देउपुरमा बाख्रापालनको व्यवसायिक शुरुवात ज्ञानमणि कालोटोपी ÷ गैरीविसौना देउपुर

यहाँका एक उत्साहित युवाले व्यवसायिक बाख्रापालन शुरु गरेका छन् । देउपुर ९ का स्थानीय डिल्लीप्रसाद आचार्यले ५ लाखको लगानीमा व्यवसायिक बाख्रापालन शुरु गरेका हुन् । गाई, भैसी र थोरै संख्यामा बाख्रा पाल्दै आएका यहाँका किसानले व्यवसायिक रुप भने दिएका थिएनन् ।

उनले स्थानीय जातका साथै जमुनापारी र खरी जातका साना–ठूला ५५ बाख्रा पालेका छन् । माग बढी भएकाले पनि बजारको समस्या छैन । ‘मासुको वढ्दो मागलाई ध्यान दिएर बाख्रापालन शुरु गरेको हँ । ’     आचार्य भन्छन् ।

बाख्राहरुलाई आवश्यक दाना स्थानिय स्तरमै पाइने मकै, गहुँ, जौ बाट बनाउने गरिएको छ । घाँस–स्याउलाको लागि पनि समस्या छैन । आफ्नो व्यवसायबाट सन्तुष्ट उनी अन्य बेरोजगार युवाले पनि यसबाट प्रेरणा लिनुपर्ने बताउँछन् । “धेरै युवाहरु निराश भएर विदेशिएका छन्, मिहेनत गरे थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सक्छन् । ” उनले भने ।

गाउँमा सामान्य व्यापार गर्दै आएका उनले व्यक्तिगत पहलमा ५ लाख जम्मा गरी व्यवसाय शुरु गरेका हुन् । साना व्यवसायी स्वरोजगार कोषबाट रकमको लागि पहल गरेपनि सफल हुन सकेन । “कृषि पेशा गर्नेलाई ऋण दिन पनि हिच्किचाउँछन्, ऋण दिए यसलाई व्यवस्थित बनाउँथे । ” उनले भने । यसलाई विस्तार गरि आचार्यले गाईपालनको समेत सोच बनाएका छन् ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *