नमोबुद्धमा मोतियाविन्दुको निशुल्क उपचार

काभ्रे । नमोबुद्ध नगरपालिकाले मोतियाविन्दु भएका नगरवासीलाई निशुल्क उपचारको व्यवस्था मिलाएको छ ।
रेयुकाई एइको मासुनासा आँखा अस्पताल बनेपासंग सम्झौता गरेर निशुल्क उपचारको व्यवस्था मिलाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभएको हो । कसैलाई पनि दृष्टिको समस्या नहोस् भनेर यस्तो व्यवस्था मिलाएको नगर प्रमुख लामाले बताउनुभएको थियो ।
वडाको सिफारिस लिएर आउने सबैलाई निशुल्क उपचारको व्यवस्था मिलाइने अस्पताल सञ्चालक समितिका महासचिव हिरामणि शर्माले जानकारी दिनुभएको थियो ।
नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाको तर्फबाट प्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल र अस्पतालको तर्पmबाट अध्यक्ष मधुप्रसाद आचार्य र महासचिव हिरामणि शर्माले नगरपालिका र अस्पतालविच समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *