बनेपा । प्रजातान्त्रिक पद्धतिबाट नेपाली कांग्रेस काभ्रेको पालिका अधिवेशन सम्पन्न भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईंले नेपाली कांग्रेस बनेपा नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको बधाई तथा शुभकामना एवं पद हस्तान्तरण कार्यक्रममा बोल्नुभएको हो ।
नेता हुमागाईंले मलाई तपाईंहरुले भोट दिएर नेता बनाउनुभएको हो र तपाईंको बल संगठन गरेर म माथि पुगेको हुँ । यो तागत म कम्युनिष्टलाई देखाउन चाहन्छु, हाम्रा पार्टीका साथीहरुलाई होइन । अब काभ्रेमा चार तारे झण्डा फहराउन म चुनावी रणनीति बनाउने छु र साथीहरुलाई तेहै्र पालिकामा स्थानीय निर्वाचनमा विजय हासिल गराउन लागिपर्ने छु भन्दै बनेपा प्रजातान्त्रिकवादीको नगर हो, प्रजातन्त्रवादीको विजय नहुँदा विकास निर्माणमा हामी पछि परेको ठोकुवा गर्नुभयो । नेता हुमागाईंले म सांसद भएपछि बनेपा पोलिटेक्निक स्कूल र काभ्रे एकीकृत खानेपानी, पनौती–ग्वार्काे सडक निर्माणमा हामी जुटेका हौं ।
अहिले कम्युनिष्टले खोक्रा नारा र भाषण दिएको जस्तो होइन, कम्युनिष्ट साथीहरु काम गरेर देखाउनुस्, आश्वासन र झुटा नारा दिएर अब जनता झुकिनेवाला छैनन् ।
पूर्व सांसद एवं क्षेत्रीय सभापति कञ्चनचन्द्र बादेले कहिँ कतैबाट निर्देशित भई क्रियाशील सदस्यहरु ल्याउन कांग्रेस विधानले दिएको बागी उम्मेदवार बन्ने र त्यो उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने साथीहरुलाई समेत नेपाली कांग्रेसको विधानले चौधौं महाधिवेशनमा क्रियाशील नविकरण नगर्ने उल्लेख भएता पनि नविकरण भई आएर अधिवेशनलाई प्रभाव पारेको आरोप लगाउनुभयो । नेता बादेले साथीहरु तपाईं खेलाञ्ची र अन्याय नगर्नुस् र मुखमा राम राम र बगलीमा छुरा गरेकाले केन्द्रबाट नाम थपेर नविकरण गरेको आरोप लगाउनुभयो ।
सो कार्यक्रममा उपसभापतिद्वय अच्युतप्रसाद पौडेल र गोविन्द बहादुर थापा, क्षेत्रीय सभापति विदुरप्रसाद घिमिरे, निर्वाचन अधिकृत शम्भुप्रसाद घिमिरे, निवर्तमान सभापति राम जोशी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पहिलो सत्रको सभापतित्व राम जोशी गर्नुभएको थियो भने दोस्रो सत्रको सभापतित्व नवनिर्वाचित नगर सभापति महेश कर्माचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान नगर उपसभापति इश्वरी बादेले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन योगेशराज कायष्ठ र नवनिर्वाचित सचिव योगराज दाहालले गर्नुभएको थियो ।
त्यसैगरी नेपाली काँग्रेस पनौती नगर कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय सदस्य हुमागाईले तत्कालै स्थानीय तहको निर्वाचन आएकोले फुर्सद गरेर बस्ने अवस्था नरहेको बताउनुभयो । तपाईहरुलाई एक मिनेट पनि फुर्सद गरेर बस्ने समय छैन । उहाँले उक्त कार्यक्रममा निर्देशनात्म सम्बोधन गर्नुहुँदै भन्नुभयो, तपाईहरुको काँधमा आउँदो नगर र वडाको स्थानीय चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने ठूलो दायित्व आएको छ । उहाँले पार्टीका सबै साथीहरुलाई समेटर अगाडि बढ्न निर्वाचित समितिलाई अनुरोध गर्नुभएको थियो । असोज ९ गते भएको पनौती नगर समितिको अधिवेशनले पुनः रामशरण भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता तीर्थ पसखल, जिल्ला सचिव दिनेश लामा, पनौती नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उपमेयरकी उम्मेदवार अन्जु रन्जित, नेपाल शिक्षक संघका अध्यक्ष एवम् पनौती नगरका निर्वतमान सचिव राजेशराज महत, नवनिर्वाचित सचिव नारायण सापकोटा, वडा न ९ का सभापति भरत रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नगर सभापति भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विदुर बन्जरा, सहसचिव ईश्वरी ओझा, जिल्ला सदस्य रविन्द्र सिग्देल, साधुराम सापकोटा, नवनिर्वाचित क्षेत्रिय प्रतिनिधि, वडा सभापति लगायतको उपस्थिती रहेको थियो । नेपाली काँग्रेस पनौती नगर समितिमा ६७ सदस्य कार्यसमिति निर्वाचित भएको छ । सभापतिले निर्वाचित कार्यसमितिबाट कोषध्यक्ष र १२ जना कार्यसमिति सदस्य मनोनित गर्न पाउने व्यवस्था रहेको छ ।