दनुवार बस्तीलाई ८७ घर

पाँचखाल ÷ एक गैरसरकारी संस्थाले पाँचखालको दनुवार वस्तीमा भूकम्पप्रतिरोधी घर बनाएर हस्तान्तरण गरेको छ । एक कार्यक्रमका वीच ह्याविट्याट फर ह्युम्यानिटी नेपालले पाँचखालको पिपलटारको दनुवार वस्तीलाई निर्मित घर हस्तान्तरण गरेको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण काभे्रका प्रमुख धु्रव गैडाले भूकम्पपीडितलाई घरको चावी दिएर हस्तान्तरण गरे । उनले समय मै भूकम्पपीडितलाई आवास बनाएर हस्तान्तरण गरेकोमा संस्थालाई धन्यवाद दिए । उनले जिल्लामा पहिलो पटक नमुना बस्ति बनाएर सिमान्तकृत समुदायलाई सहयोग गरेर राज्यलाई सहयोग गरेकोमा धन्यवाद दिए । ह्याविट्याट फर ह्युम्यानिटी नेपालले ८ लाख बराबरको आवास बनाइ दिएको जनाएको छ । दुई कोठा पक्कि घर, भान्सा कोठा, टवाइलेट, गोवर ग्यास बनाउन सहयोग गरेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *