामना गर्नु प¥यो । यसै सन्दर्भमा वि.सं. २०१७ सालमा राजा महेन्द्रले आम निर्वाचन गराए । नेका दुई तिहाई बहुमत प्राप्त ग¥यो । वि.पि कोइरालाको नेतृत्वयमा सरकार गठन भयो । यो सरकारलाई लामो समयसम्म टिकाइएन । राजा महेन्द्रले नेकाको सरकारले पाएको लोकप्रियतालाई सहन सकेनन् । फलस्वरुप नेका सरकारलाई अपदस्त गराई निर्दलिय पञ्चायत व्यवस्था लादे । विसं २०३६ सालमा जनमत संग्रहको घोषणा गर्न बाध्य भए महेन्द्र । बन्दुक र शैनिकको आडमा निरंकुश शासनलाई प्रशय दिए । कपटपुर्ण ढंगबाट आम निर्वाचन सम्पन्न गराए । फेरी निर्दलिय पञ्चायती शासनलाई निरन्तरता दिए । उनकै इशारामा कम्युनिष्ट पार्टीले फल्ने फुल्ने अवशर पायो । वि.संं. २०५२ सालदेखि २०६२ सम्म नेपालमा नेकपा माओवादी पार्टीले सञ्चालन गरेको दश वर्षे सशस्त्र जनआन्दोलन चर्कायो । सर्वहारा वर्गको शासन र राज्यको स्वरुप नै परिविर्तन गर्ने देखावटी उद्देश्य बोकी परिवर्तन गर्ने नाममा हजारौँ नेपाली जनताको रगत र पसिनामा होली खेले । नयाँ नेपालको सपना देखाई कयौँ जनतालाई सशस्त्र आन्दोलनामा होमी,भौतिक संरचनाहरुको विनाश गरी सत्तामा पुगे । तकालीन सरकारको बाह्र बुँदे सम्झौतामा हस्ताक्षर गरि हत्या हिंसाको राजनितिलाई अल्पविराम थिए । विसं. २०६२देखिी २०६३ सम्म नेकको नेतृत्वमा माओवादी एमाले लगायतका अन्य साना दलको आवहानमा जनआन्दोलनको सुरुआत भयो । करिव १९ दिन सम्म चलेको सो आन्दोलन ज्ञानेन्द्रको विरुद्धमा भएको थियो । उसको एकदलयि राज्य सञ्चालन गर्ने इच्छा विरुद्ध थियो । राजा ज्ञानेन्द्रले जनता सामु आत्मसपर्ण गरे । त्यसपछि नेपालमा लोकतन्त्रको स्थापना भयो । संविधान सभाको निर्वाचन गराई  लोकतान्त्रिक संविधानको निर्माणत सरकारको दायित्व थियो । हिजो महेन्द्रका आसेपासे लागेकाहरु आज वमपन्थी र उग्रवामपन्थीरुे समुमा देखा परेका छन् ।

यता परापूर्वकालदेखिको राजसंस्था अन्त्य बैधानिक रुपमा नभएको कुरा स्पष्ट छ । अझै पनि यसका अवशेषहरु सलबालाउदै छन् ।उनीहरु त अवशरको खोजीमा छन की कसरी फेरी नेतृत्व लिने र फेरी तानाशाही शासन लागु गर्ने ।  प्रमुख दलहरु  एकपछि अर्काे गल्ती गर्दै जाने हो भने जनताहरुले विश्वास गर्ने ठाउँ रहने अवस्था नभै फेरी अर्काे आन्दोलन गरि राज सत्ता नै लागु गर्न निश्क राजालाई सहयोग नगर्लान भन्न सकिन्न ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *