काभ्रे । एमाले बागमती प्रदेश कमिटी सदस्य एवं धुलिखेल नगरपालिकाका प्रभावशाली नेता रामकृष्ण हुमागाईं तत्कालिन काभ्रे गाउँ विकास समितिका अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, वर्तमान वडा अध्यक्ष उपेन्द्र हुमागाईं, नेता माधवमणि हुमागाईं, जिल्ला सदस्य मुरारी हुमागाईं, एमाले नगर समितिका सदस्य पुरुषोत्तम बस्नेत, यादव गौतम, धनञ्जय हुमागाईं, अर्जुन बहादुर भुजेल र रामकृष्ण भुजेल लगायतका सयौं एमालेका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
आफू पार्टीको नेतृत्वबाट बारम्बार अन्यायमा परेको भन्दै असन्तुष्ट जनाउँदै आएका नेता रामकृष्ण हुमागाई सहितका अन्य नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि एमालेले फोन संवादलाई हुमागाईको राजनीति सिध्याउने अस्त्रको रुपमा लिएको बुझिन्छ । तर एमालेले भाइरल बनाउन खोजेपनि टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनको रणनीति बाहेक अरु कुनै कुरा नभएको उल्लेख गरेको पाइन्छ ।
एक हप्ताको बीचमा धुलिखेल एमालेका प्रभावशाली नेता कांग्रेस प्रवेश गर्दा एमाले फुट्दा पनि अरु दल नरोजेका जनप्रतिनिधि, चुनावको मुखैमा कांग्रेस प्रवेश गरेपछि धुलिखेल एमालेमा खैलाबैला मच्चिएको छ ।
एमाले नेता कार्यकर्ताहरु गोकुल बाँस्कोटाको ७० करोड टेप काण्ड जस्तै बनाउने खोजिरहेको देखिन्छ । तर हुमागाईले आर्थिकको कुनै पनि कुरा गरेको त्यो संवादमा सुन्न पाइँदैन । १९ मिनेट २१ सेकेन्डको संवादमा पार्टी र भावी रणनीति बाहेक अन्य कुनै कुरा भएको छैन ।