– लक्ष्मी थापा
पनौती–८, खरिबोट, काभ्रे
पराई आफ्नो हुने भए कोही किन एक्लो हुन्थ्यो ?
बेसहारा सम्झीएर कोही किन एक्लै कन्हयो ?
आफ्नो दुनो आफैतिर तान्ने चाह सबको हुन्छ
सबै यहाँ निश्पाप भए कसने के को जाल बुन्थ्यो ?
धर्ति आकाश एक भए कहाँ कसको फाटो हुन्थ्यो ?
सबको विचार एउटै भए किन अलग बाटो हुन्थ्यो ?
आफ्नो हँसिया आफैतिर तान्ने सबको चाह हुन्छ
सबै यहाँ निर्मल भए कसको मनमा हाटो हुन्थ्यो ?
सबै फूल एकै भए गुलाफ किन राजा हुन्न्यो ?
सधै अमृत पिउन पाएँ कसले किन विष हुन्थ्यो ?
सबैलाई आफै राम्रो अरु राम्रो कसले भन्छ
सबै यहाँ बेफुर्सदी कसको कुरा कसले सुन्थ्यो ?
सबको लक्ष्य एउटै भए किन अलग बाटो हुन्थ्यो ?
अचानो र खुकुरीको किन सधै फाटो हुन्थ्यो ?
राम्रो जति आफ्नै हातमा पार्ने सबको चाह हुन्छ
राम्रा सबै हाम्रा भए कसको माशा माटो हुन्थ्यो ?
सबै वंश मन्या भए कोही किन बर्बाद हुन्यौ ?
अमृत हातमा पन्चो भए विषको बोट कसले हुन्थ्यो ?
अरू भूईमा आफू फूलमा बस्ने सबको चाह हुन्छ
एउटै श्रासन सबले पाए भूइँमा बसी कसले रुन्थ्यो ?