नया युगको लागि नयाँ शिक्षा

आजको आधुनिक युगमा विज्ञानले निकै चमत्कारी विकास गर्ने र मानिसहरुलाई यातायात, संचार, कृषि, व्यापार, उद्योग, विद्युत र सिँचाई आदि सम्पूर्ण कुराहरुमा नयाँ नयाँ प्रविधिहरुको विकास त गरेका छन् तर समाजलाई यसले विकास गर्नुको बदलामा आचरणविहिन, नैतिकहीन, अनुशासनहीन तथा धर्मको अर्थात् पतन गराएर संसारलाई नाँगो बनाएको छ ।
भौतिकताको विकासको कारण मानिसहरु शरीरको लागि आवश्यक पर्ने यावत सहसुविधाहरुलाई मात्र ध्यानमा राखी आफ्नो सम्पूर्ण समयलाई खर्चिन पुगे । सपनामा पनि यिनै सुविधाहरुको लागि व्यस्त रहेको पाइयो । यसले गर्दा मानिसहरु बीच दिनप्रतिदिन मतैक्यताहरु बढ्दै गयो । त्यतिमात्र होईन प्रकृतिसँगको सम्बन्ध पनि अति जटिल बन्दै गइरहेको छ । आज हामी देखिरहेका छौं कि प्रकृतिले पनि हिजो कहिल्यै नदेखाएको रीस देखाईरहेको विभिन्न देशहरुमा घटेका प्राकृतिक प्रकोपहरु जस्तै बाढी, भुकम्प, सुनामी, आगलागी, भू–क्षय आदिले प्रष्ट्याउँछ ।
माथि उल्लेखित सबै कुारहरुको परिणाम मानिसमा अत्याधिक रुपमा भयको उत्पन्न हो । भयले नै सम्पूर्ण मानसिक तथा शारिरीक तनावलाई निम्त्याउँछ । आजको जटिल भन्दा जटिल रोगको कारण तनाव नै हो । शारिरीक तनावलाई आधुनिक उपचारको पद्दतीले सहारा पु¥याउन सक्छ । तथापि, यसलाई पनि सबै मानिसहरुमा पु¥याउन नसकेर अकालमै मृत्यु व्यहोर्नुपर्ने धेरै देशका गरिबी तथा अशिक्षाको परिणामले देखाएको छ । यस आपूर्ति मात्र हुने खाने बीचमा सिमित रहेको छ । मैले आधुनिक स्वास्थ्य पद्दतिको विकासले सिमित संख्यामा मानिसहरुलाई भएपनि राहत पु¥याइरहेको छ ।
मानसिक तनाव यस्तो तनाव हो जसलाई चिकित्सा विज्ञानले खासै राहत पु¥याउन सकेको छैन । जिज्ञानले यसको राहतको लागि कामै नगरेको त होइन तर सिंगो यसको विकासले मानसिक तनावलाई शान्त पार्न सकेको छैन । किनभने मानसिक तनाव भौतिक वस्तुहरुको सेवाले समाधान ल्याउने कुरा नै होइन । यसको लागि आध्यात्मिक ज्ञानको माध्यमबाट उपचार बाहेक अरु कुनै पनि विकल्प छैन । नयाँ युगको विकासको लागि यही नै ठूलो चुनौती हो । के भौतिकवादीहरुले यस चुनौतीको सामना गर्न सम्भव छ ? विभिन्न घटनाक्रमले के देखाई सकेको छ भने मानसिक तनावका लागि भौतिक उपचार मात्रले गर्दा कति मानिसहरुको जिन्दगी बर्बाद भएको छ भने लाखौं मानिसहरुको अकालमै मृत्यु भएको छ । किनभने मानसिक तनावको क्षणिक समयावधि भित्र निकै ठुलठूला नराम्रा घटनाहरु घटेका छन् । मानिसहरुलाई कति समय त बेचैन बनाएको हुन्छ । यो हाँकलाई आधुनिक सभ्यताको विकास निराकरण नभई विनाशको कारण बनेको छ । त्यस्ैले अब हामीले नयाँ युगलाई जान्नु र नयाँ युग सुहाउँदो शिक्षाबारे जानकारी प्राप्त गरी त्यस दिशामा जान अत्यन्त आवश्यक भैसकेको छ ।
के बुझिसकिएको छ भने आधुनिक सभ्यताको जति जति विकास हुँदै जान्छ । त्यति त्यति विनाश निम्त्याउने कुरा प्रायःपक्का रहेको छ । यस सभ्यताले मानिसहरु बीचको सद्भावको विकास पनि असम्भव रहेको छ। सबैको ध्याउन्नन के रहेको छ भनि जसरी भए पनि भौतिक वस्तुहरुको संकलन र चरित्रहीनताको लागि नै जोड चलिरहेको छ । योदेखि बाहेक वास्तवमा मानिसहरुले कुनै नयाँ दुनियाँ निर्माण गर्ने र त्यसको लागि उपयुक्त शिक्षा दिन सक्ने सम्भावना देखिएको छैन किनभने मानिसहरुमा ज्यादैनै नकारात्मक सोचले जरा गाडीसकेको छ । यसबाट उम्किनको लागि सामँनय मेहनतले पुग्ने वाला छैन । किनभने नयाँ युगको लागि मानिसहरुले नैतिक, चारित्रिक विकासको साथसाथै संस्काराको पुरै परिवर्तन गर्नुपर्ने अवस्था छ । अहिलेको हरेक प्रकारको हाम्रो संस्कारले हामीलाई अधोगतितिर नै लगिरहेको छ । नयाँ दुनियाँको लागि नयाँ संस्कारकै विकास गर्न आवश्यक छ । यसको ज्ञान कुनै मनुष्यले दिनसक्ने छैन ।
नयाँ दुनियाँका लागि नयाँ ज्ञान कसले दिन्छ ? यो अहं सवाल हो । यस्तो अहम् सवालको यथा समाधान, सर्वज्ञ सर्वशक्तिमान, पतित पावन परमपिता परमात्माले मात्र दिन सकिन्छ । परमपिता परमात्माको नाम हो ‘शिव’ । शिवको अर्थहो कल्याणकारी । त्यसैले सबैको कल्याण गर्ने वाला एक परमपिता परमात्मा शिव मात्र हुनुहुन्छ ।
अबको नयाँ युग भनेको सत्ययुग नै हो । सत्य युगमा देवीदेवताहरु रहन्छन् भन्ने कुरा सबैले बुझेको कुरा हो तर कसैलाई पनि यो थाहा छैन कि देवी देवता बन्ने ज्ञान कुन हो तर नयाँ युगको स्थापनाको साथै सो युग स्थापनार्थ आवश्यक ज्ञान पनि परमपिता परमात्माले नै दिनुहुन्छ ।
अहिले संसारमा सनातददेवी देवता धर्मको प्रायः लुप्त भैसकेको छ । साथै धेरै धर्महरुको स्थापना भएको छ । अबको समय भनेको सबै धर्मको विनाश र एउटै धर्म, सनातन देवी देवता धर्मको पुनस्र्थापना नै हो, जुन धर्म नयाँ युगको धर्म हो । नयाँ युगको विशेषताहरुलाई भाषागत रुपमा चर्चा गर्नुको सट्टा निम्नानुसार बुँदागत रुपमा प्रस्तुत गरिएको छः
१) नयाँ दुनियाँ भनेको सत्ययुग  हो, जहाँ सबै मनुष्यहरुलाई देवीदेवता भनिन्छ ।
२) सबै देवीदेवताहरु सर्वगुण सम्पन्न १६ कला सम्पूर्ण आत्मा हुन्छन् ।
३) यहाँ एउटै राज्य, एउटै भाषा तथा एउटै धर्म रहन्छ ।
४) यो युग नितान्त अहिंसात्मक युग हो त्यसैले भनिन्छ, यतिबेला बाघ र गाई एउटै धारामा पानी पिउँछन् ।
५) यहाँ सम्पूर्ण देवी देवताहरुले चिताएको पुग्नेहुन्छ र कोही गरीब हुँदैन ।
६) समाजमा चाहिने सबै तहका पदहरु यहाँ पनि रहन्छन् ।
७) कसैको अकालमै मृत्यु हुँदैन र जब समय पुगेको हुन्छ । सर्पले काँचुली फेरे झैं एउटा बुढो शरीरबाट एउटा बच्चाको शरीर धारण गरिन्छ ।
८) सबै सुख, शान्ति, आनन्दमा रहने भएकाले कसैलाई रोग लाग्ने हुँदैन र सबैले पुरा आयु बाँच्न सक्छन् । मरण आफ्नो इच्छामा निर्भर रहन्छ । त्यसैले कोही पनि बिरामी भन्ने हुँदैन, त्यसैले डाक्टर, वैद्य वा धामी भन्ने हुँदैन । सत्ययुगमा औसत आयु १५० वर्ष हुन्छ ।
९) सबैको बीच आपसमा सद्भाव, शुभभाव, शुभचिन्तन, सकारात्मक चिन्तन आदि हुने भएकोले आपसी मतभेद, भैझगडा आदि नहुने भएकोले त्यहाँ म सेना रहन्छ, न सिपाही रहन्छ, न अदालत रहन्छ, न त जेल नै रहन्छ । सँधै शान्ति रहनेछ ।
१०) सबै अन्न तथा फलफूलहरुको उत्पादन ठूलो र पौष्टिक तत्वले पूर्ण हुने भएकोले सबैको स्वास्थ्य तन्दरुस्त रहन्छ ।
११) सबैले सुख शान्तिले जीवन निर्वाह गर्ने भएकोले भगवान्ले पनि याद रहँदैन ।
१२) अहिलेको शासनमा शासकहरुलाई विभिन्न सल्लाहकारको आवश्यकता छ किनभने उनीहरु स्वयम् निर्णय गर्न सक्षम छैन तर त्यहाँको वडामहाराजा तथा वडामहारानीलाई शासन संचालनमा कुनै सल्लाहकारको आवश्यकता पर्दैन किनभने वहाँहरु आफै हरेक कुराबारे निर्णय गर्न सक्षम हुन्छन् ।
१३) मानिसहरु सँधैदेखि अभिमानी अर्थात् आत्मअभिमानी रहन्छन, अतः उनीहरुमा देहभाव हुँदैन ।
१४) त्यहाँ दुःखको नाम निशान हुँदैन ।
१५) त्यहाँ प्रकृति देवताको दासी हुनछ, अतः अहिलेको जस्तो कुनै पनि प्राकृतिक प्रकोप हुँदैन ।
१६) यसको आयु २५०० वर्ष हुन्छ ।
१७) यहाँ मानिसहरुमा काम, क्रोध, लोभ, मोह तथा अहंकार जस्ता विकनहरु नहुनुको साथै यसका अन्य बालबच्चाहरु, इष्र्या, द्वेष, घृणा आदि पनि हुँदैन ।

जहाँ नयाँ युगको लागि नयाँ शिक्षाको सवाल छ, त्यसमा परमपिता परमात्माले विभिन्न चार विषयहरु ज्ञान, योग, धारणा तथा सेवा दिनुभएको छ । यसभित्र सबै ज्ञानहरु समावेश छन् । भगवान्ले दिनुभएको त्यतिधेरै ज्ञानको यहाँ चर्चा गर्न असम्भव छ अतः सोबारे पनि केही प्रमुख बुँदाहरु मात्र यहाँ उल्लेख गरिएको छ ः
१) यो ज्ञान कुनै शास्त्रमा आधारित नभई प्रत्येक कल्पको कलियुगको अन्त तथा सत्ययुगको आदि समय जसलाई संगमयुग भनिन्छ । यस युगमा भगवान्ले सिधै आफ्ना बच्चाहरुलाई प्रत्यक्ष रुपमा दैनिक दिने ज्ञान हो । यस ज्ञानमा भगवान्ले पहिलो जान्नुपर्ने ज्ञानको रुपमा आत्मा र परमात्माको ज्ञान रहेको छ । आत्मा तथा परमात्मा दुवै सुक्ष्म दिव्य ज्योतिबिन्दु हुन् तर आत्माको प्रकाश सुर्य समान रहेको छ भने परमात्मा विन्दु रुप हुनुहुन्छ तर यसमा सिन्धुसमान हुनुहुन्छ ।
२) यो संसार एउटा बनिषवाड अविनासी नाटक रहेको छ । यो नाटकमा आत्मा तथा परमात्मा सबै पात्रहरु हुन् । सबैले यसमा आआफ्नो अनुसार नै अभिनय गरेका हुन्छन् भने एउटाको पार्ठ अर्काेको पार्ट सामेल खाने हुँदैन । यो एकपटक बनिसकेको ड्रामामा कुनै पनि परिवर्तन हुन सक्दैन । त्यसैले कल्प कल्प यो ड्रामा हुबहु दोहोरिरहन्छ । अन्तः आआफ्नो भवि कसले मेटेर भेट्न सकिँदैन । यति मात्र होइन कि कसैको अभिनयको पार्टमा भगवानलाई समेत परिवर्तन गर्नसक्नुहुन्न ।
३) हरेक आत्माले सतो, रजो, तमो गुणीको चक्करमा घुम्नै पर्ने हुन्छ । त्यस चक्कर अनुसार आत्माले सुखबाट घुम्दै दुःखको पनि उपभोग अनिवार्य गर्नैपर्ने हुन्छ । तर यहाँ एउटा समरणीय कुरा के छ भने परमपिता परमात्माको अवतरण भईसकेपछि वहाँले लेखनाथको तनमा प्रकट गर्नुहुन्छ र वहाँलाई कर्तव्य वाचक अनुसार प्रजापित ब्रम्हा नाम राख्नुहुन्छ र व्रम्हाकुमारीहरु उत्पादन गर्नुहुन्छ र वहाँहरु स्वर्गको स्थापना हुन्जेलसम्म लाग्नुभयो भने वहाँहरुनै स्वर्गका पहिलो देवीदेवताहरु बन्नु हुन्छ र अरु आत्माहरु परमधाम मै रहन्छन् । यी देवताहरुले नै सबैभन्दा बढी सुखको अनुभव गर्नुहुन्छ ।
४) जब आत्माले शरीरधारण गरेर आफ्नो पार्ट बजाउँदै जान्छ र समय बित्दै जान्छ । यसरी जब रजोगुणीको चक्करमा जान्छन् अर्थात् जब द्वापर युगको प्रारम्भ हुन्छ तम आत्माहरुमा काम, क्रोध, लोभ, भोक तथा अहंकार जस्ता विकासहरु शुरु हुन थाल्छ तब आत्मामा पापको दाग लाग्दै जान्छ । यसरी आत्माको शक्तिहरु क्रमशः क्षीण हँुदै जान्छ तर शुन्य भने हुँदैन । आत्माको रिचार्ज परमपिता परमात्माको यादबाट हुन्छ, अर्थात् परमात्माको यादबाट नै पापको नाश हुन्छ र पतितबाट पर्खन बन्दै जान्छ । एउटा बिर्सने नहुने कुरा के छ भने परमात्माले कुनै गर्भबाट जन्म लिनु हुन्न र साथै पुनर्जन्म पनि नहुने भएकोले वहाँको शक्तिमा कुनै अन्तर हुँदैन । वहाँ पनि पतित हुनुभयो भने पतित आत्मालाई कसले पावन बनाउँछ ?
५) अहिलेको विकृत संसारलाई देखेर चिन्तित हुनुछैन । आफ्नो पुरुषार्थ गरौं, श्रेष्ठ कर्महरुको पुँजी जम्मा गरौं, अरुहरुको आशिर्वाद लिँदै गर्नु र अरुलाई पनि आशिर्वाद दिँदै जाउ तब हाम्रो भविष्य अवश्य नै स्वर्णिम हुन जान्छ र संसार पनि श्रेष्ठ संसारमा बदलिन्छ । ब्रम्हाकुमारीयको सुवाक्य नै छ ः स्वपरिवर्तनबाट विश्व परिवर्तन । अतः विश्वको भविष्य जान्नुभन्दा पहिला आफ्नो भविष्यलाई उज्ज्वल बनाउनको लागि वर्तमानलाई श्रेष्ठ बनायो भने भविष्य आपसेआफ राम्रो हुन जान्छ ।
६) नयाँ युगको लागि ज्ञानको आधार मुरली (भगवान स्वयंमको महवाक्यहरु जसलाई सच्चा गीता ज्ञान भनिन्छ) हो । यसै मुरलीबाट हामी मास्टर ज्ञानको सागर बन्छौं । त्यसैले भगवानले जोड दिएर भन्नुभएको छ कि मुरली सुन्न कहिल्यै मिस नगर्नु । यदि बिरामी नै परेका छौ भने सुतेर भएपनि सुन्नु छ । कतै विदेशमा गएको छ भने त्यहाँ पनि मुरली पढ्नु छ भनि भगवान्ले बताउनुभएको छ । अर्काे कुरा ठीक समयमा आएर नै मुरली सुन्नु छ । त्यसैले मुरली ज्ञानको प्रमुख स्रोत रहेको छ ।
७) नयाँ युगको लागि राजयोग सबैभन्दा महत्वपूर्ण पक्ष रहेको छ । राजययोग राजाको पनि राजा बन्न्े ायेग हो । योग आत्माले परमपिता परमात्मामा लगाउनु छ । यस योगबाट नै आत्माको दुईयुगदेखि जम्मा भएको पाप अथवा फोहारको दुग्ध गरिन्छ र पतित आत्मा पावन बन्छ अर्काे शब्दमा आत्मा तमोप्रधानबाट सतोप्रधान बन्छ । यो अवस्था नभईकन अर्थात् पवित्र नबनि मुक्ति र जीवनमुक्ति पाउन सकिँदैन । त्यसैले ज्ञानको भन्दा पनि योगको स्थान पहिलो छ ।
८) भगवानले दिनुभएको ज्ञानको आधारबाट गरिने पुरुषार्थले नै सत्ययुगको लागि उचित दैवीगुणहरु तयार गरिन्छ । ती गुणहरु प्राप्त नभएसम्म देवता बन्न सकिँदैन । दैवी गुणहरु हुन, ज्ञान, पवित्रम, शानित, प्रेम, सुख, आनन्द र शक्ति । साररुपमा भन्नुपर्दा आत्माको पुरुषार्थ पुरा संस्कारलाई पूर्ण रुपमा परिवर्तन गरी नयाँ संस्कार अर्थात् दैवी संस्कार बनाउनु आवश्यक छ ।
९) यो संसार बनि बनाउन रंगमञ्च हो । यस रंगमञ्चमा सबै आत्माहरु पात्र रहेका छन् । यो अविनाशी नाटक भएकोले यो नाटकको पुनरावृत्ति भने रहन्छ । त्यसैले के भन्न सकिन्छ भने कर्मको भावी मेटेर मेटाउन सकिन्न । यसको अर्थ यो हो कि यो नाटकको अवधि ५००० वर्ष भएकोले आदिले हामीमा जे कर्म घटिट भएको छ त्यो ५ हजार वर्ष अगाडी पनि भएको थियो । अतः जीवनमा घट्ने घटना कहिल्यै नयाँँ हुन सक्दैन । त्यसैले भनिन्छ यस संसारमा नथिङ न्यू ।
१०) यस ज्ञानको अर्काे महत्वपूर्ण पक्ष हो, सबै धर्महरुको नष्ट पार्नु, सनातनदेखि देवीदेवताको धर्मको पुनस्थापना गर्नु । यो कार्य अरु कसैले गर्न सक्दैन । अतः स्वयं भगवान् नै आउनु भएर स्थापना गर्नुहुन्छ ।
११) यो पतित संसारलाई पावन बनाउन अर्थात् पुरानो संसारलाई स्वाहा गरी नयाँ संसार (स्वर्ग) स्थापना गर्न भगवान्ले नै रुद्र ज्ञानको स्थापना गर्नुहुन्छ । यस यज्ञको सम्मान गर्नेहरु ब्रम्हाकुमार तथा ब्रम्हाकुमारीहरु हुन्छन् । यो बेहदको यज्ञ हो । यसमा सदा पुरानो दुनियाँ स्वाहा हुनेछ । यो यज्ञपछि अरु कुनै रुद्र यज्ञ हुनेछैन, सत्ययुग र त्रेतायुगमा कसैले यज्ञ रहँदैन । यज्ञ रचिन्छ नै विघ्नलाई हटाउन । त्यसैले यो पुरानो दुनियाँको विघ्न हटाउन नै भगवानले यो यज्ञ रच्नुभएको हो ।
१२) यी सबै नयाँ ज्ञानको उपलब्धि भनेको एउटा राज्य, एउटा भाषा र एउटै धर्मको स्थापना गर्नु हो जसमा श्री लक्ष्मी तथा श्री नारायण बडामहारानी तथा बडामहाराजाले राज्य गर्नेछन् जहाँ पूर्ण अहिंसा हुनेछ ।
माथि उल्लेख गरिएअनुसार नयाँ दुनियाँको लागि नयाँ ज्ञान जान्न कुनै पैसाको खर्च गर्नुपर्ने अवश्यकता छैन । यसको लागि कुनै डिग्रिको पनि आवश्यकता छैन । यो ज्ञान सानो बच्चाहरु देखि लिएर बुढापाकाहरुले समेत एकसाथ लिन सकिन्छ । यो ज्ञान जबसम्म नयाँ दुनियाँको स्थापना हुँदैन त्यतिबेलासम्म चलिनै रहन्छ । यो ज्ञान लिन कतै विदेश जानु आवश्यक छैन । सिङ्गो नजरिकको प्रजापिता ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र वा गीता पाठशालामा सम्पर्क गर्नुभए पुग्छ । यसमा ७ दिनको आधारभूत कोर्स दिइन्छ, जुन दिनको एक घण्टाको हुनेछ । यसपछि त्यस व्यक्ति मुरली सुन्न योग्य बन्नेछ । यसरी उ ईश्वरीय विद्यार्थी बन्छ र ईश्वरीय परिवारपनि बन्छ ।
यो पढाई अहिले मानिसहरुले पढिरहेको पढाई जस्तो नभई यसको लामो असर छ । अहिलेको पढाईबाट एक जन्मको लागि पाई पैसा कमाउन पढ्छ भने ईश्वरीय पढाई २१ जन्मको लागि पढिन्छ ।
जुन विषय मैले यहाँ प्रस्तुत गरे तयो ज्यादै विशाल रहेको छ र मैले धेरै भन्दा धेरै सारांशमा मात्र प्रस्तुत गर्न सकेको छ । मलाई लाग्छ, यसबाट नयाँ युग र नयाँ युगको लागि शिक्षाबारे सामान्य जानकारी उपलब्ध हुनसक्ने छ ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *