नगरकोटमा देशकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा

नगरकोट । काभ्रे र भक्तपुरको सीमाना नगरकोटमा नेपालकै सबैभन्दा लामो जिपलाइन सञ्चालनमा आएको छ । मंसिर २९ गते शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले उद्घाटन गरेसँगै चाँगुनारायण नगरपालिका वडानम्बर ६ र ७ मा फैलिएको २ हजार २५० मिटर लामो जिपलाइन शनिबारदेखि सञ्चालनमा आएको हो ।

यसअघि पोखराको जिपलाइन नेपालकै सबैभन्दा लामो भनिएको थियो । नगरकोटमा केदार थापा र प्रेमबहादुर बस्नेत लगायतको समूहले उक्त जिपलाइन सञ्चालन गरेका हुन् ।

जिपलाइन बनाउन १५ करोड खर्च भएको बताइएको छ । पर्यटनमन्त्री किरातीले यसले नेपालको पर्यटन प्रवद्र्धनमा थप योगदान गर्ने बताए । उद्घाटनपछि मन्त्री किरातीले पनि जिपलाइन गरेका थिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *