दीपकको दृष्टिकोण सार्वजनिक

बनेपा । अधिवक्ता दीपक शर्मा जंगमद्वारा लिखित पुस्तक सार्वजनिक भएको छ ।
शर्माले रोशी डिजिटल प्रा. लि. प्रकाशक र योगेश राल्फाली सम्पादक रहेको साप्ताहिक पत्रिका समय दृष्टिमा नियमित स्तम्भको रुपमा ५० अंक सम्म आफ्नो लेख रचना प्रकाशित गरी दृष्टिकोण पुस्तक सार्वजनिक गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले दृष्टिकोणले वैज्ञानिक दृष्टिकोण दिन सफल होस् भन्ने शुभकामना सन्देश समेत दिनुभएको छ ।
उक्त पुस्तकमा शर्माले ब्युँझाउनुमा भन्दा ब्यूँझनुमा जति अर्थ राख्छ त्यति नै अर्थ आफुसँग निधाएका विचारलाई उठान गरी उक्त पुस्तकमा संग्रहित गर्नुभएको छ ।
राल्फालीले हाम्रा साताको विचार स्तम्भका स्तम्भकार अधिवक्ता दीपक शर्माको भावी दिनमा पनि आफ्नो कलमले निरन्तरता दिनु हुन्छ भन्ने विश्वास राखेको बताउनु भएको छ ।
दृष्टिकोणमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलिका उपसभापति खड्गबहादुर वाईवाले जंगमको समसामयिक लेखहरुको संगालो दृष्टिकोण प्रकाशन भई पाठकमाझ आएकोमा अत्यन्त खुशी भएको र लेखकलाई आफू र पार्टीको तर्फबाट बधाई समेत दिनुभएको छ ।
त्यस्तै काभ्रे जिल्ला अदालतका जिल्ला न्यायधिस मोहन राज शर्माले लेखक दीपकलाई शुभकामना दिदै नेपालीको लागी प्रकाशित दृष्टिकोण पुस्तक उपयोगि हुने र अझ थप पुस्तकहरु प्रकाशन गर्न हौसला समेत प्रदान गर्नुभएको छ ।
लेखक दीपक शर्माले लेख लेख्न सजिलो त हैन भीर माहुरीको मह निकाल्न जतिकै गाह्रो विषयलाई मैले आफ्नो अध्ययन, अनुभवको आधारमा राजनीति, सहकारी, पार्टी, चाडपर्व लगायत देशमा भइरहेको अस्थिर राजनीति र अस्तव्यस्त सरकारका क्रियाकलाप प्रति कटाक्ष गर्नुभएको छ ।
लेखक शर्माले ओलि र राष्ट्रपतीको अहमले दुई तिहाईको सरकार भुई तिहाईमा, वर्तमान सरकार प्रतिगमनको मतियार बन्नुहुँदैन र देउवा सरकार आलोचनाको सरकार नबनोस लगायतका ५० लेखहरु संग्रह गर्नुभएको छ ।
रोशी डिजिटल प्रा.लि.का प्रवन्धक निर्देशक पुण्य बहादुर लामा ‘अरुण घिसिङ’ ले कलमको निरन्तरता प्रति आभार व्यक्त गर्दै भावी दिनमा कलमले लक्षित वर्गको मार्गचित्र कोर्ने विश्वास र अपेक्षा सहित शुभकामना दिनुभएको छ । दृष्टिकोण पुस्तकको मूल्य भने ३ सय राखिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *