धुलिखेल नगरको बाढीपीडितलाई एक लाख ६१ हजार

बनेपा / खेल नगरपालिकाले देशका विभिन्न भागमा गएको बाढी र पहिरोका कारण विस्थापित भएका परिवारहरुलाई रु एक लाख ६१ हजार एक सय ११ रुपियाँ सहयोग दिएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा पुगेर धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जू, उपप्रमुख विमला शर्मा, कार्यकारी अधिकृत महेश बराल, तथा वडा अध्यक्षहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा तथा उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई रु एक लाख ६१ हजार एक सय ११ रुपियाँ चेक हस्तान्तरण गरेको हो । नगरपालिकाले पहिलो चरणमा एक लाख ११ हजार १११ दिने निर्णय गरेको थियो तर पछि त्यसलाई बढाएको हो । आकस्मिक कोषबाट बाढी पहिरो पीडितहरुका लागि सहयोग गर्ने निर्णय गरे अनुसार कै रकम दिइएको नगर प्रमुख ब्याञ्जूले जानकारी दिए ।

नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा हुने गरी स्थानीय सरकारको तर्फबाट सहयोग घोषणा गरेको थियो । नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट मार्फत १० लाख आपतकालिन कोषमा रकम विनियोजन गरेको हो । नेपाल नगरपालिका संघका उपाध्यक्ष समेत रहेका ब्याञ्जुले देशभरका स्थानीय सरकारहरुलाई आपतकालिन अवस्थामा सहयोग पु¥याउन अपिल गरेका छन ।

 

 

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *