तुलसा केसीको स्मृतिमा अक्षय कोष

पनौती । साविक मल्पी गाविसमा रहेर प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लिलाबहादुर केसीकी बुहारी तुलसा केसी (बुबकुमारी) को स्मृतिमा पनौती ८ मा रहेको भालेश्वर माविमा ७ लाखको छात्राबृत्ति अक्षय कोष स्थापना गरी सम्झौता गरिएको छ ।
कोषबाट उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययरत १÷१ जनाका दरले कुल १० जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्राबृत्ति प्रदान गरिने कोषका संयोजक राजु केसीले बताएका छन् । केही दिनभित्रमा विद्यालयमा औपचारिक कार्यक्रम गरि कोषको रकम हस्तान्तरण गरिने छ भने सो रकम अमेरीकामा रहेका छोरी दीपा केसी, छोरा अमिर केसी र बुहारी रोशनी केसीले ब्यवस्थापन गरेका हुन् ।
यसैबीच पनौती स्थित इन्द्रेश्वर मन्दिरमा दिपप्रज्वलनसँगै माइती बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई बिहानी खाना खुवाइएको छ । लिलाबहादुर केसीका छोराहरु राजु केसी तथा प्रदिप केसी दम्पतीले उक्त कार्य गरेका हुन् । विहीबार बिहान मन्दिरमा दिप प्रज्वलनपछि पनौतीमा रहेको माहिती बृद्धा आश्रममा रहेका जेष्ठ नागरिकका लागि बिहानी खाना खुवाइएको केसीका जेष्ठ सुपुत्र प्रदीप केसीले जानकारी दिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *