नारायणटारमा बिन्धवासिनीको सदस्य भेला

भकुण्डे । बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्था लि भकुण्डे सेवा कार्यालयको आयोजनामा गत बुधबार रोशी गाँउपालिकाको वडा न २ नारायणटारमा एक दिने सदस्य विस्तारित भेला तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीले नियमित रुपमा सस्थाका गतिविधिहरु, सदस्यहरुलाई जानकारी दिने र सदस्यहरुबाट सुझाव संकलन गर्ने उदेश्यले सदस्य भेला कार्यक्रम संचालन गर्दै आएको छ । संचालक सदस्य प्रकाशबहादुर कायस्थको सभापतित्वमा भएको उक्त भेलामा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमेरेले सहकारीको स्थापना र वर्तमान अवस्था, बिन्धवासिनी सहकारीको नीति नीयम तथा कार्यक्रमहरु, संस्थाले प्रदान गर्दै आएको सेवा सुविधा, आधुनिक प्रविधिको प्रयोग, साधारण सभा तथा अन्य कार्यक्रमहरुमा सदस्यहरुको भुमिका, वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौती आदीका बारेमा सदस्यहरुलाई प्रशिक्षण दिनु भएको थियो । करिव ८० जना सदस्य सहभागि भएको कार्यक्रममा भकुण्डे सेवा कार्यालय व्यबस्थापन उप समितिका संयोजक श्यामकृष्ण श्रेष्ठ, सचिव रामशरण श्रेष्ठ, कार्यालय व्यबस्थापक राजेन्द्र श्रेष्ठले भेलाको औचित्य सहित संस्थाको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो भने सदस्यहरुबाट उठेका प्रश्न र जिज्ञासालाई संचालक सदस्य प्रकाशबहादुर कायस्थले सम्बोधन गर्नु भएको थियो ।
काभ्रे जिल्लामा स्थापना भई हाल काभ्रे सहित उपत्यकाको तिनै जिल्ला कार्यक्षेत्रमा सेवा संचालन गर्न अनुमति पाएको विन्धबासिनी सहकारी संस्थाले ५४ हजार छ सय २४ जना शेयर सदस्य, १० हजार सात सय ४३ बालबचत कर्ता गरी कुल ६५ हजार तीन सय ६७ जनालाई सेवा दिई ५२ करोड छ लाख ७६ हजार शेयर पूँजी, तीन अर्व ५८ करोड ८८ लाख वचत संकलन, तीन अर्व ५७ करोड दूई लाख ऋण लगानीमा तथा जगेडा तथा अन्य कोषमा गरि ५९ करोड ११ लाख ६३ हजार जम्मा गर्न सफल भई चार अर्व ९९ करोड १४ लाख ७७ हजार कुल सम्पत्ति पु¥याउन सकेको प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । मुख्य कार्यालय सहित सात वटा सेवा कार्यालय र नौ वटा सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको विन्धबासिनी सहकारीले भकुण्डे सेवा कार्यालय अन्तर्गत सेवा प्रदान गर्ने गरी २०७५ सालदेखी रोशीको खहरेपाँगुमा सेवा केन्द्र संचालन गरेको थियो । सेवा केन्द्रले रोशीको एक देखि चार वडा र नमोबुद्धको सात देखि नौ वडाको दक्षिणी भेगका करिव १२ सय सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको कार्यक्रममा जानकारी दिएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *